प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • रहबामको शासन (१-१२)

      • वफादार लेवीहरू यहुदा आउँछन्‌ (१३-१७)

      • रहबामको परिवार (१८-२३)

२ इतिहास ११:१

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:२७; २इ १४:८
  • +१रा १२:२१-२४

२ इतिहास ११:२

मार्जिनल रेफरेन्स

  • +२इ १२:१५

२ इतिहास ११:४

मार्जिनल रेफरेन्स

  • +१रा ११:३१; २इ १०:१५

२ इतिहास ११:६

फुटनोट

  • *

    वा “मजबुत बनाए।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:१९; मत्ति २:१
  • +आमो १:१

२ इतिहास ११:७

मार्जिनल रेफरेन्स

  • +२इ २८:१८
  • +१स २२:१

२ इतिहास ११:८

मार्जिनल रेफरेन्स

  • +१इ १८:१
  • +१स २३:१४

२ इतिहास ११:९

मार्जिनल रेफरेन्स

  • +२इ ३२:९
  • +यहो १०:१०; यर्मि ३४:७

२ इतिहास ११:१०

मार्जिनल रेफरेन्स

  • +यहो १९:४२, ४८
  • +यहो १४:१४, १५; २स २:१

२ इतिहास ११:१४

मार्जिनल रेफरेन्स

  • +१रा १२:३१, ३२
  • +गन ३५:२, ३

२ इतिहास ११:१५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शा., “बोकाहरू।”

मार्जिनल रेफरेन्स

  • +लेवी १७:७
  • +१रा १२:२६, २८
  • +१रा १३:३३

२ इतिहास ११:१६

मार्जिनल रेफरेन्स

  • +व्य १२:११; १इ २२:१; २इ १५:८, ९; ३०:१०, ११

२ इतिहास ११:१८

मार्जिनल रेफरेन्स

  • +१स १६:६; १७:१३

२ इतिहास ११:२०

मार्जिनल रेफरेन्स

  • +२स १३:१; १८:३३
  • +१रा १५:१; २इ १२:१६; मत्ति १:७

२ इतिहास ११:२१

मार्जिनल रेफरेन्स

  • +व्य १७:१७

२ इतिहास ११:२३

फुटनोट

  • *

    वा “तितरबितर पारिदिए।”

मार्जिनल रेफरेन्स

  • +२इ ११:५, ११

अरू

२ इति. ११:१उत्प ४९:२७; २इ १४:८
२ इति. ११:११रा १२:२१-२४
२ इति. ११:२२इ १२:१५
२ इति. ११:४१रा ११:३१; २इ १०:१५
२ इति. ११:६उत्प ३५:१९; मत्ति २:१
२ इति. ११:६आमो १:१
२ इति. ११:७२इ २८:१८
२ इति. ११:७१स २२:१
२ इति. ११:८१इ १८:१
२ इति. ११:८१स २३:१४
२ इति. ११:९२इ ३२:९
२ इति. ११:९यहो १०:१०; यर्मि ३४:७
२ इति. ११:१०यहो १९:४२, ४८
२ इति. ११:१०यहो १४:१४, १५; २स २:१
२ इति. ११:१४१रा १२:३१, ३२
२ इति. ११:१४गन ३५:२, ३
२ इति. ११:१५लेवी १७:७
२ इति. ११:१५१रा १२:२६, २८
२ इति. ११:१५१रा १३:३३
२ इति. ११:१६व्य १२:११; १इ २२:१; २इ १५:८, ९; ३०:१०, ११
२ इति. ११:१८१स १६:६; १७:१३
२ इति. ११:२०२स १३:१; १८:३३
२ इति. ११:२०१रा १५:१; २इ १२:१६; मत्ति १:७
२ इति. ११:२१व्य १७:१७
२ इति. ११:२३२इ ११:५, ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास ११:१-२३

दोस्रो इतिहास

११ यरुसलेम पुग्नेबित्तिकै रहबामले यहुदा र बिन्यामिनको घरानाबाट+ १ लाख ८० हजार तालिमप्राप्त योद्धा जम्मा गरे किनकि तिनी इस्राएलसित युद्ध गरेर आफ्नो राज्य फिर्ता लिन चाहन्थे।+ २ तब साँचो परमेश्‍वर यहोवाका सेवक सेमायाहकहाँ+ उहाँको यो वचन आयो: ३ “सुलेमानका छोरा यहुदाका राजा रहबामलाई अनि यहुदा र बिन्यामिनको कुलका सबै इस्राएलीलाई यसो भन्‍नू: ४ ‘यहोवा यसो भन्‍नुहुन्छ: “तिमीहरू आफ्ना भाइबन्धुसित युद्ध गर्न माथि उक्लेर नजानू। तिमीहरू आ-आफ्नो घर फर्कनू किनकि मेरै इच्छाअनुसार यी सब भएको हो।”’”+ त्यसैले तिनीहरूले यहोवा परमेश्‍वरको वचन पालन गरे र आ-आफ्नो घर फर्के। तिनीहरू यरोबामसित युद्ध गर्न गएनन्‌।

५ रहबाम यरुसलेममा बसे अनि तिनले यहुदामा पर्खालले घेरिएका सहरहरू बनाए। ६ तिनले यी सहरहरू बनाए*—बेतलेहेम,+ एताम, तेको,+ ७ बेथ-जुर, सोको,+ अदुल्लाम,+ ८ गाथ,+ मारेसाह, जिफ,+ ९ अदोरेम, लाकिस,+ अजेकाह,+ १० जोराह, ऐय्यालोन+ र हेब्रोन।+ पर्खालले घेरिएका ती सहरहरू यहुदा र बिन्यामिनको इलाकामा पर्थे। ११ तिनले पर्खालले घेरिएका ती सहरहरूलाई अझ मजबुत बनाए र ती सहरहरूमा सेनापतिहरू खटाए। अनि तिनीहरूको लागि खानेकुरा, तेल र मद्यको व्यवस्था गरिदिए। १२ तिनले प्रत्येक सहरमा ठूलठूला ढाल र भालाहरू राखे अनि ती सहरहरूलाई निकै मजबुत बनाए। तिनले यहुदा र बिन्यामिनको कुलमाथि शासन गरिरहे।

१३ इस्राएलको पूरै इलाकामा भएका पुजारी र लेवीहरू रहबामलाई साथ दिन आ-आफ्नो इलाका छोडेर तिनीकहाँ आए। १४ यरोबाम र उनका छोराहरूले लेवीहरूलाई यहोवा परमेश्‍वरको पुजारीको रूपमा सेवा गर्न दिएनन्‌।+ त्यसैले लेवीहरू आफ्ना चरनहरू र आफ्नो अधिकारमा भएका कुराहरू छोडेर+ यहुदा र यरुसलेम आए। १५ त्यसपछि यरोबामले अग्ला थानहरू,* बोकाजस्तै देखिने पिशाचहरू*+ र आफूले बनाएका बाछाका मूर्तिहरूका+ निम्ति आफैले पुजारीहरू नियुक्‍त गरे।+ १६ इस्राएलका सबै कुलका मानिसहरूमध्ये ज-जसले आफ्नो हृदयमा इस्राएलका परमेश्‍वर यहोवाको खोजी गर्ने अठोट गरेका थिए, तिनीहरू पनि आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवाको निम्ति बलि चढाउन पुजारी र लेवीहरूको पछिपछि यरुसलेम गए।+ १७ तिनीहरूले तीन वर्षसम्म यहुदाको राज्यलाई सुदृढ पारिरहे र सुलेमानका छोरा रहबामलाई साथ दिइरहे। तिनीहरू तीन वर्षसम्म दाउद र सुलेमानको मार्गमा हिँडे।

१८ रहबामले दाउदकी नातिनी, यरिमोथकी छोरी महलाथसित विवाह गरे। महलाथकी आमा अबिहेल थिइन्‌, जो एलिआबकी+ छोरी र यिसैकी नातिनी थिइन्‌। १९ केही समयपछि महलाथले रहबामबाट यी छोराहरू जन्माइन्‌: यउस, सेमर्याह र जहम। २० पछि रहबामले अब्सालोमकी+ नातिनी माकाहसित विवाह गरे। माकाहले रहबामबाट अबियाह,+ अबि, अत्तै, जिजा र सेलोमिथलाई जन्माइन्‌। २१ रहबामका १८ जना पत्नी र ६० जना उपपत्नी थिए अनि २८ जना छोरा र ६० जना छोरी थिए। तर तिनी आफ्ना सबै पत्नी र उपपत्नीमध्ये+ अब्सालोमकी नातिनी माकाहलाई सबैभन्दा धेरै माया गर्थे। २२ त्यसैले रहबामले माकाहका छोरा अबियाहलाई उनका दाजुभाइका प्रमुख र अगुवा बनाए। किनकि रहबाम उनलाई राजा बनाउन चाहन्थे। २३ रहबामले बुद्धिमानी कदम चाले। तिनले आफ्ना केही छोरालाई यहुदा र बिन्यामिनको पूरै इलाकामा भएका पर्खालले घेरिएका सबै सहरमा पठाए।*+ अनि उनीहरूको निम्ति खानपिनको राम्रो बन्दोबस्त मिलाइदिए र थुप्रै केटीसित उनीहरूको विवाह पनि गराइदिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने