८ किनकि कुनै बेला तिमीहरू अन्धकारमा थियौ तर ख्रिष्टसित एकतामा भएकोले+ तिमीहरू अहिले ज्योतिमा छौ।+ त्यसैले ज्योतिका सन्तानझैँ हिँड ९ किनकि हरकिसिमका भलाइ, धार्मिकता* अनि सत्य नै ज्योतिको फल हो।+
९ तर तिमीहरू त “चुनिएका मानिसहरू, शाही पुजारीको दल, पवित्र जाति+ अनि परमेश्वरको विशेष सम्पत्ति हौ।+ त्यसकारण तिमीहरूले उहाँका असल गुणहरूबारे* चारैतिर घोषणा गर्नुपर्छ,”+ जसले तिमीहरूलाई अन्धकारबाट बोलाएर आफ्नो अद्भुत ज्योतिमा ल्याउनुभयो।+
१२ संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्+ ताकि तिमीहरूलाई कुकर्मी भनेर दोष लगाउने मानिसहरूले आफ्नै आँखाले तिमीहरूको असल काम देखून्+ र परमेश्वरले जाँच्नुहुने दिनमा उहाँको महिमा गरून्।