प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १०/१ p. ९
  • अनन्त जीवन दिने सन्देश

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अनन्त जीवन दिने सन्देश
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • अहिले र सधैंभरि ज्ञान लिइरहने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • “अनन्त जीवन यही [हो]”
    हाम्रो राज्य सेवकाई—१९९६
  • परमेश्‍वरबाटको ज्ञानले थुप्रै प्रश्‍नको जवाफ दिन्छ
    हाम्रो राज्य सेवकाई—१९९७
  • जीवनतर्फ डोऱ्‍याउने सही ज्ञान हासिल गर्न अरूलाई मदत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १०/१ p. ९

अनन्त जीवन दिने सन्देश

“अनन्त जीवन पाउन तिनीहरूले तपाईं एक मात्र साँचो परमेश्‍वरको अनि तपाईंले पठाउनुभएको येशू ख्रीष्टको ज्ञान लिइरहनुपर्छ।”—यूहन्‍ना १७:३.

ज्ञानले जीवन बचाउँछ। दस वर्षीय छोरा नूहू बिरामी पर्दा तिनकी आमालाई चाल्नुपर्ने आवश्‍यक कदमबारे थाह थियो। किनभने उनी नाइजरका सामुदायिक स्वास्थ्य सेविका हुन्‌। उनले आफ्नो छोरालाई नुन-चिनी-पानीको झोल बनाएर खुवाइन्‌। युनिसेफ-अनुसार उनले “आफ्नो छोरालाई तुरुन्तै सामुदायिक स्वास्थ्य केन्द्रमा पुऱ्‍याएकीले तिनी चाँडै निको भए।”

बाइबलको ज्ञानले पनि जीवन बचाउँछ। बाइबलका पहिलो लेखक मोशाले यसो भने: “यो तिमीहरूको लागि साधारण कुरो होइन। यो तिमीहरूको जीवन हो, औ यसैद्वारा . . . तिमीहरू दीर्घायु हुनेछौ।” (व्यवस्था ३२:४७) के बाइबलले साँच्चै तपाईंलाई दीर्घायु जीवन दिन सक्छ? बाइबलको सन्देशले कसरी अनन्त जीवन दिन सक्छ?

अघिल्ला पाँच लेखमा बाइबलको अचूक भविष्यवाणी, भरपर्दो ऐतिहासिक विवरण, चिकित्सा विज्ञानसम्बन्धी सही विवरण, सामञ्जस्यता र व्यावहारिकताबारे गरिएको छलफलबाट यो कुरा स्पष्ट हुन्छ, बाइबललाई अरू कुनै पनि किताबसित तुलना गर्न सकिंदैन। यी कुराहरूले बाइबल उत्कृष्ट छ भनेर प्रमाणित गर्छ। त्यसकारण अनन्त जीवनतर्फ डोऱ्‍याउन सक्ने यस्तो किताब होसियारीसाथ अध्ययन गर्नै पर्ने किताब हो नि, होइन र?

बाइबलको सही ज्ञानले कसरी अहिले मनोशान्ति अनि भविष्यमा आनन्द दिन सक्छ, त्यसबारे सिक्न हामी तपाईंहरूलाई आग्रह गर्छौं। त्यस्तो ज्ञान कसरी हासिल गर्न सकिन्छ भनेर थाह दिन यहोवाका साक्षीहरू निकै खुसी हुनेछन्‌। (w12-E 06/01)

[पृष्ठ ९-मा भएको पेटी/चित्र]

बाइबलले हाम्रो मनमा उठ्‌ने महत्त्वपूर्ण प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दिने भएकोले पनि यो उत्कृष्ट छ। जस्तै:-

• हामी यहाँ किन छौं?

• यति धेरै दुःखकष्ट हुनुको कारण के हो?

• बितिसकेका मेरा आफन्त अनि साथीहरूको लागि के कुनै आशा छ?

तपाईंले यी प्रश्‍नहरूको बाइबलआधारित जवाफ यहोवाका साक्षीहरूद्वारा प्रकाशित यस किताब बाइबलले वास्तवमा के सिकाउँछ?-मा पाउन सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने