प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ४/८ पृ. २१
  • पश्‍चिम अफ्रिकाको अनौठो सिक्का

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पश्‍चिम अफ्रिकाको अनौठो सिक्का
  • ब्यूँझनुहोस्‌!—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • आमाका थुप्रै कामहरू
    ब्यूँझनुहोस्‌!—२००२
  • हुलाक टिकट संग्रह—समय खाने सोख र मुनाफा हुने व्यापार
    ब्यूँझनुहोस्‌!—१९९५
  • उहाँलाई ‘बाटो थाह थियो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ४/८ पृ. २१

पश्‍चिम अफ्रिकाको अनौठो सिक्का

सियरा लियोनका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

चित्रमा देखाइएको जस्तो पैसा कहिल्यै देख्नुभएको छ? यो किसी सिक्का हो। यस्ता केही सिक्काहरू सियरा लियोनस्थित फ्रिटाउनको राष्ट्रिय संग्रहालयमा प्रदर्शित गरिएका छन्‌। यसबारे जानकारी दिने पर्चाले भन्छ: “यो अनौठो आकार भएको पैसा सियरा लियोन र लाइबेरिया, दुवै ठाउँहरूमा पाइन्छ। यो पैसा यी मुलुकहरूमा १९४५ सम्म पनि चलाइन्थ्यो। यसमा टाउको (गोलो भाग) र खुट्टाको (चुच्चो भाग) प्रतीक भएको हुनाले यसलाई आत्मा भएको पैसा भनिन्थ्यो। गाउँको मुखिया मर्दा यी सिक्काहरूलाई फुटाएर चिहानमा गाडिन्थ्यो। प्राप्त जानकारीअनुसार ५० किसी, पश्‍चिम अफ्रिकाको एक शिलिंग बराबर हुन्थ्यो।”

ब्याजल डेभिड्‌सनले लेखेको पुस्तक द अफ्रिकन स्लेभ ट्रेड-अनुसार धेरै समयअघि “फलामको टुक्राको मोलले दासहरूको किनबेच हुन्थ्यो।” के यी टुक्राहरू नै किसी सिक्का थियो त? कुनै कुनै विशेषज्ञहरू हो भन्छन्‌ भने अरूले होइन भने। दासहरू किन्‍नको निम्ति यी सिक्काहरू चलाइएको नभए तापनि पत्नीहरू किन्‍न चलाइन्थ्यो भनेर कुनै शंका छैन।

माथि उल्लेख गरिएअनुसार यी सिक्काहरू कहिलेकाहीं धर्मसित सम्बन्धित कामकुरामा पनि चलाइन्थ्यो। विशेषगरि अमर आत्माजस्ता गैरशास्त्रीय शिक्षाको सन्दर्भमा चलाइन्थ्यो। कुनै मान्छे मरेपछि तिनलाई आफ्नै गाउँमा गाड्‌नु उचित मानिन्थ्यो। यदि टाढा ठाउँमा मृत्यु भयो भने लासलाई घर ल्याउन गाह्रो हुन्थ्यो। त्यसकारण किसी सिक्कामा मृत व्यक्‍तिको आत्मा हालेर ल्याउने चलन थियो।

मृत्यु भएको ठाउँमा गएर मृत व्यक्‍तिको नातेदारले धामी कहाँबाट सिक्का लिन्थ्यो। अनि धामीले मन्त्रद्वारा मृत व्यक्‍तिको आत्मा त्यस सिक्कामा हालिदिन्थ्यो अरे। त्यसपछि त्यो नातेदारले आत्मा (सिक्का) लिएर घर फर्कन्थ्यो र पुर्खौली चिहानमा गाड्‌थ्यो।

नातेदारले सिक्कालाई सफा कपडामा बेरेर आफ्नो यात्रा सुरु गर्थ्यो। यात्रा गर्दा बोल्नु हुँदैन भनिन्थ्यो। यदि कसैसित बोल्यो भने सिक्काबाट आत्मा निस्केर ऊ मरेकै ठाउँमा फर्केर जान्छ भन्‍ने विश्‍वास गरिन्थ्यो। त्यसपछि नातेदार फेरि त्यही धामीकहाँ गएर अर्को रकम तिरेर आत्मा ल्याउनुपर्थ्यो!

यात्रामा बोल्नै पऱ्‍यो भने त्यो नातेदारले बोल्नुभन्दा अघि सिक्कालाई होसियारीसित भुइँमै त होइन तर तल बिसाएपछि मात्र बोल्न मिल्थ्यो। तर त्यो सिक्कालाई माथि ल्याइसकेपछि फेरि बोल्नु हुँदैनथ्यो।

किसी सिक्का ३३ देखि ३६ सेन्टिमिटरको हुने भएकोले खल्ती वा थैलोमा अटाउन गाह्रो हुन्थ्यो। तापनि त्यतिबेला भने त्यसको आकार सुहाउँदो नै थियो, कारण त्यतिबेलाका मानिसहरूले ती सिक्काहरू मुठा बनाएर आफ्नो टाउकोमा बोक्न सक्थ्यो। धनी मानिसहरूले यी सिक्काहरू बुइगलमा राख्थे। मौसम अनुकूल हुँदा पैसामा बाफहरू द्रवीकरण हुन्थ्यो र पानी तपतप चुहुन्थ्यो। पानी चुहिएको हेरेर घरधनीसित कतिको पैसा छ भनेर अनुमान लगाउन सकिन्थ्यो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने