-
मत्ति ९:२३-२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ जब उहाँ ती शासकको घरमा पुग्नुभयो, तब उहाँले शोकधुन बजाइरहेका बाँसुरीवादकहरू र खैलाबैला मच्चाइरहेको भीडलाई देख्नुभयो।+ २४ येसुले तिनीहरूलाई भन्नुभयो: “यहाँबाट जाओ किनकि सानी ठिटी मरेकी छैन तर निदाइरहेकी छे।”+ यो सुनेर तिनीहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाले। २५ भीडलाई बाहिर पठाइसकेपछि उहाँ तुरुन्तै भित्र पस्नुभयो र सानी ठिटीको हात समात्नुभयो+ अनि ऊ जुरुक्क उठी।+ २६ तब त्यस इलाकाको चारैतिर यो कुरा फैलियो।
-
-
मर्कुस ५:३८-४३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ अनि उहाँहरू सभाघरको पदाधिकारीको घरमा पुग्नुभयो। त्यहाँ पुग्दा उहाँले खैलाबैला मच्चिरहेको देख्नुभयो। मानिसहरू रुवाबासी र अलापविलाप गर्दै थिए।+ ३९ भित्र पसेपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू किन खैलाबैला र रुवाबासी गरिरहेका छौ? सानी केटी मरेकी छैन तर निदाइरहेकी छे।”+ ४० यो सुनेर तिनीहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाले। तर तिनीहरू सबैलाई बाहिर पठाएपछि उहाँ त्यस केटीको बुबा-आमालाई अनि आफूसित आएकाहरूलाई लिएर भित्र त्यो केटी भएको ठाउँमा जानुभयो। ४१ अनि उहाँले त्यो सानी केटीको हात समातेर उसलाई यसो भन्नुभयो: “तालिता कूमी,” जसको अनुवाद गर्दा अर्थ यस्तो हुन्छ: “ए नानी, म तिमीलाई भन्छु, उठ!”+ ४२ तब त्यो केटी उत्तिखेरै जुरुक्क उठी र हिँडडुल गर्न थाली। (ऊ १२ वर्षकी थिई।) यो देखेर तिनीहरूको खुसीको सीमा रहेन। ४३ तर यसबारे कसैलाई थाह नदिनू भनी उहाँले तिनीहरूलाई पटक-पटक* आदेश दिनुभयो+ र त्यस केटीलाई केही खानेकुरा दिन भन्नुभयो।
-