प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gf lesson १२ p. २०
  • मृत्युपछि के हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मृत्युपछि के हुन्छ?
  • तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • मिल्दोजुल्दो सामग्री
  • मरेपछि हामीलाई के हुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • मान्छे मरेपछि कहाँ जान्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • तन्त्रमन्त्र
    ब्यूँझनुहोस्‌!—२०१४
  • मृतकहरू कस्तो अवस्थामा छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
gf lesson १२ p. २०

पाठ १२

मृत्युपछि के हुन्छ?

जीवनको विपरीत मृत्यु हो। मृत्यु गहिरो निद्राजस्तै हो। (यूहन्‍ना ११:११-१४) मृतकहरूले सुन्‍न, देख्न, बोल्न वा सोच्न केही गर्न सक्दैनन्‌। (उपदेशक ९:५, १०) झूटो धर्मले मृतकहरूको आत्मिक संसारमा आफ्ना पुर्खाहरूसित मिलन हुन्छ भनेर सिकाउँछ। तर बाइबलले यस्तो सिकाउँदैन।

येशूले याइरसकी छोरीलाई बिउँताउनुहुन्छ

मरिसकेका व्यक्‍तिहरूले हामीलाई न मदत गर्नसक्छन्‌ न त हानि पुऱ्‍याउनसक्छन्‌। मृतकहरूलाई खुसी पार्नुपर्छ भन्‍ने विश्‍वासमा काजक्रिया गर्नु र बलि चढाउनु एउटा सामान्य प्रचलन हो। तर परमेश्‍वरलाई यो मन पर्दैन किनभने यो शैतानको झूटा कुरामा आधारित छ। यसले मरेकाहरूलाई खुसी पार्न सक्दैन किनभने तिनीहरूले केही चाल पाउँदैनन्‌। हामी मरेकाहरूसित डराउनु पर्दैन न त तिनीहरूको उपासना नै गर्नुपर्छ। हामीले परमेश्‍वरको मात्र उपासना गर्नुपर्छ।—मत्ती ४:१०.

मरेकाहरू फेरि जीवित हुनेछन्‌। यहोवाले मरिसकेकाहरूलाई प्रमोदवनरूपी पृथ्वीमा बाँच्न बिउँताउनुहुनेछ। त्यो भविष्यमा पूरा हुनेछ। (यूहन्‍ना ५:२८, २९; प्रेरित २४:१५) तपाईं जसरी मस्त निदाएको मानिसलाई बिउँताउन सक्नुहुन्छ, त्यसरी नै परमेश्‍वरले मरिसकेका मानिसहरूलाई बिउँताउन सक्नुहुन्छ।—मर्कूस ५:२२, २३, ४१, ४२.

हामी कहिल्यै मर्दैनौं भन्‍ने धारणा शैतान अर्थात्‌ दियाबलले फैलाएको झूट हो। शैतान तथा त्यसका प्रेतहरूले मृत व्यक्‍तिहरूको आत्मा अमर हुन्छ र त्यसले बिमारी अथवा अन्य समस्याहरू खडा गर्छ भन्‍ने विश्‍वास दिलाउँछ। शैतानले मानिसहरूलाई कहिलेकाहीं सपना तथा दर्शनहरूमार्फत बहकाउँछ। मरेकाहरूसित कुरा गर्न खोज्नेहरूको यहोवा विरोध गर्नुहुन्छ।—व्यवस्था १८:१०-१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने