प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 सङ्‌ख्या १ पृ. ३
  • के तपाईँ तनावमा हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ तनावमा हुनुहुन्छ?
  • ब्यूँझनुहोस्‌!—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • असल तनाउ, खराब तनाउ
    ब्यूँझनुहोस्‌!—१९९८
  • तनाउ—“मन्द विष”
    ब्यूँझनुहोस्‌!—१९९८
  • तनाव भनेको के हो?
    ब्यूँझनुहोस्‌!—२०२०
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०२०
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 सङ्‌ख्या १ पृ. ३
काम गर्न ठाउँमा तनाव भएकोले एउटी स्त्री दुःखी हुँदै टाउको झुकाइरहेकी छिन्‌।

तनावबाट मुक्‍ति पाउनुहोस्‌

के तपाईँ तनावमा हुनुहुन्छ?

“सबै मानिसलाई तनाव हुन्छ। तर मलाई जत्तिको तनाव यो संसारमा कसैलाई पनि भएको छैन होला। मेरो तनाव कुनै एउटा ठूलो समस्याले गर्दा मात्र भएको त होइन। मेरो जीवनमा थुप्रै ठूलठूला चुनौती छन्‌। मैले दुःखमाथि दुःख भोग्नुपरेको छ। शारीरिक र मानसिक रूपमा बिरामी श्रीमान्‌को वर्षौँदेखि हेरचाह गर्दै आएकोले मेरो तनाव झन्‌ बढेको छ।”—रिता।a

“मेरी श्रीमती घर छोडेर गइन्‌, जसले गर्दा दुई जना बच्चालाई म एक्लैले हुर्काउनुपऱ्‍यो। एक्लो आमा वा बुबा हुनु सजिलो छैन। झन्‌ त्यसमाथि मेरो जागिर खोसियो। मसित गाडी मर्मत गर्ने पैसासमेत थिएन। मलाई धेरै तनाव भयो। मेरो मनमा आत्महत्या गर्ने विचारसमेत आयो तर आत्महत्या गर्नु गलत हो भनेर मलाई थाह थियो। त्यसैले मैले ईश्‍वरलाई व्यग्र प्रार्थना गरेर मेरो पीडा अन्त गरिदिन बिन्ती गरेँ।”—जोन।

के तपाईँले पनि रिता र जोनले जस्तै तनाव महसुस गर्नुभएको छ? यदि छ भने, यसपछिका लेखहरूबाट तपाईँले सान्त्वना र मदत पाउनुहुनेछ। ती लेखहरूले तनाव हुनुका कारणहरू र त्यसबाट हुने असरबारे बताउनुका साथै केही हदसम्म भए पनि तनावबाट कसरी मुक्‍ति पाउन सक्छौँ, त्यसबारे पनि सिकाउँछ।

a नामहरू परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने