-
मत्ति ११:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ येसुले तिनीहरूलाई यसो भन्नुभयो: “जाओ र तिमीहरूले जे सुनिरहेका छौ अनि देखिरहेका छौ, युहन्नालाई त्यो बताइदेओ:+ ५ अन्धाहरूले देख्न थालेका छन्,+ लङ्गडाहरू हिँड्न थालेका छन्, कुष्ठरोगीहरू+ शुद्ध पारिएका छन्, बहिराहरूले सुन्न थालेका छन्, मरेकाहरू जीवित भएका छन् अनि गरिबहरूलाई सुसमाचार सुनाइँदै छ।+
-
-
प्रेषित १०:३७, ३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ युहन्नाले बप्तिस्माबारे प्रचार गरेपछि गालिलदेखि+ सुरु भएर पूरै यहुदियाभरि कसको चर्चा हुन थाल्यो, त्यो त तपाईँहरूलाई थाहै छ; ३८ अर्थात् नासरतबाट आउनुभएको येसुको। परमेश्वरले उहाँलाई पवित्र शक्ति अनि तागतले अभिषेक गर्नुभयो+ अनि उहाँ सारा देशभरि असल काम गर्दै र दियाबलले दबाइराखेकाहरूलाई+ निको पार्दै हिँड्नुभयो। परमेश्वर उहाँको साथमा हुनुभएकोले उहाँले यी सबै गर्न सक्नुभयो।+
-