बुँदा ४
शास्त्रपदको प्रभावकारी परिचय
मत्ति २२:४१-४५
सारांश: शास्त्रपद पढ्नुअघि श्रोताको मन तयार पार्नुहोस्।
कसरी गर्न सकिन्छ?
कुनै शास्त्रपद पढ्नुको कारण विचार गर्नुहोस्। शास्त्रपदबाट तपाईँले बुझाउन खोज्नुभएको मुख्य कुरातर्फ श्रोताको ध्यान खिच्नेगरि त्यस शास्त्रपदको परिचय दिनुहोस्।
बाइबललाई मुख्य आधार बनाउनुहोस्। परमेश्वरमा विश्वास गर्ने मानिसहरूसित कुराकानी गर्दै हुनुहुन्छ भने बाइबल परमेश्वरको वचन हो भन्ने कुरातर्फ ध्यान खिच्नुहोस्। यसो गर्दा तपाईँ परमेश्वरकै विचार सिकाउँदै हुनुहुन्छ भन्ने देखिन्छ।
शास्त्रपदप्रति चासो जगाउनुहोस्। यस्तो प्रश्न सोध्नुहोस्, जसको जवाफ बाइबलले दिन्छ; यस्तो समस्याबारे बताउनुहोस्, जसको समाधान बाइबलमा पाइन्छ वा यस्तो तथ्य उल्लेख गर्नुहोस्, जसबारे बुझ्न बाइबल विवरणले मदत गर्छ।