३६ येसुले जवाफ दिनुभयो:+ “मेरो राज्य यस संसारको होइन।+ यदि मेरो राज्य यस संसारको हुँदो हो त म यहुदीहरूको हातमा नपरूँ भनेर मेरा सेवकहरूले लडाइँ गर्ने थिए।+ तर वास्तवमा मेरो राज्य यस संसारको होइन।”
१५ सातौँ स्वर्गदूतले आफ्नो बिगुल फुके।+ तब स्वर्गमा यसो भन्दै गरेका चर्का आवाजहरू सुनिए: “संसारको राज्य हाम्रा परमेश्वरको+ अनि उहाँको ख्रिष्टको राज्य भएको छ+ र परमेश्वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।”+
६ जो-जो मृत्युबाट सुरुमा जीवित पारिन्छन्,+ तिनीहरू आनन्दित अनि पवित्र हुन्; तिनीहरूमाथि दोस्रो मृत्युको कुनै अख्तियार हुँदैन।+ बरु तिनीहरू परमेश्वरका अनि ख्रिष्टका पुजारी हुनेछन्+ र राजाको रूपमा १ हजार वर्षसम्म उहाँसित शासन गर्नेछन्।+