प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ३६ p. ८८-p. ८९ par. १
  • यिप्तहको भाकल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यिप्तहको भाकल
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • यिप्तहको भाकल
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • आफ्नो बुबा र यहोवालाई खुसी बनाउने केटी
    छोराछोरीलाई सिकाउनुहोस्‌
  • परमेश्‍वरप्रति वफादार रहँदा उहाँको अनुमोदन पाइन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • यिप्तह एक आध्यात्मिक व्यक्‍ति थिए
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ३६ p. ८८-p. ८९ par. १
यिप्तहकी छोरी तिनलाई भेट्‌न आउँदा तिनी आफ्नो लुगा च्यात्छन्‌

पाठ ३६

यिप्तहको भाकल

इस्राएलीहरूले फेरि यहोवा परमेश्‍वरलाई त्यागे र झूटा देवताहरूलाई पुज्न थाले। अम्मोनीहरूले इस्राएलीहरूमाथि आक्रमण गर्दा ती देवताहरूले तिनीहरूलाई मदत गर्न सकेनन्‌। धेरै वर्षसम्म इस्राएलीहरूले अत्याचार सहे। अन्तमा तिनीहरूले यहोवा परमेश्‍वरलाई भने: ‘हामीले पाप गरेका छौँ। बिन्ती छ, हामीलाई शत्रुहरूबाट बचाउनुहोस्‌।’ तिनीहरूले आफूसँग भएका मूर्तिहरू नष्ट गरे र फेरि यहोवा परमेश्‍वरको उपासना गर्न थाले। उहाँले इस्राएलीहरूको दुःख हेरिरहन सक्नुभएन।

अम्मोनीहरूसितको लडाइँमा नेतृत्व लिन यिप्तह भन्‍ने योद्धालाई छानियो। उनले यहोवा परमेश्‍वरलाई भने: ‘यदि तपाईँले हामीलाई यो युद्ध जित्न मदत गर्नुभयो भने मलाई भेट्‌न मेरो घरको ढोकाबाट जो सुरुमा निस्कन्छ, ऊ तपाईँलाई अर्पण गर्ने भाकल गर्छु।’ परमेश्‍वरले यिप्तहको प्रार्थना सुन्‍नुभयो र तिनले युद्ध जिते।

यिप्तह घर फर्कँदा तिनलाई भेट्‌न घरबाट निस्कने पहिलो व्यक्‍ति तिनकी एक मात्र छोरी थिइन्‌। उनी नाच्दै र खैँजडी बजाउँदै आइन्‌। यिप्तहले के गरे? तिनले आफ्नो भाकल सम्झे र भने: ‘हाय! मेरी छोरी! तिमीले मेरो मनै भाँचिदियौ। मैले यहोवालाई भाकल गरिसकेँ। यो भाकल पूरा गर्न मैले तिमीलाई वासस्थानमा सेवा गर्न सिलो पठाउनुपर्छ।’ तर तिनकी छोरीले भनिन्‌: ‘बुबा, तपाईँले यहोवालाई भाकल गरिसक्नुभएको छ भने त्यो पूरा गर्नुहोस्‌। तर कृपया मलाई दुई महिनाको लागि साथीहरूसित पहाडतिर जान दिनुहोस्‌। त्यसपछि म सिलो जानेछु।’ यिप्तहकी छोरीले बाँकी जीवन वफादार भएर वासस्थानमा सेवा गरिन्‌। वर्षेनी उनका साथीहरू उनलाई भेट्‌न सिलो जान्थे।

यिप्तहकी छोरीका साथीहरू उनलाई भेट्‌न वासस्थानमा आउँछन्‌

“जसले आफ्नो छोरा अथवा छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुँदैन।”—मत्ति १०:३७

प्रश्‍नहरू: यिप्तहले कस्तो भाकल गरे? यिप्तहकी छोरीले उनको बुबाको भाकल सुनेपछि के गरिन्‌?

न्यायकर्ता १०:६–११:११; ११:२९-४०; १ समुएल १२:१०, ११

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने