-
लुका ४:१७-२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ उहाँलाई भविष्यवक्ता यसैयाको मुठा दिइयो र उहाँले त्यो खोल्नुभयो अनि यस्तो लेखिएको ठाउँ फेला पार्नुभयो: १८ “यहोवा* परमेश्वरको पवित्र शक्ति ममाथि छ किनकि गरिबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई यसकारण पठाउनुभएको छ कि मैले बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गरूँ र अन्धाहरूलाई दृष्टि दिऊँ, पिल्सिएकाहरूलाई छुटाऊँ+ १९ अनि यहोवा* परमेश्वरको निगाह पाउने समयबारे प्रचार गरूँ।”+ २० त्यसपछि उहाँले मुठा बेरेर सेवकलाई फिर्ता दिनुभयो र बस्नुभयो। सभाघरमा हुनेजति सबैले एकटक लगाएर उहाँलाई हेरिरहेका थिए। २१ उहाँले तिनीहरूलाई भन्न थाल्नुभयो: “तिमीहरूले भर्खरै सुनेको धर्मशास्त्रको यो अंश आज पूरा भयो।”+
-
-
प्रेषित २६:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ अनि म तिमीलाई यो जाति अनि अन्यजातिका मानिसहरूको हातबाट जोगाउनेछु, जसकहाँ म तिमीलाई पठाउँदै छु।+ १८ तिनीहरूले ममाथि राखेको विश्वासको आधारमा आफ्ना पापहरूको क्षमा पाऊन्+ अनि मैले पवित्र ठहराएकाहरूले पाउने उत्तराधिकार पनि पाऊन् भनेर तिनीहरूको आँखा खोल्न,+ तिनीहरूलाई अन्धकारबाट+ ज्योतितिर+ फर्काउन र सैतानको अख्तियारबाट+ मुक्त गरेर परमेश्वरको अख्तियारमुनि ल्याउन म तिमीलाई तिनीहरूकहाँ पठाउँदै छु।’
-