प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 ७/१ pp. ९-१४
  • मसीहीहरू र आजको मानव समाज

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मसीहीहरू र आजको मानव समाज
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आजका साँचो मसीहीहरू
  • अलग्गै तर वैरी होइनन्‌
  • शासक वर्गले गलत अर्थ लगाएका
  • “जताततै मानिसहरू यसको विरुद्ध मात्रै बोल्दछन्‌”
  • मसीहीहरू हुन्‌, त्रिएकवादीहरू होइनन्‌
  • सबै गिर्जाहरू एक हुने सिद्धान्तमा भाग लिंदैनन्‌
  • तिनीहरू सत्यमा हिंडिरहन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • तिनीहरूको विश्‍वासको खातिर घृणित
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • “तिनीहरू पनि संसारका होइनन्‌”
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • “तिनीहरू संसारका होइनन्‌”
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 ७/१ pp. ९-१४

मसीहीहरू र आजको मानव समाज

“मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ।”—मत्ती २४:९.

१. मसीही धर्मलाई अलग्गै चिनाउने चिह्न के हुनु पर्नेथियो?

सुरु-सुरुका मसीहीहरूको एउटा विशेषता नै संसारबाट अलग्गै रहनु थियो। स्वर्गमा हुनुहुने आफ्नो पिता, यहोवालाई प्रार्थना गर्दा ख्रीष्टले आफ्ना चेलाहरूबारे यसो भन्‍नुभयो: “मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गर्‌यो, किनकि तिनीहरू संसारका होइनन्‌, जस्तो म संसारको होइनँ।” (यूहन्‍ना १७:१४) पोन्तियस पिलातसको सामु बोलाईंदा येशूले यसो भन्‍नुभयो: “मेरो राज्य यस संसारको होइन।” (यूहन्‍ना १८:३६) प्रारम्भिक मसीही धर्म संसारबाट अलग्गै रहन्थ्यो भन्‍ने कुरालाई मसीही युनानी शास्त्र र इतिहासकारहरूले समर्थन गरेको छ।

२. (क) समय बित्दै जाँदा येशूका चेलाहरू र संसार बीचको सम्बन्धमा के कुनै परिवर्तन आउने थियो? (ख) के येशूको राज्य सारा राष्ट्रहरूले धर्म परिवर्तन गरेपछि मात्र आउनेथियो?

२ के येशूले उहाँका चेलाहरू र संसार बीचको सम्बन्धमा परिवर्तन आउनेछ र सम्पूर्ण संसारले धर्म परिवर्तन गरेर मसीही धर्म अपनाए पछि मात्रै उहाँको राज्य आउनेछ भन्‍नुभयो र? भन्‍नुभएन। येशूको मरण पछि उहाँका चेलाहरूले प्रेरित भएर जे जति कुराहरू लेखे त्यसमा त्यस्तो कुनै सङ्‌केतसम्म पाईंदैन। (याकूब ४:४ [सा० यु० ६२ भन्दा केही समय अघि लेखिएको]; १ यूहन्‍ना २:१५-१७; ५:१९ [सा० यु० ९८ तिर लेखिएको]) यसको विपरीत, बाइबलमा येशूको राज्य शक्‍तिमा “उपस्थिति” र त्यसपछि उहाँको “आगमन”-लाई “जगतको अन्त” अर्थात्‌ जगतको विनाशसङ्‌ग जोडिएको छ। (मत्ती २४:३, १४, २९, ३०; दानियल २:४४; ७:१३, १४) येशूले आफ्नो पारुसिया अर्थात्‌ उपस्थितिबारे चिह्न दिनुहुँदा आफ्नो साँचो चेलाहरूको विषयमा यसो भन्‍नुभयो: “तब तिनीहरूले तिमीहरूलाई घोर शासनाको लागि सुम्पिदिनेछन्‌, र तिमीहरूलाई मार्नेछन्‌, औ मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ।”—मत्ती २४:९.

आजका साँचो मसीहीहरू

३, ४. (क) सुरु-सुरुका मसीहीहरूको वर्णन एउटा क्याथोलिक इन्साइक्लोपीडियाले कसरी गर्छ? (ख) एउटा इन्साइक्लोपीडियाले यहोवाका साक्षीहरू र सुरु-सुरुका मसीहीहरूको समानान्तर विवरण कसरी दिन्छ?

३ मसीही सिद्धान्तहरूप्रति आफ्नो दृढ अडानका लागि र संसारबाट अलग्गै रहने विषयमा कुन धार्मिक समूह प्रसिद्ध छ? साथै कुन धार्मिक समूहका सदस्यहरू घृणा र सतावटका पात्र हुन गएका छन्‌? वास्तवमा सुरु-सुरुका मसीहीहरूको ऐतिहासिक विवरणसित सबै कुरामा मेल खाने विश्‍वव्यापी मसीही सङ्‌गठन आज कुन हो? यस सन्दर्भमा न्यु क्याथोलिक इन्साइक्लोपीडिया-मा (New Catholic Encyclopedia) यसप्रकार लेखिएको छ: “सुरु-सुरुका मसीही समुदायलाई पहिले त, यहूदी समाजमा एउटा अर्को सम्प्रदाय मात्र मानिन्थ्यो। तर यस सम्प्रदायको आफ्नो धर्म शिक्षाहरू र विशेषगरि यसका सदस्यहरूको जोश अतुलनीय साबित भयो। यसका सदस्यहरूले ‘सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म’ ख्रीष्टको निम्ति साक्षी दिने गर्थे। (प्रेरित १:८)”—खण्ड ३, पृष्ठ ६९४.

४ माथि प्रयोग गरिएका अभिव्यक्‍तिहरू “एउटा अर्को समुदाय मात्र मानिन्थ्यो,” “शिक्षाहरूमा . . . अतुलनीय,” “सदस्यहरूको जोश”-लाई याद गर्नुहोस्‌। र अब त्यही इन्साइक्लोपीडियाले यहोवाका साक्षीहरूबारे कसरी वर्णन गर्छ, ध्यान दिएर हेर्नुहोस्‌: “एउटा सम्प्रदाय अर्थात्‌ साक्षीहरू . . . यस संसारको अन्त केही वर्ष भित्रै आउँछ भनेर पूर्णतया विश्‍वस्त छन्‌। यही स्पष्ट विश्‍वास नै तिनीहरूको अथक जोशलाई उत्प्रेरित गर्ने शक्‍ति हो। . . . उहाँको आउँदै गरेको राज्यको विषयमा घोषणा गरेर यहोवालाई साक्षी दिनु यस सम्प्रदायका सदस्यहरूको प्राथमिक जिम्मेवारी हो। . . . तिनीहरूले आफ्नो विश्‍वास र सही आचरणको एकमात्र स्रोत बाइबललाई मान्दछन्‌। . . . एकजना साँचो साक्षी हुनका लागि कुनै न कुनै ढङ्‌गमा प्रभावकारिताकासाथ प्रचार गर्नु नितान्त आवश्‍यक छ।”—खण्ड ७, पृष्ठहरू ८६४-५.

५. (क) कुन सन्दर्भमा यहोवाका साक्षीहरूको शिक्षाहरू अतुलनीय छन्‌? (ख) यहोवाका साक्षीहरूका विश्‍वासहरू शास्त्र अनुरूप छन्‌ भनेर देखाउन उदाहरणहरू दिनुहोस्‌।

५ कुन सन्दर्भमा यहोवाका साक्षीहरूका शिक्षाहरू अतुलनीय छन्‌? न्यु क्याथोलिक इन्साइक्लोपीडिया-मा (New Catholic Encyclopedia) केही कारणहरू यसप्रकार दिइएका छन्‌: “तिनीहरूले [यहोवाका साक्षीहरू] त्रिएकको सिद्धान्तलाई गैरमसीही मूर्तिपूजा भनेर गलत ठहराउँछन्‌ . . . तिनीहरूले येशूलाई यहोवाको सबैभन्दा महान साक्षी र एकजना ‘ईश्‍वर’ (यूहन्‍ना १:१-मा अनुवाद गरेझैं) मान्छन्‌ जो केवल यहोवाको दाँजोमा सानो हुनुहुन्छ। . . . उहाँ मानिसको रूपमा मर्नुभयो र अमर आत्मिक पुत्रको रूपमा बिउँताइनुभयो। मानवजाति पृथ्वीमा सँधैभरि बाँच्न सक्ने अधिकार पुनः प्राप्त गर्न चुकाउनुभएको मूल्य उहाँले भोग्नुभएको दुःख र मरण थियो। वास्तवमा, साँचो साक्षीहरूको ‘ठूलो भीड’ (Ap 7.9) पार्थिव प्रमोदवनमा बाँच्ने आशा राख्छन्‌; केवल १,४४,००० विश्‍वासी जनहरूले (Ap 7.4; 14.1, 4) मात्र ख्रीष्टसित स्वर्गीय महिमा अनुभव गर्न पाउनेछन्‌। दुष्टहरूको पूर्णतया नाश हुनेछ। . . . साक्षीहरूले पानीमा चुर्लुम्म डुबाएर बप्तिस्मा गर्ने . . . यहोवा परमेश्‍वरको सेवा गर्ने समर्पणको एउटा बाहिरी चिह्न हो। . . . रक्‍तक्षेपण इन्कार गरेर यहोवाका साक्षीहरूले जनसाधारणको ध्यान आकर्षित गरेका छन्‌ . . . तिनीहरूको वैवाहिक र लैङ्‌गिक नैतिकताको स्तर निकै कडा छ।” यहोवाका साक्षीहरू यी विषयहरूबारे अतुलनीय होलान्‌ तर यी सबै विषयहरूमा तिनीहरूको अडान पूर्णतया बाइबलमा आधारित छ।—भजनसंग्रह ३७:२९; मत्ती ३:१६; ६:१०; प्रेरित १५:२८, २९; रोमी ६:२३; १ कोरिन्थी ६:९, १०; ८:६; प्रकाश १:५.

६. यहोवाका साक्षीहरूले कस्तो अडान कायम गरेका छन्‌? किन?

६ त्यही रोमन क्याथोलिक पुस्तकले अझ भन्दछ १९६५-मा (सम्भवतः त्यही सालमा यो लेख लेखिएको थियो) “साक्षीहरूले आफूलाई तिनीहरू बसिरहेका समाजको भाग ठान्दैन थिए।” लेखकको सोचाइ अनुसार सायद यहोवाका साक्षीहरूको सङ्‌ख्‌या बढ्‌दै गएपछि तिनीहरूले “कुनै सम्प्रदायको सट्टा एउटा गिर्जाको रूप धारण गर्न सक्छन्‌” र त्यतिखेर तिनीहरू यस संसारको भाग हुनेछन्‌। तर त्यस्तो भएको छैन। सन्‌ १९६५-मा भन्दा आज चार गुना बढी यहोवाका साक्षीहरू छन्‌ र पनि तिनीहरूले संसार सम्बन्धी आफ्नो अडान कायमै राखेका छन्‌। येशू “संसारको भाग नभए” जस्तै “तिनीहरू यस संसारका भाग होइनँ।”—यूहन्‍ना १७:१६.

अलग्गै तर वैरी होइनन्‌

७, ८. सुरु-सुरुका मसीहीहरू जस्तै आज यहोवाका साक्षीहरूबारे के भन्‍न सकिन्छ?

७ सुरु-सुरुका मसीहीहरूको पक्षमा बोल्ने दोस्रो शताब्दीका जस्टीन मार्टियरलाई उद्धरण गर्दै, रबर्ट एम० ग्रान्टले अर्ली क्रिस्टियानीटि एण्ड सोसाइटी (Early Christianity and Society) भन्‍ने पुस्तकमा यसरी लेखे: “यदि मसीहीहरू क्रान्तिकारी भइदिएका भए तिनीहरू आफ्नो लक्ष्य पूरा गर्न लुकेर बस्नेथिए। . . . शान्ति र सुव्यवस्था कायम राख्नमा तिनीहरू सम्राटका सबैभन्दा राम्रा मित्रहरू हुन्‌।” त्यस्तैगरि आज यहोवाका साक्षीहरू शान्ति-प्रिय र नियम मुताबिक चल्ने नागरिकहरू हुन्‌ भनेर सारा संसारलाई थाहा छ। जुनसुकै प्रकारको सरकारलाई पनि थाहा छ कि तिनीहरू यहोवाका साक्षीहरूसित डराउनु पर्ने कुनै कारण छैन।

८ एकजना उत्तर अमेरिकी सम्पादकीय लेखकले यसप्रकार लेखे: “कुनै पनि प्रकारको राजनैतिक शासन प्रणालीको निम्ति यहोवाका साक्षीहरू खतरनाक हुन्‌ भनेर ढिपीवाल र शङ्‌कालु मनस्थिति भएकाहरूले मात्र सोच्छन्‌; तिनीहरू धार्मिक समुदायहरूमध्ये सबैभन्दा मिलनसार र शान्ति-प्रिय हुन्‌।” लोब्जेक्स्योन डे कन्स्यान्स्‌ (L’objection de conscience) भन्‍ने पुस्तकमा झाँपेयर काट्‌लान लेख्छन्‌: “साक्षीहरू पूर्णतया अख्तियारवालाहरूको अधीनमा बस्छन्‌ र प्रायजसो नियमहरू पालन गर्छन्‌; तिनीहरू कर तिर्छन्‌ र सरकारबारे प्रश्‍न गर्न, परिवर्तन गर्न अथवा सत्ता पल्टाउन खोज्दैनन्‌ किनभने तिनीहरू संसारको कामकुराहरूमा चासो राख्दैनन्‌।” आफूले परमेश्‍वरको सेवा गर्न समर्पण गरिसकेको जीवन सरकारले माग गर्दछ भने मात्र यहोवाका साक्षीहरू सरकारप्रति आज्ञाकारी हुन इन्कार गर्छन्‌ भनी काट्‌लान भन्छन्‌। यस हैसियतमा यिनीहरू सुरु-सुरुका मसीहीहरू जस्तै छन्‌।—मर्कूस १२:१७; प्रेरित ५:२९.

शासक वर्गले गलत अर्थ लगाएका

९. संसारबाट अलग्गै हुने सन्दर्भमा, सुरु-सुरुका मसीहीहरू र आधुनिक समयका क्याथोलिकहरूको बीचमा के एउटा उल्लेखनीय भिन्‍नता छ?

९ धेरैजसो रोमी सम्राटहरूले सुरु-सुरुका मसीहीहरूलाई राम्ररी बुझेनन्‌ र तिनीहरूलाई सताए। यसको कारण बताउँदै, दोस्रो शताब्दी सा० यु० तिर लेखिएको होला भनेर अनुमान लगाएको दी एपीसल्‌ टु डियोग्नीटस (The Epistle to Diognetus) मा यसरी घोषणा गर्दछ: “मसीहीहरू संसारमै बस्छन्‌ तर संसारको भाग होइन र सांसारिक गतिविधिहरूमा भाग लिंदैनन्‌।” तर अर्कोतर्फ, दोस्रो भ्याटिकन काउन्सिलको गिर्जा सम्बन्धी कट्टरपन्थी संविधानअनुसार क्याथोलिकहरूले “सांसारिक कामकुराहरूमा सहभागी भएर नै परमेश्‍वरको राज्यको खोजी गर्नुपर्छ” र “यसप्रकार गिर्जाद्वारा संसार पनि शुद्ध तुल्याइनेछ।”

१०. (क) शासक वर्गले सुरु-सुरुका मसीहीहरूलाई कुन दृष्टिकोणले हेर्थे? (ख) धेरैजसो यहोवाका साक्षीहरूलाई प्रायजसो कुन दृष्टिकोणले हेरिन्छ र तिनीहरूको प्रतिक्रिया कस्तो हुन्छ?

१० रोमी सम्राटहरूले सुरु-सुरुका मसीहीहरूलाई “जोशिला तर तुच्छ” व्यक्‍तिहरू ठानेको कुरा इतिहासकार ई० जी० हार्डी लेख्छन्‌। फ्रान्सेली इतिहासकार एट्येन ट्रक्मा यसो भन्छन्‌: “युनानी र रोमी अधिकारीहरूले यिनीहरूलाई एउटा अनौठो पूर्वीय सम्प्रदायका [मसीहीहरू] क्षुद्र अनुयायीहरू ठान्थे।” जुनियर प्लाइनी, बिथिनीयाको रोमी गभर्नर र सम्राट ट्राजान बीच भएको पत्राचारले देखाउँछ कि साँचो मसीहीहरूको वास्तविकताबारे यी शासक वर्गहरू अज्ञात थिए। त्यस्तैगरि आजपनि यहोवाका साक्षीहरूबारे संसारका शासक वर्गहरूले गलत धारणा राख्दछन्‌ र घृणा पनि गर्छन्‌। तथापि, यसले यहोवाका साक्षीहरूलाई न छक्क पार्दछ न त अन्योलमा नै पार्दछ।—प्रेरित ४:१३; १ पत्रुस ४:१२, १३.

“जताततै मानिसहरू यसको विरुद्ध मात्रै बोल्दछन्‌”

११. (क) सुरु-सुरुका मसीहीहरूबारे कस्ता कुराहरू भनियो र यहोवाका साक्षीहरूबारे के भनिन्छ? (ख) यहोवाका साक्षीहरू राजनीतिमा किन भाग लिंदैनन्‌?

११ सुरु-सुरुका मसीहीहरूबारे यसो भनिएको थियो: “यस पन्थको विषयमा ता हामीलाई यति थाह छ, कि जताततै मानिसहरू यसको विरुद्ध मात्रै बोल्दछन्‌।” (प्रेरित २८:२२) दोस्रो शताब्दी सा० यु० मा, गैरमसीही सेल्सस्‌ले दाबी गरे कि मसीही धर्मले केवल मानव समाजको तल्लो वर्गलाई मात्र आकर्षित गर्थ्यो। त्यस्तै गरी यहोवाका धेरै जसो साक्षीहरूबारे पनि “प्रायजसो समाजको सबैभन्दा तुच्छ वर्गका हुन्‌” भन्छन्‌। गिर्जाका इतिहासकार अगस्टस नियान्डरले दिएको रिपोर्ट अनुसार: “मसीहीहरू संसारका लागि मरेतुल्य हुन्छन्‌ र जीवनको कुनै पनि क्षेत्रमा काम लाग्दैनन्‌; यदि सबै जना तिनीहरू जस्तै भए भने जिन्दगीको कामधन्दा कसरी चल्ने होला भन्‍ने प्रश्‍न पनि उठेको थियो।” यहोवाका साक्षीहरूले राजनीतिमा भाग लिन अस्वीकार गर्ने हुनाले तिनीहरूलाई पनि प्रायजसो मानव समाजका निकम्मा व्यक्‍तिहरू ठान्छन्‌। तर तिनीहरू एकातिर राजनैतिक कार्यकर्त्ता हुनु र अर्को तिर परमेश्‍वरको राज्य मानवजातिको एकमात्र आशा हो भन्‍नु कसरी मिल्थ्यो र? यहोवाका साक्षीहरू प्रेरित पावलका शब्दहरूलाई हृदयङ्‌गम गर्छन्‌: “ख्रीष्ट येशूका असल सिपाहीझैं मसँग कष्ट भोग। आफूलाई सिपाहीमा भर्ना गर्नेलाई खुशी तुल्याउन कुनै सिपाहीले सेवामा यस जीवनको टण्टासँग आफूलाई अल्मलाउँदैन।”—२ तिमोथी २:३, ४, रिभाइज्ड स्टान्डर्ड भर्सन (Revised Standard Version), एन एक्युमेनिकल एडिसन (an Ecumenical Edition).

१२. अलग्गै रहनुमा यहोवाका साक्षीहरू कसरी सुरु-सुरुका मसीहीहरू जस्तै छन्‌?

१२ अ हिस्ट्री अफ क्रिस्टियानीटि (A History of Christianity) भन्‍ने पुस्तकमा प्रोफेसर के० एस० लाटुरेटले यसप्रकार लेख्छन्‌: “सुरु-सुरुका मसीहीहरू र ग्रेको रोमी संसारको बीच विवादका विषयहरू मध्ये एउटा त युद्धमा भाग लिने नलिने विषय थियो। अहिलेसम्म बाँकि रहेको मसीही लेखोटमध्ये कुनै लेखोटले पनि सुरुको तीन दशकसम्म युद्धहरूमा भाग लिने छुट दिएको छैन।” एड्‌वर्ड गिबोनको द हिस्ट्री अफ द डिक्लाइन एण्ड फल अफ द रोमन एम्पायर (The History of the Decline and Fall of the Roman Empire) ले यसप्रकार भन्दछ: “मसीहीहरूले एउटा अति पवित्र जिम्मेवारीलाई नत्यागिकन सिपाहीहरू, दण्डाधिकारीहरू अथवा राजकुमारहरू हुने जस्ता पदहरू सह्‍माल्न असम्भव थियो।” यहोवाका साक्षीहरूले पनि त्यस्तै प्रकारको कडा तटस्थता कायम राख्दछन्‌ र यशैया २:२-४ र मत्ती २६:५२-मा उल्लिखित बाइबलका सिद्धान्तहरू अनुसरण गर्छन्‌।

१३. यहोवाका साक्षीहरूको विरुद्धमा कस्ता आरोपहरू लगाइन्छन्‌ तर वास्तवमा यथार्थ के हो?

१३ यहोवाका साक्षीहरूले परिवारलाई टुक्य्राउँछ भनेर विरोधीहरूले आरोप लगाएका छन्‌। हो, कहिलेकाहिं परिवारको एकजना या त्यो भन्दा बढी सदस्यहरू यहोवाको साक्षी हुँदा परिवारहरू टुक्रेका छन्‌। यस्तो हुने नै छ भनेर येशूले भविष्यवाणी गर्नुभएको थियो। (लूका १२:५१-५३) तथापि, तथ्याङ्‌कले देखाउँछ कि उपरोक्‍त कारणको लागि परिवारहरू टुक्रिएको त विरलै भेट्टिन्छन्‌। उदाहरणका लागि, फ्रान्समा ३ वटा विवाहित दम्पतीमध्ये एउटा विवाहीत दम्पतीको पति या पत्नी गैर साक्षी हुन्छ। यद्यपि, एकजना साक्षी र गैर साक्षी बीचको विवाहहरूमा छुटानाम हुने दर फ्रान्सको राष्ट्रिय तवरमा औसत छुटानाम दरभन्दा बढी छैन। किन? प्रेरित पावल र पत्रुसले अविश्‍वासीहरूसित विवाह भएका मसीहीहरूलाई बुद्धिमानी, प्रेरित सल्लाहहरू दिए र यहोवाका साक्षीहरू यी सल्लाहहरू पालन गर्ने प्रयास गर्दछन्‌। (१ कोरिन्थी ७:१२-१६; १ पत्रुस ३:१-४) यदि यस्तो भिन्दाभिन्दै विश्‍वास भएकाहरू बीचको विवाह टुक्रिन्छ भने प्रायजसो सधैं छुटानाम गर्ने कदम गैर साक्षीले नै चाल्दछ। अर्कोतर्फ, थुप्रै विवाहहरू टुक्रिनबाट बचेका छन्‌ किनभने स्वयं दम्पतीहरू यहोवाका साक्षीहरू भए र बाइबलका सिद्धान्तहरू तिनीहरूले आफ्नो जीवनमा पालन गर्न थाले।

मसीहीहरू हुन्‌, त्रिएकवादीहरू होइनन्‌

१४. सुरु-सुरुका मसीहीहरूको विरुद्धमा कस्तो आरोप लगाइएको थियो र यो किन हास्यास्पद छ?

१४ रोमी साम्राज्यमा सुरु-सुरुका मसीहीहरू नास्तिकहरू हुन्‌ भनेर लगाइएको आरोप एउटा एकदमै हास्यास्पद कुरा थियो। डा० अगस्टस नियान्डरले यसप्रकार लेखे: “मसीहीहरूलाई देवताहरू नमान्‍ने नास्तिक . . . भनेर सम्बोधन गर्ने चलन पनि थियो।” “मानिसका हातका काम, काठ र ढुङ्‌गा” अथवा “ईश्‍वर” भन्‍नु नमिल्ने चीजहरूको उपासना गर्ने गैर मसीहीहरूले, विभिन्‍न देवताहरूको सट्टा जीवित सृष्टिकर्त्ताको उपासना गर्ने मसीहीहरूलाई नास्तिक भन्‍नु कति अनुचित थियो।—यशैया ३७:१९.

१५, १६. (क) केही धर्मपन्थीहरूले यहोवाका साक्षीहरूको विरुद्धमा के भनेका छन्‌ तर कस्ता प्रश्‍नहरू खडा हुन्छ? (ख) यहोवाका साक्षीहरू साँच्चै नै साँचो मसीहीहरू हुन्‌ भनेर कुन कुराले देखाउँछ?

१५ यसैप्रकार वर्तमान समयमा मसीहीजगतका कुनै कुनै अख्तियारवालाहरूले यहोवाका साक्षीहरू मसीहीहरू होइनन्‌ भन्‍नु पनि उत्तिकै अनुचित छ। तर तिनीहरू किन त्यसो भन्छन्‌? किनभने साक्षीहरू त्रिएकको शिक्षालाई इन्कार गर्दछन्‌। मसीहीजगतको एकपक्षीय परिभाषाअनुसार, “ख्रीष्टलाई परमेश्‍वर भनेर स्वीकार गर्नेहरू मात्र मसीहीहरू हुन्‌।” यसको विपरीत, एउटा आधुनिक शब्दकोषले “मसीही” भन्‍ने संज्ञाको परिभाषा यसप्रकार दिन्छ: “एकजना व्यक्‍ति जसले येशू ख्रीष्टमा विश्‍वास गर्छ र उहाँका शिक्षाहरू अनुसरण गर्छ।” “मसीही धर्म” भनेको “येशू ख्रीष्टका शिक्षाहरू र उहाँ नै परमेश्‍वरको पुत्र हो भन्‍ने विश्‍वासमा आधारित एउटा धर्म हो।” यस परिभाषासित कसको विवरण मिल्दछ?

१६ आफ्नो विषयमा येशू आफैले दिनुभएको स्पष्टीकरणलाई यहोवाका साक्षीहरूले मानि लिन्छन्‌। उहाँले भन्‍नुभयो: “म परमेश्‍वरको पुत्र हुँ।” तर उहाँले “म पुत्र परमेश्‍वर हुँ” भनेर भन्‍नु भएन। (यूहन्‍ना १०:३६; यूहन्‍ना २०:३१ तुलना गर्नुहोस्‌) ख्रीष्टको सम्बन्धमा साक्षीहरू पावलको यस प्रेरित वचनलाई स्वीकार्छन्‌: “उहाँले परमेश्‍वरको स्वरूपमा भएर परमेश्‍वरसितै बराबरको हुनालाई, जोगाइराख्ने धन जस्तो सम्झनु भएन।”a (फिलिप्पी २:६, द न्यु जेरूशलेम बाइबल) द पेगनिजम इन आवर क्रिस्टियानीटि (The Paganism in our Christianity) भन्‍ने पुस्तकले यसो भन्दछ: “येशू ख्रीष्टले कहिलेपनि त्यस्तो प्रकारको [त्रिएकमा बराबर] विचार प्रकट गर्नुभएन र नयाँ नियममा कतैपनि ‘त्रिएक’ भन्‍ने शब्द पाईंदैन। हाम्रो प्रभुको मृत्यु भएको तीन सय वर्ष पश्‍चात्‌ मात्र त्यस्तो विचार अपनाइयो; यस्तो प्रकारको विचारधाराको सुरुआत पूर्णतया गैर मसीही हो।” यहोवाका साक्षीहरूले ख्रीष्टबारे बाइबलमा आधारित सिद्धान्तहरू स्वीकार गर्दछन्‌। तिनीहरू मसीहीहरू हुन्‌ तर त्रिएकवादीहरू होइनन्‌।

सबै गिर्जाहरू एक हुने सिद्धान्तमा भाग लिंदैनन्‌

१७. सारा गिर्जाहरू मिलेर एक हुने अथवा अन्तरविश्‍वास जस्ता आन्दोलनहरूमा यहोवाका साक्षीहरू किन भाग लिंदैनन्‌?

१७ यहोवाका साक्षीहरूको विरुद्धमा लगाइने दुई वटा आरोपहरू यी हुन्‌: सबै गिर्जाहरू मिलेर एकता ल्याउने प्रयासमा तिनीहरू भाग लिंदैनन्‌ तर “जबरजस्ती धर्मपरिवर्तन” गराउने काममा भाग लिन्छन्‌। यी दुवै आलोचनाहरू सुरु-सुरुका मसीहीहरूमाथि पनि थुपारिएको थियो। क्याथोलिक, कट्टरपन्थीहरू र प्रोटेस्टेन्टहरू मिलेर बनेको मसीहीजगत निस्सन्देह नै यस संसारको भाग हो। येशू जस्तै, यहोवाका साक्षीहरू “यस संसारका होइनन्‌।” (यूहन्‍ना १७:१४) त्यसकारण, गैर मसीही चालचलन तथा विश्‍वासहरूलाई बढावा दिने धार्मिक सङ्‌गठनहरूसित हात मिलाउन अन्तर-विश्‍वासका आन्दोलनहरूमा तिनीहरूले भाग लिन सक्दैनन्‌।

१८. (क) साँचो उपासना केवल यहोवाका साक्षीहरूले मात्रै गर्छन्‌ भन्‍ने तिनीहरूको दाबीलाई किन आलोचना गर्न सकिंदैन? (ख) रोमन क्याथोलिकहरूले आफ्नो धर्म साँचो हो भनेर विश्‍वास गरे तापनि वास्तवमा तिनीहरूसित के छैन?

१८ सुरु-सुरुका मसीहीहरूले जस्तै आज यहोवाका साक्षीहरूले मात्रै एकमात्र साँचो उपासना गरिरहेका छन्‌ भनेर विश्‍वास गरेकोमा कसले पो पूर्ण औचित्यकासाथ आलोचना गर्न सक्छन्‌? क्याथोलिक गिर्जाले एकातिर सारा गिर्जाहरू मिलेर एकता ल्याउने आन्दोलनमा भाग लिने ढोङ्‌ग गरे तापनि, त्यसले अर्को तिर यो घोषणा गर्दछ: “हामी विश्‍वास गर्दछौं कि साँचो धर्म क्याथोलिक र अपोस्टलिक गिर्जामा नै अवस्थित छ। यसलाई नै प्रभु येशूले सबै मानिसहरूमा समाचार फैलाउन अह्राउनु भयो जब उहाँले प्रेरितहरूलाई, ‘गएर सबै देशका जातिहरूलाई चेला बनाऊ’ भन्‍नुभयो।” भ्याटिकन काउन्सिल द्वितीय, “डेक्लरेशन अन रिलिजियस लिबर्टी” (Vatican Council II, “Declaration on Religious Liberty”) स्पष्टतः अथक जोशका साथ चेलाहरू बनाउन क्याथोलिकहरूलाई उत्प्रेरित गर्न यसप्रकारको विश्‍वास पर्याप्त छैन।

१९. (क) यहोवाका साक्षीहरूले के गर्न दृढ निश्‍चय गरेका छन्‌ र तिनीहरूको मनसाय के छ? (ख) यस पछिको लेखमा कुन कुरा छलफल गरिनेछ?

१९ यहोवाका साक्षीहरूमा त्यस्तो जोश छ। परमेश्‍वरले चाहुञ्जेलसम्म प्रचार गरी नै रहन तिनीहरूले दृढ निश्‍चय गरेका छन्‌। (मत्ती २४:१४) तिनीहरू जोशिला भएर साक्षी दिन्छन्‌ तर तिनीहरू झगडालु छैनन्‌। यो जोश छिमेकीप्रतिको प्रेमले उत्प्रेरित छ, मानवजातिप्रतिको घृणाले होइन। सम्भव भएसम्म बढी मानिसहरू बाँचोस्‌ भन्‍ने तिनीहरूको आशा छ। (१ तिमोथी ४:१६) सुरु-सुरुका मसीहीहरू जस्तै, तिनीहरू “सबै मानिसहरूसँग शान्ति”-सित रहन प्रयत्न गर्दछन्‌। (रोमी १२:१८) यो काम यिनीहरूले कसरी गर्छन्‌ भन्‍ने कुरा यस पछिको लेखमा छलफल गरिनेछ। (w93 7/1)

[फुटनोटहरू]

a त्रिएकको सिद्धान्त सम्बन्धमा यस पद्यांशको विवरण द वाचटावर जून १५, १९७१, पृष्ठ ३५५-६ मा हेर्नुहोस्‌।

पुनरावलोकन गर्दा

▫ सुरु-सुरुका मसीहीहरूको विशेषता के थियो र त्यही विशेषता यहोवा साक्षीहरूले कसरी देखाउँछन्‌?

▫ यहोवाका साक्षीहरूले कुन कुन ढङ्‌गमा आफू असल नागरिकहरू भएर देखाउँछन्‌?

▫ शासक वर्गहरूले सुरु-सुरुका मसीहीहरूलाई कुन दृष्टिकोणले हेर्थे र के आज परिस्थिति भिन्‍नै छ?

▫ साक्षीहरू आफूसित सत्य छ भनेर आश्‍वस्त भएको हुनाले, तिनीहरू के गर्न उत्प्रेरित भएका छन्‌?

[पृष्ठ ९-मा भएको चित्र]

परमेश्‍वरले चाहुञ्जेलसम्म प्रचार गरी नै रहन यहोवाका साक्षीहरूले दृढ निश्‍चय गरेका छन्‌

[पृष्ठ १४-मा भएको चित्र]

पिलातसले भने: “हेर त्यो मानिस” —जो संसारको कुनै भाग हुनु हुन्‍नथ्यो।—यूहन्‍ना १९:५

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने