-
यर्मिया ८:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यहोवा घोषणा गर्नुहुन्छ: “त्यसबेला यहुदाका राजाहरू, शासकहरू, पुजारीहरू, भविष्यवक्ताहरू अनि यरुसलेमका बासिन्दाहरूका हाडखोड तिनीहरूको चिहानबाट निकालिनेछ। २ ती हाडखोडहरूलाई सूर्य, चन्द्र अनि आकाशका सारा सेनासामु* फिँजाइनेछ किनकि ती कुराहरूलाई नै तिनीहरूले प्रेम गरे, तिनको सेवा गरे, तिनलाई पछ्याए र दण्डवत् गरे अनि तिनको डोऱ्याइ खोजे।+ ती हाडखोडहरूलाई जम्मा गरिनेछैन न त गाडिने नै छ। ती जमिनमा मलसरह हुनेछन्।”+
-
-
सपन्याह १:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “म यहुदाविरुद्ध र यरुसलेमका सबै बासिन्दाविरुद्ध
आफ्नो हात पसार्नेछु,
यस ठाउँबाट बाआलको+ नामोनिसान मेटिदिनेछु
अनि पुजारीहरूको र विदेशी देवीदेवताका पुजारीहरूको नामै रहनेछैन।+
५ छतमा गएर आकाशका सेनालाई दण्डवत् गर्ने सबैलाई+
अनि एकातिर यहोवालाई दण्डवत् गर्दै उहाँप्रति वफादार रहने कसम खाने+
र अर्कोतिर मल्कामप्रति वफादार रहने कसम खाने+ सबैलाई नाश गर्नेछु।
-