प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 ७/१ pp. ५-७
  • यहोवा साँचो र जीवित परमेश्‍वर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा साँचो र जीवित परमेश्‍वर
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उहाँको नाउँ र प्रसिद्धी
  • यहोवा र उहाँका गुणहरू
  • स्वर्गमा हुनुहुने अतुलनीय राजा
  • यहोवा साँचो र जीवित परमेश्‍वर हुनुहुन्छ
  • साँचो परमेश्‍वर को हुनुहुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • परमेश्‍वरको नाम छ
    महान्‌ शिक्षकबाट सिकौं
  • यहोवा को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 ७/१ pp. ५-७

यहोवा साँचो र जीवित परमेश्‍वर

“यहोवा को हो?” भनेर मिश्रका फिरऊनले घमण्ड र अनादरकासाथ सोधेका थिए। (प्रस्थान ५:२) अघिल्लो लेखमा हामीले देख्यौं कि त्यसप्रकारको मनोवृत्तिले गर्दा मिश्रीहरूमाथि विपत्तिहरू र मृत्यु आउनुको साथै फिरऊन र उनका सैन्य शक्‍तिहरूको अन्त्य पानीबाट भयो।

पुरातन मिश्रमा यहोवा परमेश्‍वरले झूटा देवताहरूमाथि आफ्नो श्रेष्ठता प्रमाणित गर्नुभयो। तर उहाँबारे सिक्नु पर्ने कुराहरू थुप्रै छन्‌। उहाँको व्यक्‍तित्वका केही पक्षहरू के के हुन्‌? र उहाँ हामीबाट के चाहनुहुन्छ?

उहाँको नाउँ र प्रसिद्धी

मोशाले मिश्रको फिरऊनसित माग गर्दा ‘प्रभुले फलानो फलानो कुरा भन्‍नुभयो’ भनेर उनले भनेनन्‌। फिरऊन र अरू मिश्रीहरू थुप्रै झूटा देवताहरूलाई प्रभुहरु ठान्थे। त्यसकारण मोशाले ईश्‍वरीय नाउँ यहोवा प्रयोग गरे। मिद्यानमा जलिरहेको पोथ्राको सामु हुँदा मोशा आफैले यो नाउँ माथिबाटै उच्चारण गरेको सुनेका थिए। प्रेरित वचनमा विवरण यसप्रकार दिइएको छ:

“तब, परमप्रभुले मोशालाई भन्‍नुभयो, ‘म परमप्रभु [यहोवा न्यु व०] हुँ . . . मिश्रीहरूले दासत्वमा राखेका इस्राएलीहरूको सुस्केरा मैले सुनेको छु। मलाई मेरो करारको सम्झना भएको छ। यसकारण इस्राएलीहरूलाई भन्‌, “म परमप्रभु [यहोवा न्यु व०] हुँ। म तिमीहरूलाई मिश्रीहरूका बोझमनिबाट निकाल्नेछु, र तिनीहरूका दासत्वबाट छुटकारा दिनेछु। आफ्नो हात उठाएर औ तिनीहरूलाई भारी दण्ड दिएर म तिमीहरूलाई उद्धार गर्नेछु। म तिमीहरूलाई त्यो देशमा [कनानमा] ल्याउनेछु जो [तिमीहरूका पुर्खाहरू] अब्राहाम, इसहाक र याकूबलाई दिने मैले प्रतिज्ञा गरेको थिएँ, र म त्यो तिमीहरूका अधिकारमा दिनेछु। म परमप्रभु [यहोवा न्यु व०] हुँ।”’”—प्रस्थान ६:१-८.

यहोवाले त्यस्तै गर्नुभयो। उहाँले इस्राएलीहरूलाई मिश्रीहरूको दासत्वबाट छुटाउनुभयो र कनानको देशमा बसोबास गर्न मदत गर्नुभयो। प्रतिज्ञा गर्नुभएअनुसार परमेश्‍वरले यी सबै कुराहरू हुन दिनुभयो। कस्तो सुहाउँदो नाउँ! यहोवा नाउँको अर्थ, “उहाँले हुन दिनुहुन्छ” हो। बाइबलमा यहोवालाई “परमेश्‍वर,” “सार्वभौमसत्ता प्रभु,” “सृष्टिकर्त्ता,” “पिता,” “सर्वशक्‍तिमान,” र “सर्वोच्च” जस्ता पदहरूले सम्बोधन गरिएको छ। यद्यपि क्रमशः आफ्नो महान उद्देश्‍यहरूलाई पूरा गर्नुहुने भएकोले उहाँ एकमात्र साँचो परमेश्‍वरको नाउँ यहोवाले चिनिनुहुन्छ।—यशैया ४२:८.

यदि हामीले सुरुको मूल भाषाहरूमा बाइबल पढ्‌ने हो भने परमेश्‍वरको नाउँ हजारौं पटक उल्लेख भएको पाउनेछौं। हिब्रू भाषामा यो नाउँ चारवटा व्यञ्जनहरू यड ही व ही (יהוה) ले प्रतिनिधित्व गर्दछ। यसलाई टेट्राग्रमाटन भनिन्छ र दाहिनेबाट देब्रेतिर पढिन्छ। हिब्रू भाषा बोल्नेहरू आफैले यी व्यञ्जनहरूको बीचमा स्वरहरू हाल्थे तर ती स्वरहरू वास्तवमा के थिए भनेर आज मानिसहरूलाई निश्‍चित रूपमा थाहा छैन। कसै कसैलाई याहवे भन्‍ने हिज्जे ठिक लागे तापनि यहोवा (अङ्‌ग्रेजीमा जेहोभा) भन्‍नु नै प्रचलित छ र यसले हाम्रो सृष्टिकर्त्तालाई राम्ररी चिनाउँछ।

यहोवा नाउँको प्रयोगले भजनसंग्रह ११०:१-मा भनिएको “मेरा प्रभु”-लाई परमेश्‍वरबाट अलग्गै चिनाउँछ। एउटा अनुवादले यसो भन्छ: “परमप्रभुले [LORD हिब्रूमा יהוה] मेरा प्रभुलाई [Lord] भन्‍नुभयो, तिमी मेरो दाहिने हाततर्फ बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउन्‍नँ।” (किङ्‌ग जेम्स्‌ भर्सन) हिब्रू पदमा भएको परमेश्‍वरको नाउँलाई मानि लिंदै न्यु वर्ल्ड ट्रान्सलेशन-मा यसप्रकार लेखिएको छ: “यहोवाले मेरा प्रभुलाई भन्‍नुभयो, ‘तिमी मेरो दाहिने हाततर्फ बस जबसम्म म तिम्रा शत्रुहरुलाई तिम्रो पाउदान तुल्याउन्‍नँ।’” यहोवा परमेश्‍वरका यी शब्दहरूले भविष्यसूचक रूपमा येशू ख्रीष्टलाई सङ्‌केत गर्दछ जसलाई लेखकले “मेरा प्रभु” भने।

फिरऊनको समयमा यहोवाले आफ्नो नाउँ उच्च पार्नुभयो। कठोर हृदय भएका शासकलाई मोशाद्वारा परमेश्‍वरले यसो भन्‍नुभयो: “यसपल्ट तेरो हृदय खलबलिने गरी तेरा भारादारहरू र प्रजाहरूमाथि पनि मेरा सबै विपत्ति पठाउनेछु। अनि सारा पृथ्वीमा मजस्तो कोही रहेनछ भनी तैंले थाह पाऊलास्‌। किनकि यदि मैले आफ्नो हात पसारेर तँलाई र तेरा प्रजालाई रूढीले मारेको भएदेखि ता तेरो नाउँ निशानै पृथ्वीबाट मेटिनेथियो। तर मेरो शक्‍ति प्रकट गर्ने अभिप्रायलेनै मैले तँलाई जीवित राखेको छु, र यसरी सारा संसारमा मेरो नाउँको घोषणा होस्‌।”—प्रस्थान ९:१४-१६.

मिश्रबाट इस्राएलीहरूको प्रस्थान र कनानका केही राजाहरूलाई पदच्युत गरेको सम्बन्धमा यरीहोमा बस्ने राहाबले दुई जना जासूसहरूलाई भनिन्‌: “मलाई थाहा छ यो देश परमप्रभुले [यहोवा न्यु व०] तपाईंहरूलाई दिनुभएको छ, र हामीहरूको बीच तपाईंहरूको आतंक फैलिएको छ औ यहाँका बासिन्दाहरूका मन तपाईंहरूको भयले काम्न थालेको छ। किनकि तपाईंहरू मिश्र देशबाट निस्केर आउनुहँदा तपाईंहरूका सामने परमेश्‍वरले लाल समुद्रको पानी सुकाइदिनुभएको र यर्दन पारिका एमोरीहरूका दुवै राजा, सीहोन र ओगलाई तपाईंहरूले नाश गर्नुभएको पनि हामीहरूले सुनेका छौं। यो सुन्‍ने बित्तिकै हामी भयाकूल बन्यौं र तपाईंहरूका कारणले हामीहरू कसैमा आँटै रहेन किनकि परमप्रभु [यहोवा न्यु व०] तपाईंहरूका परमेश्‍वरनै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ।” (यहोशू २:९-११) हो, यहोवाको प्रसिद्धी फैलिसकेको थियो!

यहोवा र उहाँका गुणहरू

भजनहारले आफ्नो हृदयस्पर्शी इच्छा यसप्रकार जाहेर गरे: “तिनीहरूले जानून्‌, कि तपाईं जसको नाउँ परमप्रभु [यहोवा न्यु व०] हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” (भजनसंग्रह ८३:१८) यहोवाको सार्वभौमिकता विश्‍वव्यापी हुनाकारण येशूका चेलाहरू, जसले सतावट भोगेका थिए, उनीहरूले यसरी प्रार्थना गर्न सके: “हे प्रभु, जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो।” (प्रेरित ४:२४) यहोवाले “प्रार्थना सुन्‍नुहुन्छ” भनेर थाहा पाउनु कस्तो सान्त्वनादायी कुरा हो!—भजनसंग्रह ६५:२.

यहोवाको प्रमुख गुण प्रेम हो। वास्तवमा, “परमेश्‍वर प्रेम हुनुहुन्छ”—उहाँ यस गुणको साक्षात्‌ रूप हुनुहुन्छ। (१ यूहन्‍ना ४:८) यस बाहेक, “बुद्धि र पराक्रम उहाँकै हुन्‌।” यहोवा सर्व-ज्ञानी, सर्वशक्‍तिमान हुनुहुन्छ तर आफ्नो शक्‍तिको कहिल्यै दुरुपयोग गर्नुहुन्‍न। (अय्यूब १२:१३; ३७:२३) यहोवाले हामीसित सदैव न्यायोचित व्यवहार गर्नुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौं किनभने “धार्मिकता र इन्साफ उहाँको सिंहासनका जग हुन्‌।” (भजनसंग्रह ९७:२) हामीले गल्ती गरे तापनि पश्‍चातापी छौं भने यहोवा “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ” भन्‍ने कुरा थाहा पाउनाले ढाडस पाउन सक्छौं। (प्रस्थान ३४:६) निःसन्देह हामी यहोवाको सेवा गर्दा आनन्द प्राप्त गर्न सक्छौं!—भजनसंग्रह १००:१-५.

स्वर्गमा हुनुहुने अतुलनीय राजा

यहोवाको पुत्र, येशू ख्रीष्टले भन्‍नुभयो: “परमेश्‍वर आत्मा हुनुहुन्छ।” (यूहन्‍ना ४:२४) यसर्थ, यहोवालाई मानव आँखाले देख्न सक्दैन। यहोवाले मोशालाई भन्‍नुभयो: “तैंले मेरो अनुहार हेर्नसक्‍तैनस्‌, किनकि मेरो अनुहार हेरेर मानिस जीवित रहनसक्‍तैन।” (प्रस्थान ३३:२०) स्वर्गमा हुनुहुने राजा यति तेजश्‍वी हुनुहुन्छ कि मानिसहरूले उहाँलाई हेरेर जीवित रहनै सक्दैन।

यहोवा हाम्रो निम्ति अदृश्‍य हुनु भए तापनि उहाँ नै सर्वशक्‍तिमान परमेश्‍वर हुनुहुन्छ भनेर प्रमाण दिने थुप्रै कुराहरू छन्‌। निश्‍चय नै, “उहाँको अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, संसारको सृष्टिदखिनै बनिएका कुराबाट थाहा पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्‌गै देखिने भएको छ।” (रोमी १:२०) घाँस, रूखहरू, फलहरू, हरियो सागपात र फूलहरूले भरिएको पृथ्वीले यहोवाको ईश्‍वरत्वको पुष्टि दिन्छ। मूल्यहीन मूर्तिका देवताहरू जस्तो नभई यहोवाले वर्षा र फलदायी मौसमहरू दिनुहुन्छ। (प्रेरित १४:१६, १७) राती आकाशमा ताराहरू हेर्नुहोस्‌। तिनीहरूले यहोवाको ईश्‍वरत्व र सङ्‌गठनात्मक क्षमताको कस्तो महान प्रमाण दिन्छन्‌!

यहोवाले स्वर्गमा भएका पवित्र, बुद्धिमान आत्मिक प्राणीहरूलाई पनि सङ्‌गठित गर्नुभएको छ। भजनहारले भनेजस्तै एउटा मिलनसार सङ्‌गठनको रूपमा तिनीहरूले परमेश्‍वरको इच्छा पूरा गर्छन्‌: “हे परमप्रभुका [यहोवा न्यु व०] दूत हो, हे शक्‍तिमान वीर हो, जसले उहाँको वचन शिरोपर गर्दछ, उहाँकै वचनको शब्द सुन्दै उहाँलाई धन्यको भन। हे परमप्रभुका [यहोवा न्यु व०] सारा सेना हो, हे उहाँका सेवक हो, जो उहाँको इच्छाबमोजिम गर्दछौ, परमप्रभुलाई [यहोवा न्यु व०] धन्यको भन।” (भजनसंग्रह १०३:२०, २१) पृथ्वीमा भएका आफ्ना मानिसहरूलाई पनि यहोवाले सङ्‌गठित गर्नुभएको छ। इस्राएली राष्ट्र र परमेश्‍वरको पुत्रका सुरुका चेलाहरू पनि सुसङ्‌गठित थिए। त्यसरी नै आजपनि परमेश्‍वरको राज्य नजिकै छ भनेर सुसमाचार घोषणा गरिरहेका जोशिला साक्षीहरूको विश्‍वव्यापी सङ्‌गठन छ।—मत्ती २४:१४.

यहोवा साँचो र जीवित परमेश्‍वर हुनुहुन्छ

यहोवाको ईश्‍वरत्व थुप्रै ढङ्‌गमा प्रदर्शित भइसकेको छ! उहाँले मिश्रका झूटा देवताहरूलाई लज्जित पार्नुभयो र इस्राएलीहरूलाई सुरक्षापूर्वक प्रतिज्ञा गरिएको देशमा ल्याउनुभयो। सृष्टिले पनि यहोवाको ईश्‍वरत्वको प्रशस्त प्रमाण दिन्छ। उहाँ र झूटो धर्मको मूल्यहीन मूर्तिका देवताहरूको बीचमा कुनै तुलना नै गर्न सकिंदैन।

जीवित परमेश्‍वर, यहोवा र मानिसहरूले बनाएका निर्जीव मूर्तिहरु बीचको ठूलो भिन्‍नता अगमवक्‍ता यर्मियाले देखाए। त्यो भिन्‍नता यर्मिया १० अध्यायमा स्पष्टसित प्रस्तुत गरिएको छ। अरू थुप्रै कुराहरूको साथै उनले यसो पनि लेखे: “परमप्रभु [यहोवा न्यु व०] ता साँचो परमेश्‍वर हुनुहुन्छ, उहाँ जीवित परमेश्‍वर र अनन्तका महाराजा हुनुहुन्छ।” (यर्मिया १०:१०) जीवित र साँचो परमेश्‍वर यहोवाले सबै थोक सृष्टि गर्नुभयो। मिश्रीहरूको दासत्वमा दबिएका इस्राएलीहरूलाई उहाँले छुटाउनुभयो। उहाँको लागि कुनै कुरा पनि असम्भव छैन।

“अनन्तका राजा,” यहोवाले यस प्रार्थनाको उत्तर दिनुहुनेछ: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌। तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (१ तिमोथी १:१७; मत्ती ६:९, १०) येशूको हातमा भएको स्वर्गीय मसीही राज्यले चाँडै नै दुष्टहरूको विरुद्धमा कारवाही गर्नेछ र यहोवाका सबै शत्रुहरूलाई नाश गर्नेछ। (दानियल ७:१३, १४) त्यसै राज्यले आज्ञाकारी मानवजातिको निम्ति एउटा नयाँ संसारमा अनन्तकालीन आशिषहरू ल्याउनेछ।—२ पत्रुस ३:१३.

यहोवा र उहाँका उद्देश्‍यहरूबारे सिक्नु पर्ने कुराहरू थुप्रै छन्‌। त्यस्तो ज्ञान प्राप्त गर्ने र सोहीअनुसार काम गर्ने लक्ष्य तपाईं किन बनाउनु हुन्‍न? यदि तपाईंले यसो गर्नुभयो भने राज्य शासनको अधीनमा पार्थिव प्रमोदवनमा अनन्त जीवनको आनन्द उठाउन पाउनु हुनेछ। तपाईं त्यस्तो अवस्थामा बाँच्नुहुनेछ जहाँ दुःख, पीडा र मृत्यु पनि बितिसकेका हुनेछन्‌ र यहोवाको ज्ञानले सारा पृथ्वी भरिएको हुनेछ। (यशैया ११:९; प्रकाश २१:१-४) यदि तपाईंले “यहोवा को हुनुहुन्छ?” भन्‍ने प्रश्‍नको बाइबलमा आधारित उत्तर खोज्नुहुन्छ, त्यसको जवाफ भेट्टाउनुहुन्छ र त्यही अनुसार आफ्नो जीवन बिताउनुहुन्छ भने तपाईंको भविष्य पनि त्यस्तै प्रकारको हुन सक्छ। (w93 7/15)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने