प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९५ १/८ पृ. १८-२०
  • हुलाक टिकट संग्रह—समय खाने सोख र मुनाफा हुने व्यापार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हुलाक टिकट संग्रह—समय खाने सोख र मुनाफा हुने व्यापार
  • ब्यूँझनुहोस्‌!—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुपम पेनी ब्ल्याक
  • संकलनहरूको आफ्नै कथा छ
  • टिकटहरू जम्मा गर्नु ठूलो मुनाफा हुने व्यापार हो
  • अनन्त जीवन दिने सन्देश
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • सङ्‌कलन—सन्तुलन नभई नहुने एउटा सोख
    ब्यूँझनुहोस्‌!—२००५
  • पश्‍चिम अफ्रिकाको अनौठो सिक्का
    ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—१९९५
g९५ १/८ पृ. १८-२०

हुलाक टिकट संग्रह—समय खाने सोख र मुनाफा हुने व्यापार

बेलाइतका ब्यूँझनुहोस्‌! सम्वाददाताबाट

हुलाक टिकट संग्रह गर्नु “संसारको सबैभन्दा महान सोख” भनिएको छ। बेलाइती हुलाक सुधारक सर रोल्याण्ड हिलअनुसार (१७९५-१८७९) प्रथम हुलाक टिकटहरू ‘पछिल्लतिर गुँद भएको कागतका टुक्राहरू मात्रै थिए, जसलाई उपभोक्‍ताले अलिकता भिजाएर चिठीको पछाडि टाँस्न सक्थे।’ उनका ‘कागतका टुक्राहरू’ असाध्यै लोकप्रिय भए। आज हुलाक टिकटहरू संसारभरि सञ्चार माध्यम परिवर्तन गर्ने आविष्कारको रूपमा प्रशंसा गरिन्छ।

संकलक र व्यापारीहरूको लागि हुलाक टिकटको मूल्य शून्यदेखि लाखौं डलरभन्दा बढी हुन सक्छ। हुलाक टिकटहरू साधारण कुरा भइसक्दा पनि यो कसरी हुन सक्छ? कुन कुराले त्यसप्रति चाह र त्यसको मूल्य प्रदान गर्छ?

अनुपम पेनी ब्ल्याक

प्रथम हस्तनिर्मित हुलाक टिकटहरू हुलाक शुल्कको पूर्वभुक्‍तानीको संकेत थियो। यसलाई व्यापारी विलियम डक्राले आविष्कार गरेका थिए जसले १६८० मा लण्डन पेनी पोस्ट थालेका थिए। कार्यालयमा ल्याइने पत्रहरूमा दुई धर्से त्रिकोण चिह्नबीच पेनी पोस्ट पेड शब्दहरू लेखिएको हुलाक छाप लगाएर प्रसारण गर्न डक्राका वाहकहरूको लागि तयार हुन्थ्यो। तर अन्य समाचार वाहक र पत्र वाहकहरूले यसको कडा विरोध गरे किनभने यसले गर्दा तिनीहरूको जीविका खतरामा भएजस्तो तिनीहरूलाई लाग्यो। सरकारी हुलाक कार्यालयले पनि डक्राको हुलाकले आफ्नो एकाधिपत्यमा हनन गरेको ठाने।

हुलाकसम्बन्धी सुधारले १९ औं शताब्दीको सुरुतिर मात्र पेनी हुलाक सेवा देशभरि उपलब्ध गराउन सक्यो। गुँद भएका प्रथम हुलाक टिकटहरू मे १८४० मा बेलाइतमा बिक्री गरियो र पेनी ब्ल्याकको नाउँमा छिट्टै प्रख्यात भयो। (चित्र हेर्नुहोस्‌।) यसमा प्वालहरू थिएनन्‌ र प्रत्येक हुलाक टिकट एउटा ठूलो ताउबाट काट्‌नु पर्थ्यो।

सम्पूर्ण देशभरि प्रयोग गर्न गुँद भएका हुलाक टिकटहरू प्रकाशन गर्ने बेलाइत पछिको दोस्रो देश सन्‌ १८४३ मा ब्राजिल भयो। अन्तरदेशीय पत्राचारको लागि बिस्तारै अरू देशहरूले टिकटहरू प्रयोग गर्न थाले। पछि, समुद्रपारी वितरण गर्न विश्‍वव्यापी हुलाक संघको विकास भयो। आज बर्न, स्वीट्‌जरल्याण्डमा मुख्य कार्यालय भएको युनिभर्सल पोस्टल युनियन, राष्ट्र संघको विशेष निकाय भएको छ।

संकलनहरूको आफ्नै कथा छ

अन्तर्राष्ट्रिय सञ्चारहरू वृद्धि भएपछि हरेक देशले आफ्नै रूपरेखा बनाए र विशिष्ट हुलाक टिकटहरू छापे। स्मारिका भनिने केही हुलाक टिकटहरूले उल्लेखनीय घटना वा मानिसहरू चित्रण गर्छ; अरू व्याख्यात्मक हुन्छन्‌ र हुलाक आवश्‍यकताका विविध मागहरू पूरा गर्न नियमित प्रयोगको लागि सुपरिभाषित हुन्छन्‌। बितेका सालहरूमा झण्डै ६०० हुलाक अधिकृतहरूले वर्षेनी लगभग १०,००० नयाँ हुलाक टिकट प्रकाशित गरेका छन्‌। अहिलेसम्म प्रकाशित साढे दुई लाख प्रकारका हुलाक टिकटहरूमा हुलाकका विद्यार्थी (टिकट संग्रहकर्त्ताहरू) र हुलाक टिकटका सोखिन व्यक्‍तिहरूले आफ्नो इच्छानुसारको टिकट पाउन सक्छन्‌।

निस्सन्देह, हुलाक टिकटहरूको त्यत्रो परिमाण र विविधताले गर्दा एक संकलकले प्रकाशित हरेक प्रकारका टिकटहरू पाउने आशा गर्न सक्दैन। बरु, थुप्रैले बेग्लाबेग्लै विषयवस्तुका हुलाक टिकटहरू संकलन गर्छन्‌। अन्तरिक्ष, आगो, आन्टार्टिका, ओलम्पिक खेलकुद, औषधि, उडान, उद्योग, एस्परान्टो, कोइला, कृषि, खेलकूद, गुफाहरू, चराहरू, चलचित्र, जनावरहरू, तस्वीर, देश, धर्म, पुलहरू, फङ्‌गी, फूलहरू, बाइबल, भूगर्भशास्त्र, माहुरी, मौसम, यातायात, युरोप, राष्ट्र संघ, रेड क्रस, शक्‍ति, संगीत र हुलाक सेवा आदि। यी सबै विषयवस्तुका हुलाक टिकटहरू संकलन गर्न सकिन्छ। नाउँ मात्र लिनुहोस्‌, हरेक विषयका हुलाक टिकट तपाईंले पाइहाल्नुहुन्छ।

अन्य संकलकहरू हुलाक टिकटको विविधतामा ध्यान केन्द्रित गर्छन्‌। यसमा के समावेश छ? पेनी ब्ल्याकलाई पुनः एक पटक हेर्नुहोस्‌। हुलाक टिकटको तल्लो छेऊमा छापिएका अक्षरहरू के तपाईंले देख्नुभयो? सुरुमा, यी हुलाक टिकटहरू २४० वटा टिकटहरू भएका ठूलो ताउमा छापिन्थ्यो। त्यसमा २० समानान्तर पङ्‌क्‍ति हुन्थ्यो र प्रत्येक पङ्‌क्‍तिमा १२ वटा हुलाक टिकटहरू हुन्थ्यो। प्रथम पङ्‌क्‍तिको टिकटमा AA अक्षरहरू थिए; त्यो पङ्‌क्‍तिको अन्तमा AL अक्षरहरू थिए। त्यसपछि वर्णाक्रमअनुसार २० औं पङ्‌कितको सुरुमा TA र अन्तमा TL थियो। अनि प्लेटमेकिङ्‌गको अन्तिम चरणहरूमा वर्गको छेऊमा हातैले प्वालहरू पारिन्थ्यो। आफूले वितरण गर्ने थुप्रै पत्रहरूमा दुई अक्षरहरू एकै भएमा हुलाक कार्यकर्त्ताले जालसाजीको शंका गर्थे।

लगभग ६ करोड ८० लाख पेनी ब्ल्याक टिकटहरू प्रकाशित भए तापनि आज कुनै संकलकसित नयाँ पेनी ब्ल्याक टिकट छ भने उसले दुर्लभ र मूल्यवान कुरा भेट्टाउनेछ। त्यो लगभग ४,२०० अमेरिकी डलरदेखि ६,८०० अमेरिकी डलर मूल्य बराबरको हुन्छ।

रूपरेखामा अस्पष्ट भिन्‍नताको बावजूद, भिन्‍न जल चिह्न (उज्यालोमा राख्दा कागतमा प्रत्यक्ष हुने हल्का बुट्टा), बेग्लाबेग्लै प्लेटमा छापिएका र प्वालहरू कम या बढी हुनु (छेऊमा हुने प्वालहरू) विशिष्ट संकलकहरूका लागि चाखलाग्दो कुरा हो। सफलता प्राप्त गर्न त्यस्ता विशेषज्ञहरूको निम्ति चिम्टी (औंलाको प्रयोग नगर्नुहोस्‌!) र अभिवर्धक काँच मात्र पर्याप्त हुँदैन। प्वालहरूको भिन्‍नता विशेष प्रकारको उपकरणले पत्ता लगाउँछ; टिकटहरूमा भएको क्षति, लुप्त चमक र अन्य नगण्य विवरणहरू परागबैजनी बत्तीहरूले पत्ता लगाउँछन्‌।

हुलाक टिकटको रूपरेखा र छपाइका त्रुटिहरूमा केही संकलकहरू विशेष चासो देखाउँछन्‌। तिनीहरूको लागि अरू संकलकहरूले याद नगरेका टिकटहरू जम्मा गर्नु ठूलो कुरा हो। त्यसको मूल्यबीचको भिन्‍नतालाई विचार गर्नुहोस्‌। सन्‌ १९९० को अनुमानअनुसार १८४१ सालको पेनी रेड नामक हुलाक टिकट छाप्दा ताऊको दोस्रो पङ्‌कितमा A अक्षर नभएको टिकट त्यो अक्षर भएकोभन्दा १,३०० गुणा बढी मूल्यवान थियो!

टिकटहरू जम्मा गर्नु ठूलो मुनाफा हुने व्यापार हो

हुलाक टिकट संकलन गर्ने सोखले आजभोलि थुप्रै लगानीकर्त्ताहरूलाई आकर्षित गरेको छ। साँचो लगानीकर्त्ताहरूले दुर्लभ उत्कृष्ट टिकटहरू संकलन गर्छन्‌ जसको मूल्य निश्‍चित समयावधिमा सम्भवतः बढ्‌नेछ भनी तिनीहरू विश्‍वास गर्छन्‌। जब त्यसको मूल्य सबैभन्दा बढी हुन्छ तब आफूले पाउन सक्ने उत्तम मोलमा व्यापारीले ग्राहकलाई बिक्री गर्छ। हुलाक अधिकृत जेम्स वट्‌सन यसप्रकार लेख्छन्‌, “हुलाकमा प्रयोग गरिसकेका टिकटहरूमा छापिएका अक्षरहरू हलुको र बुझ्न सकिने हुनैपर्छ। अति साधारण टिकटहरूमा समेट अनौठा छापहरू तुलनात्मक हिसाबमा कमै हुन्छन्‌ र त्यसको मूल्य धेरै हुन्छ। टिकटको लागि मूल्य पाउन त्यसको राम्रो अवस्था पनि अपरिहार्य हुन्छ।”

“गत पाँच वर्षमा मानिसहरूले शेयर अथवा अन्य प्रकारका लगानीहरूभन्दा उत्कृष्ट हुलाक टिकटहरू (१८४० देखि १८७० सम्मका) बढी मूल्याङ्‌कन गरेका छन्‌। अनि प्रायः घडेरीभन्दा बढी मूल्य राखेका छन्‌” भनी १९७९ मा लण्डन डेली मेलले भन्यो। सन्‌ १९७४ मा ८४,७०० अमेरिकी डलर मूल्य परेको सात उत्कृष्ट हुलाक टिकटहरूको मूल्य वृद्धि भएर ३,०६,००० अमेरिकी डलर पुग्यो।

सन्‌ १९९० मा टाइम इन्टरनेशनलको विज्ञापनले यस्तो रिपोर्ट गऱ्‍यो: “लगानीको हिसाबमा हरेक पटक हुलाक टिकटहरूको मूल्य बेग्लाबेग्लै हुन्छ। सन्‌ १९७० को दशकमा टिकटको मूल्यमा निकै छिटो वृद्धि भयो किनभने दुर्लभ टिकटको लगानीद्वारा सट्टेबाजहरूले मुनाफा कमाउने आशा गरिरहेका थिए। सन्‌ १९८० मा विश्‍व हुलाक प्रदर्शनी हुँदा तिनीहरूका आशाहरू चकनाचूर भए किनकि बजारलाई टेवा पुऱ्‍याइरहेका त संकलकहरूले मात्रै थिए र तिनीहरू बुद्धिमानीपूर्वक त्यसबाट पछि हटिसकेको सट्टेबाजहरूले पाए। ‘आफूसित भएका उत्कृष्ट टिकटहरूबाट नाफा कमाउन खोज्दा ती त्यत्तिको दुर्लभ नभएको पाए,’” र आफूले सोचेअनुसारको नाफा कमाउन असफल भए। हुलाक टिकटहरूमा लगानी गर्नेहरूको लागि यो कस्तो चेताउनी हो!

संकलक अथवा हुलाक टिकट संग्रह गर्ने सोखिन जो सुकैले पनि सन्तुलन कायम गर्ने लक्ष्य राख्नुपर्छ। तपाईंका हुलाक टिकटहरूबाट आनन्द उठाउनुहोस्‌। त्यसबाट—संसार, यसको भूगोल, मानिसहरू र संस्कृतिहरूबारे सिक्नुहोस्‌। त्यसको वशीभूत नहुनुहोस्‌। त्यसप्रति तपाईंको चासोलाई राम्ररी तौलनुहोस्‌ र जीवनका अति महत्त्वपूर्ण कुराहरूसित दाँजेर हेर्नुहोस्‌। (g95 01/08)

[पृष्ठ १९-मा भएको चित्र]

पेनी ब्ल्याक

[पृष्ठ २०-मा भएका चित्रहरू]

अस्ट्रिया, बेलाइत र स्पेनका हुलाक टिकटहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने