प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ डाँको छोडेर रोओ किनकि यहोवाको दिन नजिकै छ!

      त्यो दिन सर्वशक्‍तिमान्‌ परमेश्‍वरले विनाश गर्ने दिन हो।+

  • यर्मिया २५:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ “‘त्यस दिन यहोवाले मार्नुभएकाहरू पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म हुनेछन्‌। तिनीहरूको निम्ति कसैले शोक गर्नेछैन। तिनीहरूका लास बटुलिनेछैनन्‌ र गाडिने पनि छैनन्‌। ती जमिनमा मलसरह रहनेछन्‌।’

  • इजकिएल ३०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ किनकि त्यो दिन नजिकै छ। हो, यहोवाको दिन नजिकै छ।+

      त्यो दिन आकाशलाई कालो बादलले ढाक्नेछ,+ त्यो जातिजातिको इन्साफको समय हुनेछ।+

  • योएल १:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ हाय! त्यो दिन आउँदै छ।

      यहोवाको दिन नजिकै छ,+

      त्यस दिन सर्वशक्‍तिमान्‌ले विनाश ल्याउनुहुनेछ।

  • योएल २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “सियोनमा सिङ फुक!+

      युद्ध हुन लागेको छ भनेर मेरो पवित्र डाँडामा घोषणा गर।

      देशका* सबै बासिन्दा थरथर काँपून्‌

      किनकि यहोवाको दिन आउँदै छ!+ त्यो नजिकै छ!

  • योएल २:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवा आफ्नो सेनासामु ठूलो स्वरले बोल्नुहुनेछ+ किनकि उहाँको सेना असङ्‌ख्य छ।+

      उहाँको वचन पूरा गर्नेहरू शक्‍तिशाली छन्‌;

      किनकि यहोवाको दिन महान्‌ र भयानक छ।+

      त्यो दिन को टिक्न सक्छ?”+

  • सपन्याह १:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यो दिन क्रोधको दिन हो,+

      दुःख र वेदनाको दिन,+

      आँधी र विनाशको दिन,

      त्यो दिनमा अन्धकार छाउँछ र कालो बादल मडारिन्छ,+

      त्यो दिन बाक्लो बादल र घोर अन्धकारको दिन हो।+

  • २ पत्रुस ३:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यी सबै कुरा यसरी पग्लने भएकोले तिमीहरू कस्तो किसिमको मानिस हुनुपर्छ, सोच! तिमीहरू पवित्र आचरण भएका र परमेश्‍वरप्रतिको भक्‍ति प्रकट हुने कामहरू गर्ने मानिस हुनुपर्छ १२ अनि तिमीहरूले यहोवा* परमेश्‍वरको दिनको उपस्थितिलाई पर्खनुपर्छ र मनमा राख्नुपर्छ,*+ जुन दिनले गर्दा आकाश आगोले नष्ट हुनेछ+ अनि तत्त्वहरूचाहिँ प्रचण्ड तापले गर्दा पग्लनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने