अय्युब
३५ एलिहुले अझै यसो भने:
२ “तपाईँ भन्नुहुन्छ, ‘म परमेश्वरभन्दा धर्मी छु!’
आफू सही छु भन्ने कुरामा के तपाईँ त्यति धेरै विश्वस्त हुनुहुन्छ?+
३ किनकि तपाईँ भन्नुहुन्छ, ‘मैले असल काम गरे पनि तपाईँलाई* के फरक पर्छ र?
आखिर पाप नगर्दा पनि मलाई के फाइदा भएको छ र?’+
४ म तपाईँलाई
र तपाईँका साथीहरूलाई+ जवाफ दिनेछु।
६ तपाईँले पाप गरे तापनि उहाँको के नै बिग्रन्छ र?+
तपाईँले घरीघरी अपराध गरे तापनि उहाँलाई के फरक पर्छ र?+
८ तपाईँको दुष्टताले र तपाईँको धार्मिकताले
तपाईँजस्तो मानिसलाई मात्रै फरक पार्छ।
९ थिचोमिचोमा पर्दा मानिसहरू जोडले कराउँछन्।
ठूलाबडाले अत्याचार गर्दा तिनीहरू मदतको लागि रोइकराइ गर्छन्।+
१० तर कसैले पनि यसो भन्दैन, ‘मेरा परमेश्वर, मेरा महान् रचनाकार कहाँ हुनुहुन्छ?+
जसको लागि मानिसहरू राती गीत गाउँछन्, उहाँ कहाँ हुनुहुन्छ?’+
११ उहाँ पृथ्वीका जनावरहरूलाई भन्दा+ हामीलाई धेरै सिकाउनुहुन्छ+
र आकाशका चराचुरुङ्गीलाई भन्दा हामीलाई बुद्धिमान् बनाउनुहुन्छ।
१२ मानिसहरू ठूलठूलो स्वरमा पुकार्छन् तर उहाँ जवाफ दिनुहुन्न।+
दुष्टहरू घमन्डी भएकोले उहाँ तिनीहरूको बिन्ती सुन्नुहुन्न।+
१३ हो, परमेश्वर मानिसहरूको खोक्रो बिन्ती सुन्नुहुन्न।+
सर्वशक्तिमान् परमेश्वर त्यस्ता कुराहरूमा ध्यान दिनुहुन्न।
१४ त्यसोभए झन् उहाँले तपाईँको पुकारा सुन्नुहोला र? किनकि उहाँलाई तपाईँको वास्तै छैन भनेर तपाईँ गुनासो गर्नुहुन्छ।+
तपाईँको मुद्दा उहाँसामु पेस भइसकेको छ; त्यसैले उहाँको बाटो हेरेर बस्नुहोस्।+
१५ किनकि उहाँले तपाईँसँग रिसाउँदै लेखा लिनुभएको छैन।
उहाँले तपाईँको बेलगाम बोलीलाई वास्ता गर्नुभएको छैन।+
१६ अय्युब व्यर्थैमा आफ्नो मुख खोल्नुहुन्छ।
उहाँ आफूलाई थाह नभएका कुराहरूसमेत बोलेको बोल्यै गर्नुहुन्छ।”+