प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २०:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ अब हेर्नुहोस्‌, पवित्र शक्‍तिको निर्देशनबमोजिम म यरुसलेम जाँदै छु तर त्यहाँ मलाई के हुने हो, त्यो मलाई थाह छैन। २३ मलाई यति मात्र थाह छ, कैद र सङ्‌कष्टले मेरो बाटो ढुकिरहेको छ भनेर पवित्र शक्‍तिले सहरैपिच्छे मलाई बारम्बार चेतावनी दिने गर्छ।+

  • प्रेषित २१:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि हामीकहाँ आएर उनले पावलको पटुका लिए। त्यसपछि आफ्नो हातखुट्टा त्यसले बाँधेर यसो भने: “पवित्र शक्‍ति यसो भन्छ, ‘यो पटुका जसको हो, उसलाई यरुसलेममा यहुदीहरूले यसरी नै बाँध्नेछन्‌ र अन्यजातिका मानिसहरूको हातमा सुम्पिदिनेछन्‌।’”+

  • २ कोरिन्थी ११:२३-२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ के तिनीहरू ख्रिष्टका सेवक हुन्‌? बौलाहा मानिसले झैँ म चिच्याएर भन्छु, म झनै हुँ: मैले तिनीहरूले भन्दा धेरै परिश्रम गरेको छु,+ म धेरै पटक झ्यालखानामा थुनिएको छु,+ मैले अनगिन्ती कुटाइ खाएको छु र थुप्रै पटक मृत्युको मुखमा परेको छु।+ २४ मैले यहुदीहरूको हातबाट पाँच चोटि ३९-३९ कोर्रा खाएँ,+ २५ तीन खेप म डन्डाले पिटिएँ,+ एक खेप मलाई ढुङ्‌गाले हानियो,+ तीन चोटि म चढेको जहाज क्षतिग्रस्त भयो,+ एक रात एक दिन मैले खुला समुद्रमा बिताएँ। २६ बारम्बार यात्राको खतरामा, नदीहरूको खतरामा, डाँकुहरूको खतरामा, आफ्नै जातिको खतरामा,+ अन्यजातिको खतरामा,+ सहरको खतरामा,+ निर्जनभूमिको खतरामा, समुद्रको खतरामा, झूटा भाइहरूबीचको खतरामा म परेको छु। २७ मैले मजदुरी अनि कडा मेहनत गरेको छु, कति चोटि अनिदो रात काटेको छु,+ भोक अनि प्यास सहेको छु,+ धेरै चोटि नखाई बसेको छु,+ जाडो अनि नग्नता* खपेको छु।

      २८ यी बाहिरी कुराहरूबाहेक सबै मण्डलीको चिन्ताले मलाई दिनदिनै सताउँछ।+

  • कलस्सी १:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ अहिले म तिमीहरूको निम्ति भोग्नुपरेको दुःखमा+ रमाइरहेको छु अनि म ख्रिष्टले जस्तै सङ्‌कष्ट भोग्दै छु तर ख्रिष्टको शरीर अर्थात्‌ मण्डलीको निम्ति+ मैले सङ्‌कष्ट भोग्न बाँकी नै छ।+

  • २ तिमोथि १:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यही कारणले म यी कष्टहरू पनि भोग्दै छु+ तर मैले सरम मानेको छैनँ।+ किनकि मैले कसलाई विश्‍वास गरेको हुँ, त्यो मलाई थाह छ र मैले उहाँलाई सुम्पेको नासोलाई न्यायको दिनसम्म सँभालेर राख्ने क्षमता उहाँसित छ भनेर म ढुक्क छु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने