प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ४५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ परमेश्‍वर सदासर्वदा तिम्रो सिंहासन हुनुहुन्छ;+

      तिम्रो राज्यको राजदण्ड न्यायको राजदण्ड हो।+

  • भजन ७२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७२ हे परमेश्‍वर, राजालाई तपाईँको न्यायबारे बताउनुहोस्‌,

      राजाको छोरालाई तपाईँको धार्मिकताबारे सिकाउनुहोस्‌।+

  • यसैया ९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तिनको शासन सबैतिर फैलँदै जानेछ

      र तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ।+

      दाउदको सिंहासनमा+ बसेर तिनले शासन गर्नेछन्‌।

      आफ्नो शासनलाई बलियो बनाएर कायमै राख्न+

      तिनले अहिले र सदासर्वदा

      धार्मिकता+ र न्यायसाथ+ शासन गर्नेछन्‌।

      सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।

  • यसैया ११:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ तिनले कुनै पक्षपात नगरी गरिबहरूको इन्साफ गर्नेछन्‌।

      पृथ्वीमा नम्रहरूको भलो होस्‌ भनेर तिनले ठीकसित सच्याउनेछन्‌।

      तिनले आफ्नो मुखको छडीले पृथ्वीलाई हिर्काउनेछन्‌।+

      अनि आफ्नो मुखको सासले दुष्टलाई नाश गर्नेछन्‌।+

       ५ धार्मिकतालाई तिनले आफ्नो कम्मरमा पटुकाझैँ बाँध्नेछन्‌

      अनि वफादारीलाई आफ्नो कम्मरपेटी बनाउनेछन्‌।+

  • यर्मिया २३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर! यस्ता दिनहरू आउँदै छन्‌, जब म दाउदको घरानाबाट एक जना धर्मी उत्तराधिकारी* खडा गर्नेछु।+ तिनले राजाको रूपमा शासन गर्नेछन्‌।+ तिनले समझ चलाउँदै राज्य गर्नेछन्‌, देशमा न्याय कायम गर्नेछन्‌ र धार्मिकतालाई* प्रोत्साहन दिनेछन्‌।+

  • जकरिया ९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ हे सियोनकी छोरी,* खुसीयाली मनाऊ।

      हे यरुसलेमकी छोरी, जयजयकार गर।

      हेर! तिम्रा राजा तिमीकहाँ आउँदै छन्‌।+

      तिनी न्यायी छन्‌ अनि तिनले उद्धार गर्नेछन्‌;*

      तिनी नम्र छन्‌+ र गधामाथि,

      हो, गधाको बछेडोमाथि सवार भएर आउनेछन्‌।+

  • हिब्रू १:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिमी धार्मिकतालाई* प्रेम गर्छौ र दुष्टतालाई घृणा गर्छौ। त्यसैले परमेश्‍वरले, तिम्रै परमेश्‍वरले तिम्रा साथीहरूलाई भन्दा बढ्‌ता गरेर तिमीलाई हर्षको तेलले अभिषेक गर्नुभयो।”+

  • प्रकाश १९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मैले स्वर्ग उघ्रेको देखेँ अनि हेर! एउटा सेतो घोडा पनि देखेँ।+ त्यसमा सवार हुनेको नाम विश्‍वासयोग्य+ अनि साँचो+ हो र तिनले परमेश्‍वरको धार्मिक स्तरबमोजिम+ न्याय र युद्ध गरिरहन्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने