३ हाम्रा प्रभु येसु ख्रिष्टका परमेश्वर र बुबाको प्रशंसा होस् किनकि येसु ख्रिष्टलाई मृत्युबाट फेरि जीवित पारेर+ परमेश्वरले आफ्नो ठूलो कृपाअनुसार हामीलाई नयाँ जन्म+ दिएर जीवित आशा दिनुभयो+४ अनि अविनाशी, विशुद्ध र नगुम्ने उत्तराधिकार दिनुभयो।+ यो उत्तराधिकार तिमीहरूका लागि स्वर्गमा साँचिएको छ।+
२ हे प्रियहरू हो, अहिले हामी परमेश्वरका सन्तान हौँ + तर पछि हामी के हुने हौँ, त्यो अहिलेसम्म प्रकट गरिएको छैन।+ हामीलाई थाह छ, जब उहाँ प्रकट हुनुहुनेछ, तब हामी उहाँजस्तै हुनेछौँ किनकि हामीले उहाँलाई साँच्चै देख्नेछौँ।
६ जो-जो मृत्युबाट सुरुमा जीवित पारिन्छन्,+ तिनीहरू आनन्दित अनि पवित्र हुन्; तिनीहरूमाथि दोस्रो मृत्युको कुनै अख्तियार हुँदैन।+ बरु तिनीहरू परमेश्वरका अनि ख्रिष्टका पुजारी हुनेछन्+ र राजाको रूपमा १ हजार वर्षसम्म उहाँसित शासन गर्नेछन्।+