भाग १३ को परिचय
येसु त्रुटिपूर्ण मानिसहरूको लागि आफ्नो जीवन दिन पृथ्वीमा आउनुभयो। उहाँ मर्नुभयो तर उहाँले संसारलाई जित्नुभयो। यहोवा परमेश्वरले आफ्नो छोराले गरेको काम बिर्सनुभएन र उहाँलाई फेरि जीवित पार्नुभयो। आफ्नो मृत्युसम्मै येसुले नम्र भई अरूको सेवा गर्नुभयो र उनीहरूले गल्ती गर्दा क्षमा दिनुभयो। फेरि जीवित हुनुभएपछि येसु चेलाहरूकहाँ देखा पर्नुभयो। तिनीहरूलाई दिइएको महत्त्वपूर्ण काम कसरी पूरा गर्ने भनेर उहाँले सिकाउनुभयो। तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीलाई आज हामी पनि त्यही काममा भाग लिँदै छौँ भनेर बुझाउनुहोस्।