प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १२:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘तिमीहरूले यो दिन सधैँ सम्झिरहनू। यहोवाले दिनुभएको छुटकारालाई नबिर्सन तिमीहरूले पुस्तौँपुस्तासम्म यो दिनलाई चाडको रूपमा मनाउनू। तिमीहरूले यो आज्ञा सधैँभरि मान्‍नू।

  • मर्कुस १४:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ निस्तार चाड*+ र अखमिरा रोटीको चाड*+ आउन दुई दिन बाँकी थियो।+ अनि मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँलाई छल गरेर पक्रने अनि मार्ने मौका खोजिरहेका थिए।+ २ तैपनि तिनीहरूले यसो भनिरहेका थिए: “चाडको बेलामा त होइन नत्र त मानिसहरूले हुलदङ्‌गा गर्न सक्छन्‌।”

  • लुका २२:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ निस्तार चाड* पनि भनिने अखमिरा रोटीको चाड*+ नजिक आउँदै थियो।+ २ मुख्य पुजारीहरू र शास्त्रीहरू उहाँलाई मार्ने राम्रो मौका खोजिरहेका थिए+ किनकि तिनीहरू मानिसहरूसित डराउँथे।+

  • युहन्‍ना १३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यस संसारलाई छोडेर बुबाकहाँ जाने बेला आइसकेको छ भनी येसुलाई निस्तार चाडअघि* नै थाह थियो।+ त्यसैले यस संसारमा भएका उहाँका आफ्नाहरू, जसलाई उहाँ प्रेम गर्नुहुन्थ्यो, तिनीहरूलाई अन्तसम्मै प्रेम गरिरहनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने