प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 जुलाई पृ. ४-१४
  • खर्च कसरी कम गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खर्च कसरी कम गर्ने
  • ब्यूँझनुहोस्‌!—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • पैसाको सदुपयोग कसरी गर्ने?
    सुखी परिवार तर कसरी?
  • पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१५
  • पैसाको सदुपयोग
    ब्यूँझनुहोस्‌!—२०१९
  • के रुपैयाँ-पैसा सबै किसिमका खराबीको जरा हो?
    बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१४
g14 जुलाई पृ. ४-१४

परिवारका लागि | विवाह

खर्च कसरी कम गर्ने

चुनौती

तपाईं आफ्नो बैंकको खातामा कति पैसा बाँकी रहेछ भनेर हेर्नुहुन्छ। प्वाल परेको घैंटोमा पानी नअडिएझैं पैसा त धमाधम खर्च भइरहेको पो रहेछ! तपाईंको विवाह भएको केही समय मात्र भयो, खर्च भने बढेको बढ्यै छ। तपाईंको जीवनसाथीले गर्दा पो यसो भएको हो कि? आफ्नो जीवनसाथीलाई दोष लगाउन हतार नगर्नुहोस्‌! सँगै बसेर सोच्नुहोस्‌ र के कारणले गर्दा तपाईंहरू दुवै जनालाई यस्तो समस्या आइपऱ्‍यो भनेर विचार गर्नुहोस्‌।a

चुनौतीका कारण

नयाँ परिस्थिति। विवाह गर्नुअघि तपाईं आफ्नो परिवारसँगै बस्नुहुन्थ्यो होला। तर अब विवाहपछि सम्पूर्ण घरखर्च आफैले बेहोर्नुपर्दा तपाईंलाई नौलो लाग्न सक्छ। अथवा तपाईं र तपाईंको जीवनसाथीको पैसा चलाउने तरिका भिन्‍नाभिन्‍नै हुन सक्छ। जस्तै, एक जना पैसा खर्च गर्ने स्वभावको हुन सक्छन्‌ भने अर्को चाहिं पैसा जोगाउने स्वभावको। त्यसैले विवाहित जोडीलाई नयाँ परिस्थितिसित घुलमिल हुन र पैसा खर्च गर्ने सन्दर्भमा एकअर्कासित सहमत हुन समय लाग्छ।

आजको काम भोलि। जिम सफल व्यापारी हुन्‌। तर विवाह गरेको समयताका आफूले पनि खर्चमा राम्रोसँग तालमेल मिलाउन नसक्दा धेरै दुःख पाएको कुरा तिनी सम्झन्छन्‌। तिनी भन्छन्‌, “बिल तिर्न ढिला गरेकोले जरिमानास्वरूप हजारौं डलर तिर्नुपऱ्‍यो। हामीलाई साह्रै मर्का पऱ्‍यो!”

“नदेखिने पैसाको” पासो। तपाईं धेरैजसो क्रेडिट वा डेबिट कार्डबाट कारोबार गर्नुहुन्छ होला। इन्टरनेटमार्फत किनमेल गर्नुहुन्छ होला। त्यसो हुँदा आफ्नो पर्सबाट पैसा गएको देखिंदैन र मानिसहरू झन्‌ बढी खर्च गर्न पुग्छन्‌। सजिलै ऋण लिन पाउने सुविधा छ भने पनि नवविवाहित जोडीहरू धेरै खर्च गर्ने पासोमा पर्न सक्छन्‌।

कारण जेसुकै होस्‌, पैसाको समस्याले तपाईंको विवाहमा फाटो ल्याउन सक्छ। वैवाहिक समस्याहरूको समाधानसम्बन्धी एउटा किताब यसो भन्छ: “आफूसित जत्ति पैसा भए पनि पैसा नै समस्याको जड हो भनी प्रायः विवाहित जोडीहरू भन्‍ने गर्छन्‌। पैसा झगडाको बीउ हो।”

तपाईं के गर्न सक्नुहुन्छ?

मिलेर समस्याको समाधान गर्नुहोस्‌। एकअर्कालाई दोष दिनुको साटो दुवै जना मिलेर खर्च कसरी कम गर्न सकिन्छ भनेर छलफल गर्नुहोस्‌। छलफल गर्नुअघि तपाईंहरू दुवै जनाले पैसाको कारण आफ्नो वैवाहिक सम्बन्ध बिग्रन नदिने अठोट गर्नुहोस्‌।—बाइबल सिद्धान्त: एफिसी ४:३२.

बजेट छुट्याउनुहोस्‌। एक महिनाभित्र कुन-कुन कुरामा खर्च हुन्छ, लेख्नुहोस्‌। सानोभन्दा सानो खर्च पनि नछोड्‌नुहोस्‌। यसो गर्नुभयो भने पैसा कसरी खर्च भइरहेको छ अनि कुन कुरामा चाहिं फजुल खर्च भइरहेको छ भनेर थाह पाउन सक्नुहुन्छ। माथि उल्लेख गरिएका जिम यसो भन्छन्‌: “तपाईंले फजुल खर्च रोक्नैपर्छ।”

आवश्‍यक कुराहरूको सूची बनाउनुहोस्‌। जस्तै, खाना, लुगा, भाडा, ऋण, सवारी साधन वा यस्तै अरू खर्चहरू। प्रत्येक कुराको लागि महिनामा कति पैसा खर्च गर्नुपर्ला, विचार गर्दै लेख्नुहोस्‌।—बाइबल सिद्धान्त: लूका १४:२८.

“ऋण लिनेचाहिं ऋण दिनेको नोकर हुन्छ।”—हितोपदेश २२:७, NRV.

प्रत्येक महिना खाना, भाडा, ग्याँस, पेट्रोल जस्ता आवश्‍यक कुराहरूमा लाग्ने खर्च छुट्याउनुहोस्‌। कसै-कसैले त्यसरी रकम छुट्याएपछि खाममा राख्ने पनि गर्छन्‌। तिनीहरू प्रत्येक खर्चको लागि छुट्टाछुट्टै खाम बनाउँछन्‌।b एउटा खाममा भएको सबै रकम महिना मर्नुअघि नै खर्च भयो भने तिनीहरू या त त्यस कुरामा खर्च गर्न बन्द गर्छन्‌ या अर्को खामबाट पैसा झिकेर चलाउँछन्‌।

भौतिक कुरालाई तपाईं कत्तिको महत्त्व दिनुहुन्छ, विचार गर्नुहोस्‌। भर्खरै बजारमा आएको सरसामान आफूसित छ भन्दैमा हामी सुखी हुन्छौं भन्‍ने छैन। येशूले पनि यसो भन्‍नुभयो: “मानिस जति नै सम्पन्‍न भए तापनि त्यसले उसलाई जीवन दिंदैन।” (लूका १२:१५) तपाईं कसरी खर्च गर्नुहुन्छ, त्यसले तपाईं येशूका यी शब्दहरूमा विश्‍वास गर्नुहुन्छ कि हुन्‍न भनेर देखाउँछ।—बाइबल सिद्धान्त: १ तिमोथी ६:८.

छाँटकाँट गर्नुहोस्‌। विवाह गरेको दुई वर्ष भइसकेका अरुण यसो भन्छन्‌: “टिभीमा च्यानल जोड्‌ने वा बाहिर गएर खाना खाने जस्ता कुरामा त्यति खर्च हुँदैन जस्तो लाग्ला। तर यस्ता बानीहरूले पनि आर्थिक समस्या निम्त्याउन सक्छ। त्यसैले पैसाको जोहो गर्न हामीले मन परेका कुराहरूमा खर्च गर्न पनि नाइँ भन्‍न सिक्यौं।” (g14-E 06)

a यो लेख विशेषगरि नवविवाहित जोडीहरूका लागि भए तापनि यस लेखमा बताइएका सिद्धान्तहरू सबै विवाहित जोडीहरूलाई लागू हुन्छ।

b यदि तपाईं क्रेडिट कार्डबाट पैसा तिर्नुहुन्छ भने खाममा पैसाको साटो खर्चको रेकर्ड लेखेर राख्नुहोस्‌।

मूल शास्त्रपद

  • ‘एक-अर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा देखाओ। एक-अर्कालाई खुला मनले क्षमा गर।’—एफिसी ४:३२.

  • “तिमीहरूमध्ये को यस्तो होला, जसले धरहरा बनाउने विचार गरेपछि, त्यो बनाइसिद्धयाउने खर्च आफूसित छ कि छैन भनी बसेर पहिला हिसाब गर्दैन?”—लूका १४:२८.

  • “खान, लाउन र बस्न पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौं।”—१ तिमोथी ६:८.

मीका र मेगन

“विवाहित जोडीमध्ये एकजनाले मात्र घर खर्च सम्हाल्छन्‌ भने पनि खर्चको विषयमा दुवै जनालाई जानकारी हुनुपर्छ। कुराकानी गर्नु समस्या रोक्ने एउटा राम्रो तरिका हो।”

डेभिड र नेटेलीन

“पहिले नै योजना बनाउनुहोस्‌। बैंकमा भएको सबै पैसा खर्च गर्नको लागि होइन भनेर याद गर्नुहोस्‌। यदि तपाईंले पैसा साँचेर राख्नुभएन भने सवारीसाधन बनाउनुपर्ने जस्तो आकस्मिक अवस्था आइपर्दा आफूसित पैसा नै हुँदैन।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने