४ एसिया प्रान्तका सात वटा मण्डलीलाई+ युहन्नाको सन्देश:
“जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो अनि जो आउँदै हुनुहुन्छ,” उहाँको+ अनि उहाँको सिंहासनसामु भएका सात वटा शक्तिको+ असीम अनुग्रह अनि शान्ति तिमीहरूमाथि रहोस्,
५ पानीमाथि अख्तियार हुने स्वर्गदूतले यसो भनेको मैले सुनेँ: “तपाईँ जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो,+ तपाईँ वफादार+ अनि न्यायी हुनुहुन्छ किनकि तपाईँले यी फैसलाहरू जारी गर्नुभएको छ।+