-
मत्ति ३:७-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ जब तिनले थुप्रै फरिसी* र सदुकी* बप्तिस्मा गर्ने ठाउँमा आउँदै गरेको देखे,+ तब तिनले उनीहरूलाई यसो भने: “हे विषालु सर्पका बच्चाहरू हो!+ आउँदै गरेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो?+ ८ यसकारण पश्चात्ताप प्रकट हुने फल फलाओ। ९ तिमीहरू ‘हाम्रो बुबा अब्राहाम हुनुहुन्छ’ भनी नठान।+ किनकि म तिमीहरूलाई भन्छु, परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहामको निम्ति सन्तान खडा गर्न सक्नुहुन्छ। १० बन्चरो रूखको जरामा परिसकेको छ। त्यसैले असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ।+
-