प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ९:२३-२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ जब उहाँ ती शासकको घरमा पुग्नुभयो, तब उहाँले शोकधुन बजाइरहेका बाँसुरीवादकहरू र खैलाबैला मच्चाइरहेको भीडलाई देख्नुभयो।+ २४ येसुले तिनीहरूलाई भन्‍नुभयो: “यहाँबाट जाओ किनकि सानी ठिटी मरेकी छैन तर निदाइरहेकी छे।”+ यो सुनेर तिनीहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाले। २५ भीडलाई बाहिर पठाइसकेपछि उहाँ तुरुन्तै भित्र पस्नुभयो र सानी ठिटीको हात समात्नुभयो+ अनि ऊ जुरुक्क उठी।+ २६ तब त्यस इलाकाको चारैतिर यो कुरा फैलियो।

  • लुका ८:५१-५६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ तिनको घरमा पुगेपछि उहाँले पत्रुस, युहन्‍ना, याकुब अनि केटीका आमाबुबाबाहेक अरू कसैलाई आफूसित भित्र आउन दिनुभएन। ५२ सबै मानिस रुँदै अनि छाती पिट्‌दै शोक गरिरहेका थिए। त्यसैले उहाँले भन्‍नुभयो: “रुन छोड+ किनकि ऊ मरेकी छैन तर निदाइरहेकी छे।”+ ५३ यो सुनेर तिनीहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाले किनकि केटी मरिसकेकी छे भनेर तिनीहरूलाई थाह थियो। ५४ तर उहाँले उसको हात समातेर भन्‍नुभयो: “नानु, उठ!”+ ५५ तब उसको सास*+ फर्क्यो र ऊ जुरुक्कै उठी।+ त्यसपछि उसलाई केही खानेकुरा दिनू भनी उहाँले अह्राउनुभयो। ५६ यो देखेर उसका आमाबुबाको खुसीको सीमा रहेन। तर यसबारे कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई निर्देशन दिनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने