प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g21 No. १ pp. ८-९
  • सन्तुष्ट हुने तरिकाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सन्तुष्ट हुने तरिकाहरू
  • ब्यूँझनुहोस्‌!—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • लगनशील भई काम गर्नुहोस्‌
  • इमानदार हुनुहोस्‌
  • पैसाप्रति सन्तुलित दृष्टिकोण राख्नुहोस्‌
  • उत्कृष्ट शिक्षा रोज्नुहोस्‌
  • पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१५
  • के रुपैयाँ-पैसा सबै किसिमका खराबीको जरा हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • पैसाप्रति कस्तो दृष्टिकोण राख्नु बुद्धिमानी हो?
    ब्यूँझनुहोस्‌!—२००७
  • पैसाको सदुपयोग कसरी गर्ने?
    सुखी परिवार तर कसरी?
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२१
g21 No. १ pp. ८-९
एउटी आमा र छोरा भारतको एउटा व्यस्त व्यापारिक इलाकामा आफूसित भएको कुरामा सन्तुष्ट भएर हिँडिरहेका छन्‌। तर उनीहरूको वरपर भने मानिसहरूको ध्यान महँगा-महँगा सरसामानमै केन्द्रित छ।

सन्तुष्ट हुने तरिकाहरू

चाहे अविवाहित होऔँ वा विवाहित, जवान होऔँ वा वृद्ध, हामी सबै जना आनन्दित र सन्तुष्ट हुन चाहन्छौँ। हाम्रो सृष्टिकर्ता पनि हामीले त्यस्तै महसुस गरेको चाहनुहुन्छ। त्यसैले उहाँले हामीलाई यस विषयमा उत्कृष्ट सल्लाह दिनुभएको छ।

लगनशील भई काम गर्नुहोस्‌

“उसले परिश्रम गरोस्‌ र आफ्नै हातले असल काम गरोस्‌ ताकि खाँचोमा परेको मानिसलाई दिन ऊसित केही होस्‌।”—एफिसी ४:२८.

सृष्टिकर्ता हामीलाई कामप्रति सकारात्मक दृष्टिकोण राख्न प्रोत्साहन दिनुहुन्छ। किन? परिश्रमी मानिस आनन्दित हुन्छन्‌ किनभने तिनले आफू र आफ्नो परिवारको भौतिक आवश्‍यकता पूरा गर्न सक्छन्‌। तिनी खाँचोमा परेको मानिसलाई समेत मदत दिन सक्ने अवस्थामा हुन सक्छन्‌। तिनलाई काम दिने व्यक्‍तिले पनि तिनको मोल गर्नेछन्‌। त्यसैले असल कामदारले आफ्नो जागिर गुमाउने सम्भावना कम हुन्छ। पवित्र-शास्त्रमा मेहनतको फललाई “परमेश्‍वरको वरदान” भनिएको छ।—उपदेशक ३:१३.

इमानदार हुनुहोस्‌

“हामीसित सफा अन्तस्करण छ भनेर हामी विश्‍वस्त छौँ किनकि हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौँ।”—हिब्रू १३:१८.

हामी इमानदार छौँ भने आत्म-सम्मान कायम राख्न सक्नेछौँ, मनोशान्ति पाउनेछौँ र राम्ररी निदाउन पनि सक्नेछौँ। यसबाहेक अरूले हामीमाथि भरोसा गर्नेछन्‌ र हाम्रो आदर गर्नेछन्‌। बेइमान मानिसहरूले आफूलाई यस्ता असल कुराहरूबाट वञ्चित गराइरहेका हुन्छन्‌। साथै तिनीहरूलाई आफ्नो अन्तस्करणले घोच्न सक्छ अनि आफ्नो बेइमानी अरूले थाह पाउलान्‌ भन्‍ने डर पनि हुन्छ।

पैसाप्रति सन्तुलित दृष्टिकोण राख्नुहोस्‌

“तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्‍त होस्‌, अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ।”—हिब्रू १३:५.

हामीलाई खानेकुरा र अन्य आधारभूत आवश्‍यकता-हरूको लागि पैसा चाहिन्छ। तर ‘पैसालाई प्रेम’ गर्नु एकदमै खतरनाक हुन सक्छ। पैसालाई प्रेम गर्ने मानिसले आफ्नो प्रायजसो समय र शक्‍ति अझ धेरै पैसा कमाउनमै लगाउन सक्छ। पैसा कमाउनमै तल्लीन हुने व्यक्‍तिको वैवाहिक सम्बन्धमा नराम्रो असर पर्नुका साथै तिनले आफ्नो छोराछोरीलाई समय पनि दिन सक्दैनन्‌। यसले तिनको स्वास्थ्यमा पनि नराम्रो असर पार्न सक्छ। (१ तिमोथि ६:९, १०) साथै पैसालाई प्रेम गर्ने मानिस बेइमान काम गर्ने प्रलोभनमा पनि पर्न सक्छ। एक बुद्धिमान्‌ मानिसले यसो भने: “वफादार मानिसले प्रशस्त आशिष्‌ पाउँछ तर रातारात धनी बन्‍न खोज्ने मानिस निर्दोष रहिरहन सक्दैन।”—हितोपदेश २८:२०.

उत्कृष्ट शिक्षा रोज्नुहोस्‌

“बुद्धि र सोच्ने क्षमता जोगाइराख।”—हितोपदेश ३:२१.

राम्रो शिक्षाले हामीलाई जिम्मेवार वयस्क र असल आमाबुबा बन्‍न मदत गर्छ। तर यस्तो शिक्षाले मात्र हामी सधैँभरि आनन्दित र खुसी हुन सक्दैनौँ। जीवनको हरेक पक्षमा साँच्चै सफल हुन ईश्‍वरले दिनुहुने शिक्षा चाहिन्छ। ईश्‍वरको कुरा सुन्‍ने व्यक्‍तिबारे पवित्र-शास्त्रमा यस्तो भनिएको छ: “उसले जे गर्छ, त्यसमा ऊ सफल हुन्छ।”—भजन १:१-३.

म सन्तुष्ट र खुसी हुन सकेको छु

“म बस्ने समाजमा मानिसहरू उच्च शिक्षा हासिल गर्न अनि पैसा र नाम कमाउन निकै दौडधूप गर्छन्‌। तर यी सबै कुरा हासिल गरे तापनि तिनीहरू साँच्चै आनन्दित हुन सकेका छैनन्‌। बाइबलले मलाई जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर बुझ्न मदत गऱ्‍यो। पैसाले हामीलाई केही हदसम्म सुरक्षा दिए तापनि यसबाट आनन्द र साँचो प्रेम किन्‍न सकिँदैन भनेर सिकेँ। बाइबलले मलाई पैसा र कामसम्बन्धी बुद्धिमानी निर्णय गर्न मदत गरेको छ। त्यसैले म सन्तुष्ट र खुसी हुन सकेको छु।”—किशोर।

किशोर।

थप जानकारी पाउनुहोस्‌:

सृष्टिकर्ताले रोजगार, पैसा र शिक्षासम्बन्धी दिनुहुने व्यावहारिक सल्लाहको लागि jw.org/ne जानुहोस्‌ र बाइबलको शिक्षा > शान्ति र आनन्द अन्तर्गत हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने