प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ थिस्सलोनिकी १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ थिस्सलोनिकी विषयवस्तु

      • अभिवादन (१, २)

      • थिस्सलोनिकीहरूको बढ्‌दै गइरहेको विश्‍वास (३-५)

      • अनाज्ञाकारीहरूसित बदला (६-१०)

      • मण्डलीको लागि प्रार्थना (११, १२)

२ थिस्सलोनिकी १:१

फुटनोट

  • *

    तिनलाई सिलास पनि भनिन्छ।

मार्जिनल रेफरेन्स

  • +२कोरि. १:१९

२ थिस्सलोनिकी १:३

मार्जिनल रेफरेन्स

  • +१थि ३:१२; ४:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२००५, पृ. ३२

२ थिस्सलोनिकी १:४

फुटनोट

  • *

    वा “सङ्‌कष्ट।”

  • *

    वा “सहँदै।”

मार्जिनल रेफरेन्स

  • +१थि २:१९
  • +१थि १:६; २:१४; १प २:२१

२ थिस्सलोनिकी १:५

मार्जिनल रेफरेन्स

  • +प्रे १४:२२; रोमी ८:१७; २ति २:१२

२ थिस्सलोनिकी १:६

मार्जिनल रेफरेन्स

  • +रोमी १२:१९; प्रका ६:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३३

    प्रहरीधरहरा,

    ११/१५/२००४, पृ. १९

२ थिस्सलोनिकी १:७

मार्जिनल रेफरेन्स

  • +मर्कु ८:३८; लुका १७:२९, ३०; १प १:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२००४, पृ. १९

    ssbr, पृ. ६०-६१

२ थिस्सलोनिकी १:८

मार्जिनल रेफरेन्स

  • +रोमी २:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३३

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०१९, पृ. १२-१३

    प्रहरीधरहरा,

    ११/१५/२००४, पृ. १९

    ssbr, पृ. ६०-६१

२ थिस्सलोनिकी १:९

मार्जिनल रेफरेन्स

  • +२प ३:७

२ थिस्सलोनिकी १:११

मार्जिनल रेफरेन्स

  • +रोमी ८:३०

अरू

२ थिस्स. १:१२कोरि. १:१९
२ थिस्स. १:३१थि ३:१२; ४:९, १०
२ थिस्स. १:४१थि २:१९
२ थिस्स. १:४१थि १:६; २:१४; १प २:२१
२ थिस्स. १:५प्रे १४:२२; रोमी ८:१७; २ति २:१२
२ थिस्स. १:६रोमी १२:१९; प्रका ६:९, १०
२ थिस्स. १:७मर्कु ८:३८; लुका १७:२९, ३०; १प १:७
२ थिस्स. १:८रोमी २:८
२ थिस्स. १:९२प ३:७
२ थिस्स. १:११रोमी ८:३०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ थिस्सलोनिकी १:१-१२

दोस्रो थिस्सलोनिकी

१ पावल, सिल्भानस* र तिमोथि+ थिस्सलोनिकीहरूको मण्डलीलाई, जुन परमेश्‍वर, हाम्रा बुबा र प्रभु येसु ख्रिष्टसित एकतामा छ, यो पत्र लेख्दै छौँ।

२ परमेश्‍वर, हाम्रा बुबाबाट र प्रभु येसु ख्रिष्टबाट तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्‌।

३ हे भाइहरू हो, तिमीहरूका लागि परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउन हामीलाई करै लागेको छ। यो उपयुक्‍त छ किनकि तिमीहरूको विश्‍वास झन्‌झन्‌ बढ्‌दै छ र एकअर्काप्रति तिमीहरू हरेकको प्रेम बढ्‌दै छ।+ ४ फलस्वरूप परमेश्‍वरका मण्डलीहरूमाझ हामी तिमीहरूमा गर्व गर्छौँ + किनभने आफूमाथि आइपरेको सारा खेदो र कठिनाइ* भोग्दै *+ तिमीहरूले सहनशीलता र विश्‍वास देखाइरहेका छौ। ५ यो परमेश्‍वरको उचित न्यायको प्रमाण हो अनि यसैले गर्दा तिमीहरू परमेश्‍वरको राज्य हासिल गर्न योग्य ठहरिएका छौ र वास्तवमा तिमीहरू त्यही राज्यका लागि दुःख भोग्दै छौ।+

६ तसर्थ परमेश्‍वरको नजरमा यही उचित छ, जसले तिमीहरूमाथि सङ्‌कष्ट ल्याउँछन्‌, त्यसको बदलामा उहाँले तिनीहरूमाथि सङ्‌कष्ट ल्याउनुहुनेछ।+ ७ तर तिमीहरू, जो अहिले सङ्‌कष्ट भोगिरहेका छौ, प्रभु येसु आफ्ना शक्‍तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट प्रकट हुनुहुँदा+ तिमीहरूलाई हामीसँगै ती सङ्‌कष्टहरूबाट उद्धार गर्नुहुनेछ। ८ त्यतिखेर उहाँ बल्दो आगोको साथ प्रकट हुनुहुनेछ र ज-जसले परमेश्‍वरलाई चिन्दैनन्‌ र जो-जो हाम्रा प्रभु येसुसित सम्बन्धित सुसमाचारबमोजिम चल्दैनन्‌, तिनीहरूसित बदला लिनुहुनेछ।+ ९ तिनीहरू प्रभुको सामुन्‍नेबाट हटाइनेछन्‌ र उहाँको शक्‍तिको महिमाबाट वञ्चित हुनेछन्‌। तिनीहरूले अनन्त विनाशको सजाय भोग्नेछन्‌।+ १० त्यतिबेला उहाँ आफ्ना पवित्र जनहरूसँगै महिमा पाउन आउनुहुनेछ र उहाँमाथि विश्‍वास गर्नेहरू सबैले त्यस दिन उहाँको प्रशंसा गर्नेछन्‌। तिमीहरूले पनि त्यसै गर्नेछौ किनभने हामीले दिएको साक्षीमा तिमीहरूले विश्‍वास गऱ्‍यौ।

११ त्यसैले हामी सधैँ तिमीहरूका लागि प्रार्थना गर्छौँ कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई आफ्नो बोलावटको योग्य ठानून्‌+ र उहाँ जे भलाइ गर्न चाहनुहुन्छ, आफ्नो शक्‍तिद्वारा ती सबै गरून्‌ र विश्‍वासद्वारा उत्प्रेरित भई तिमीहरूले जे काम गरिरहेका छौ, त्यसलाई सफल पारून्‌ १२ ताकि तिमीहरूले गर्दा हाम्रा प्रभु येसुको नामको महिमा होस्‌ र उहाँसित एकतामा रहेर तिमीहरूको पनि महिमा होस्‌, जुन हाम्रा परमेश्‍वर र प्रभु येसु ख्रिष्टको असीम अनुग्रहद्वारा प्राप्त हुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने