११ हे यहोवा! महानता,+ पराक्रम,+ गौरव, वैभव र ऐश्वर्य तपाईँकै हुन्।+ स्वर्ग र पृथ्वीमा भएका सबै थोक तपाईँकै हुन्।+ हे यहोवा! राज्याधिकार पनि तपाईँकै हो।+ तपाईँले आफूलाई सबैभन्दा उच्च पार्नुभएको छ र तपाईँ सबैको शिर हुनुहुन्छ।
१७ यसो भने: “हे सर्वशक्तिमान् परमेश्वर यहोवा,* जो हुनुहुन्छ+ अनि जो हुनुहुन्थ्यो, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ किनभने तपाईँले ठूलो शक्ति आफ्नो हातमा लिएर राजाको रूपमा शासन गर्न थाल्नुभएको छ।+