प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ कोरिन्थी विषयवस्तु

      • अन्तिम चेतावनी र सल्लाहहरू (१-१४)

        • “तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी जाँचिरहो” (५)

        • छाँटकाँट गर; समान विचार राख (११)

२ कोरिन्थी १३:१

फुटनोट

  • *

    शा., “साक्षीको मुखबाट।”

मार्जिनल रेफरेन्स

  • +व्य १९:१५; मत्ति १८:१६

२ कोरिन्थी १३:४

मार्जिनल रेफरेन्स

  • +रोमी ६:४; १प ३:१८
  • +१कोरि. ६:१४
  • +२ति २:११, १२

२ कोरिन्थी १३:५

मार्जिनल रेफरेन्स

  • +१कोरि. ११:२८; गला ६:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२४, पृ. १२-१३

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२३, पृ. ९-१०

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१८, पृ. १३

    प्रहरीधरहरा,

    ७/१५/२०१४, पृ. ११

    ३/१५/२०१४, पृ. १३

    ७/१/२००८, पृ. २४

    ७/१५/२००५, पृ. २१-२५

    २/१५/२००५, पृ. १३

    ९/१५/२००२, पृ. १८

    ४/१५/१९९९, पृ. १९-२०

    १/१५/१९९८, पृ. १४

२ कोरिन्थी १३:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/१९९१, पृ. १५-१६

२ कोरिन्थी १३:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/१९९७, पृ. ८-९

२ कोरिन्थी १३:१०

मार्जिनल रेफरेन्स

  • +१कोरि. ४:२१

२ कोरिन्थी १३:११

मार्जिनल रेफरेन्स

  • +२कोरि. १:३, ४
  • +फिलि २:२
  • +१थि ५:१३; या ३:१७; १प ३:११; २प ३:१४
  • +१कोरि. १४:३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२०, पृ. १८-२३

    प्रहरीधरहरा,

    १०/१/२००८, पृ. ४-५

    ६/१/१९९६, पृ. २५

    १/१/१९९२, पृ. २३-२४

अरू

२ कोरि. १३:१व्य १९:१५; मत्ति १८:१६
२ कोरि. १३:४रोमी ६:४; १प ३:१८
२ कोरि. १३:४१कोरि. ६:१४
२ कोरि. १३:४२ति २:११, १२
२ कोरि. १३:५१कोरि. ११:२८; गला ६:४
२ कोरि. १३:१०१कोरि. ४:२१
२ कोरि. १३:११२कोरि. १:३, ४
२ कोरि. १३:११फिलि २:२
२ कोरि. १३:१११थि ५:१३; या ३:१७; १प ३:११; २प ३:१४
२ कोरि. १३:१११कोरि. १४:३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ कोरिन्थी १३:१-१४

दोस्रो कोरिन्थी

१३ म तेस्रो चोटि तिमीहरूकहाँ आउँदै छु। “दुई वा तीन जना साक्षीको बयानको आधारमा* मात्र हरेक मामिलाको फैसला सुनाइनुपर्छ।”+ २ म अहिले तिमीहरूमाझ नभए तापनि म तिमीहरूकहाँ दोस्रो पटक उपस्थित भएको छु भनी सम्झेर मेरो कुरा मान। पहिला पाप गर्ने मानिसहरू अनि बाँकी सबैलाई म अहिल्यैदेखि चेतावनी दिँदै छु कि म फेरि आएँ भने तिनीहरूलाई छोड्‌नेछैनँ ३ किनकि ख्रिष्ट, जो तिमीहरूको लागि कमजोर हुनुहुन्‍न बरु तिमीहरूमाझ शक्‍तिशाली हुनुहुन्छ, उहाँ साँच्चै ममार्फत बोल्दै हुनुहुन्छ भन्‍ने कुराको प्रमाण तिमीहरू खोज्दै छौ। ४ किनकि वास्तवमा उहाँ कमजोर हालतमा खम्बामा मारिनुभयो तर परमेश्‍वरको शक्‍तिले गर्दा उहाँ जीवित हुनुहुन्छ।+ हो, हामी पनि उहाँजस्तै कमजोर छौँ तर तिमीहरूमाझ काम गर्ने परमेश्‍वरको त्यही शक्‍तिले+ गर्दा हामी उहाँसँगै जिउनेछौँ।+

५ तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी जाँचिरहो, तिमीहरू कस्ता मानिसहरू हौ, साबित गरिरहो।+ अथवा के तिमीहरूलाई थाह छैन, येसु ख्रिष्ट तिमीहरूसित एक हुनुहुन्छ? यदि हुनुहुन्‍न भने त तिमीहरूले उहाँको अनुमोदन पाएका रहेनछौ। ६ म साँच्चै आशा गर्छु कि हामीले अनुमोदन पाएका छौँ भनेर तिमीहरूले थाह पाउनेछौ।

७ अब हामी परमेश्‍वरलाई प्रार्थना गर्छौँ कि तिमीहरूले कुनै गलत काम नगर। हामी अनुमोदन पाएका मानिसहरू हौँ भनी देखियोस्‌ भनेर त होइन तर तिमीहरूले असल काम गरिरहो भनेर हो, चाहे त्यसको निम्ति हामी अनुमोदन नपाएका मानिसहरूजस्तो किन देखिनु नपरोस्‌। ८ किनकि सत्यको विरुद्धमा हामी केही गर्न सक्दैनौँ तर सत्यको पक्षमा मात्र गर्न सक्छौँ। ९ हामी कमजोर भए तापनि तिमीहरू शक्‍तिशाली हुँदा हामी साँच्चै रमाउँछौँ। अनि तिमीहरूले आवश्‍यक छाँटकाँट गर भनी हामी प्रार्थना गर्दै छौँ। १० यसैकारण म तिमीहरूबाट टाढा रहेको बेला यी कुराहरू लेख्दै छु ताकि म त्यहाँ हुँदा मैले आफूले पाएको अख्तियार कडाइका साथ चलाउन नपरोस्‌ किनभने प्रभुले मलाई यो अख्तियार+ तिमीहरूको उत्थान गराउन दिनुभएको हो, पतन गराउन होइन।

११ अन्तमा भाइहरू हो, आनन्दित भइरहो, छाँटकाँट गरिरहो, सान्त्वना पाइरहो,+ समान विचार राखिरहो+ र शान्तिपूर्वक बाँचिरहो।+ तब प्रेम र शान्तिका परमेश्‍वर+ तिमीहरूसित रहनुहुनेछ। १२ पवित्र चुम्बनले एकअर्कालाई अभिवादन गर। १३ सबै पवित्र जनले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।

१४ प्रभु येसु ख्रिष्टको असीम अनुग्रह र परमेश्‍वरको प्रेम अनि हामी सबैले पाएको पवित्र शक्‍ति तिमीहरू सबैसित रहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने