प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १९:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ येसुले उसलाई भन्‍नुभयो: “तिमी पूर्ण हुन चाहन्छौ भने जाऊ र आफ्नो जायजेथा बेचेर गरिबहरूलाई बाँडिदेऊ र तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ+ अनि आएर मेरो पछि लाग।”+

  • मर्कुस १०:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तब येसुले उसलाई हेर्नुभयो र उहाँको मनमा माया पलायो अनि उसलाई यसो भन्‍नुभयो: “तिमीमा एउटा कुरा अपुग छ। जाऊ, आफूसित भएको चिजबिज बेचेर गरिबहरूलाई बाँडिदेऊ र तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ अनि आएर मेरो पछि लाग।”+

  • लुका १२:३३, ३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ आफूसित भएका कुराहरू बेच र दानपुण्य* गर।+ आफ्नो लागि कहिल्यै नफाट्‌ने थैली बनाओ अनि कहिल्यै नसिद्धिने धनसम्पत्ति स्वर्गमा थुपार,+ जहाँ कुनै चोर त्यसको छेउछाउमा पुग्दैन अनि जहाँ किराले पनि खाँदैन। ३४ किनकि जहाँ तिमीहरूको धन हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुन्छ।

  • लुका १८:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यो सुनेपछि येसुले उसलाई भन्‍नुभयो: “तिमीमा अझै एउटा कुराको कमी छ: आफूसित भएका सबै चिजबिज बेचेर गरिबहरूलाई बाँडिदेऊ। तब तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ अनि आएर मेरो पछि लाग।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने