४४ “ती राजाहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ,+ जुन कहिल्यै नाश हुनेछैन।+ अनि त्यो राज्य अरू कसैको हातमा दिइनेछैन।+ त्यसले यी सबै राज्यलाई चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ।+ अनि यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।+