-
मत्ति १६:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ त्यसबेलादेखि उसो येसुले आफू यरुसलेममा जानु अनि धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूको हातबाट धेरै दुःख भोग्नु अनि मारिनु र तेस्रो दिनमा ब्युँताइनु आवश्यक छ भनेर आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो।+
-
-
मत्ति २०:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “हेर! हामी यरुसलेमतर्फ उक्लँदै छौँ, मानिसको छोरालाई मुख्य पुजारीहरू र शास्त्रीहरूको हातमा सुम्पिइनेछ अनि तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्+ १९ र अन्यजातिका मानिसहरूको हातमा सुम्पिनेछन् अनि तिनीहरूले उसको गिल्ला गर्नेछन्, उसलाई कोर्रा लगाउनेछन् र खम्बामा टाँग्नेछन्+ अनि तेस्रो दिनमा उसलाई ब्युँताइनेछ।”+
-
-
युहन्ना १९:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तब पिलातसले उहाँलाई खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पे।+
त्यसैले तिनीहरूले येसुलाई आफ्नो जिम्मामा लिए।
-