-
भजन २२:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ सारा पृथ्वीले यहोवालाई सम्झनेछ र उहाँतिर फर्कनेछ।
पृथ्वीका सबै परिवार तपाईँसामु घोप्टो पर्नेछन्।+
-
-
यसैया २:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ आखिरी समयमा
यहोवा परमेश्वरको भवनको डाँडा
अरू डाँडाभन्दा माथि उठाइनेछ,+
त्यसलाई टाकुरामाथि नहल्लिनेगरि बसालिनेछ
र त्यहाँ सबै राष्ट्रका मानिसहरू ओइरिनेछन्।+
३ अनि जातिजातिका मानिसहरूले यसो भन्नेछन्:
“आओ, हामी यहोवाको डाँडामा जाऔँ।
याकुबका परमेश्वरको भवनमा जाऔँ।+
उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ
अनि हामी त्यस मार्गमा हिँड्नेछौँ।”+
-
-
जकरिया ८:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ थुप्रै जाति र शक्तिशाली राष्ट्रहरू सेनाहरूका यहोवाको खोजी गर्न र यहोवाको अनुग्रहको लागि बिन्ती गर्न यरुसलेम आउनेछन्।’+
२३ “सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘ती दिनहरूमा विभिन्न भाषा बोल्ने जातिजातिका दस जना मानिसले+ एक जना यहुदीको* लुगा* च्याप्प समात्नेछन् र यसो भन्नेछन्: “हामी तपाईँहरूसितै जान्छौँ+ किनभने हामीले सुनेका छौँ, परमेश्वर तपाईँहरूसित हुनुहुन्छ।”’”+
-