२७ नाश भएर जाने खानेकुराका लागि होइन तर सधैँभरि रहिरहने र तिमीहरूलाई अनन्त जीवन दिने खानेकुराका लागि परिश्रम गर,+ जो तिमीहरूलाई मानिसको छोराले दिनेछ किनकि ऊमाथि बुबा अर्थात् परमेश्वरले समेत अनुमोदनको छाप लगाउनुभएको छ।”+
१७ किनकि उहाँले परमेश्वर, हाम्रा बुबाबाटै आदर अनि महिमा पाउनुभयो, जतिबेला वैभवशाली महिमाका स्रोतले उहाँलाई यसो भन्नुभएको थियो: “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु।”+