-
मत्ति २७:५७-६०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५७ अरिमथियाका युसुफ नाम गरेको एक जना धनी मानिस, जो येसुको चेला बनेका थिए,+ तिनी साँझ पर्नै लाग्दा ५८ पिलातसकहाँ गए अनि येसुको शव मागे+ र पिलातसले त्यो दिने हुकुम गरे।+ ५९ अनि युसुफले उहाँको शवलाई सफा र उच्च कोटिको मलमलको कपडाले बेरे+ ६० अनि चट्टान खोपेर बनाइएको आफ्नो नयाँ चिहानमा राखे।+ त्यसपछि तिनले ठूलो ढुङ्गा गुडाएर चिहानको मुख बन्द गरे अनि त्यहाँबाट गए।
-
-
मर्कुस १५:४३-४६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४३ न्यायपरिषद्का प्रतिष्ठित सदस्य, अरिमथियाका युसुफ, जो आफै पनि परमेश्वरको राज्यको बाटो हेरिरहेका थिए, तिनी त्यहाँ आए। तिनी साहस गरेर पिलातसकहाँ गए अनि येसुको शव मागे।+ ४४ तर येसुको मृत्यु भइसकेको छ कि छैन भनेर जान्न पिलातस उत्सुक थिए। त्यसैले तिनले सैनिक अफिसरलाई बोलाएर उहाँको मृत्यु भइसकेको छ कि छैन भनेर सोधे। ४५ सैनिक अफिसरसित यो कुरा पक्का गरिसकेपछि तिनले उहाँको शव युसुफलाई जिम्मा लगाए। ४६ त्यसैले तिनले उच्च कोटिको मलमलको कपडा किने र उहाँको शव तल झारेर त्यस मलमलको कपडाले बेरे अनि चट्टान खोपेर बनाइएको चिहानमा राखे।+ त्यसपछि ढुङ्गा गुडाएर चिहानको मुख बन्द गरे।+
-