६१ ब्रह्माण्डका मालिक यहोवाको पवित्र शक्ति ममाथि छ+
किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+
मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,
बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न
अनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+
२ यहोवाको अनुग्रहको वर्षको घोषणा गर्न,
हाम्रा परमेश्वरले बदला लिने दिनबारे बताउन+
अनि शोकाकुल मानिसहरूलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ।+