प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १/८ p. २७
  • मानिसहरू कुन कुराले खुशी हुन्छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसहरू कुन कुराले खुशी हुन्छन्‌?
  • ब्यूँझनुहोस्‌!—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको सेवा गर्नमा साँचो आनन्द छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • आनन्दको खोजीमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • आनन्दित हुन्‌ ती मानिसहरू, जसले “आनन्दित परमेश्‍वर”-को सेवा गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • साँचो सुख कहाँ पाउन सकिन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १/८ p. २७

मानिसहरू कुन कुराले खुशी हुन्छन्‌?

अनुसन्धानकर्ताहरूको एक समूहले दुई दशकसम्म विश्‍वभरि नै क्रमबद्ध रूपमा खुशीबारे अध्ययन गरे। तिनीहरूले के पत्ता लगाए? साइन्टिफिक अमेरिकन पत्रिका यस्तो प्रतिवेदन पेश गर्छ, “खुशीयाली बाह्‍य परिस्थितिसित त्यति निर्भर छैन जस्तो देखिन्छ।”

यस वैज्ञानिक पत्रिकाले यस्तो टिप्पणी पनि गऱ्‍यो: “धन हुँदैमा मानिस खुशी हुने होइन। मानिसहरू आफ्नो राष्ट्र सम्पन्‍न हुँदै जाँदा खुशी भएका छैनन्‌। . . . थुप्रै राष्ट्रहरूमा आय र सुखको सम्बन्ध नगन्य देखिन्छ।”

त्यस अध्ययनले खुशी हुने मानिसहरूको चार विशिष्ट गुनहरू पत्ता लगायो: तिनीहरू आफूलाई मन पराउँछन्‌ र आफूलाई हल्कासित लिंदैनन्‌, तिनीहरूले आफ्नो व्यक्‍तिगत जीवनमाथि नियन्त्रण जमाएको छ जस्तो तिनीहरूलाई लाग्छ, तिनीहरू आशावादी तथा बहिर्मुखी हुन्छन्‌। यसबाहेक, सुखी वैवाहिक जीवन र घनिष्ठ व्यक्‍तिगत सम्बन्धहरू पनि सुखी जीवनका पक्षहरू हुन्‌ अनि यी पक्षहरूले स्वास्थ्यलाई राम्रो बनाउनुका साथै आयु पनि लम्ब्याउँछन्‌।

साइन्टिफिक अमेरिकन-ले बताएको अर्को एउटा कुरा पनि चाखलाग्दो छ: “धर्म परायण मानिसहरू बढी आनन्दित भएको रिपोर्ट गर्छन्‌। एउटा सर्वेक्षणअनुसार धर्ममा आस्था नराख्ने मानिसहरूभन्दा धर्ममा आस्था राख्ने मानिसहरू दुइ गुणा खुशी भएको पत्ता लाग्यो। सोह्र राष्ट्रको आयोजनामा १४ राष्ट्रका १,६६,००० मानिसहरूमा गरिएको सर्वेक्षणअनुसार मानिसहरू जति बढी धर्म परायण छन्‌ र उपासनाको थलोमा जति धेरै जान्छन्‌ जीवनमा त्यति नै धेरै आनन्दित हुन्छन्‌।”

धेरैअघि भजनरचयिता दाऊदले तिनको व्यक्‍तिगत आनन्द र यहोवा परमेश्‍वरको एकताबद्ध उपासनाबीचको सम्बन्ध प्रकाश पारेका थिए। “जब तिनीहरूले मलाई भने, ‘परमप्रभुको भवनमा जाऔं।’ तब म रमाएँ।”—भजन १२२:१.

अतः प्रेरित पावलले सँगी मसीहीहरूलाई यस्तो आग्रह गर्नु कुनै अनौठो कुरा होइन: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं।” (हिब्रू १०:२४, २५) निस्सन्देह, बाइबल सत्यलाई प्रेम गर्ने मानिसहरूसँगै परमेश्‍वरको उपासना गर्न भेला हुनु एउटा सुखद अवसर हो। यहोवाका लाखौं साक्षीहरूले यो साँचो भएको पाएका छन्‌ र तपाईंलाई पनि यसको अनुभव गर्न तिनीहरूको राज्यभवनमा आमन्त्रित गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने