-
२ समुएल १२:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० हित्ती उरियाहकी पत्नीलाई आफ्नी पत्नी बनाएर तिमीले मलाई तुच्छ सम्झेको हुनाले तिम्रो घरानाले तरबारबाट कहिल्यै विश्राम पाउनेछैन।’+ ११ यहोवा परमेश्वर यसो भन्नुहुन्छ: ‘म तिम्रै घरानाबाट तिमीमाथि विपत्ति ल्याउनेछु।+ तिम्रै आँखाअगाडि म तिम्रा पत्नीहरूलाई अर्को पुरुषको हातमा दिनेछु+ र ऊ दिउँसै तिम्रा पत्नीहरूसित सुत्नेछ।+
-
-
हितोपदेश ६:३२-३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ व्यभिचार* गर्ने मानिस मूर्ख* हो;
त्यस्तो मानिसले आफैलाई बरबाद पार्छ।+
३३ उसले चोट र बेइज्जतीबाहेक केही पाउँदैन,+
उसको बदनामी कहिल्यै मेटिँदैन।+
३४ डाहले गर्दा पति रिसले आगो हुन्छ;
उसले कुनै दयामाया नदेखाई बदला लिन्छ।+
३५ उसले कुनै किसिमको क्षतिपूर्ति* स्विकार्दैन;
जति नै ठूलो उपहार दिए पनि उसलाई मनाउन सकिँदैन।
-