प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ५/१५ पृ. ८-९
  • विश्‍वभरि यहोवाका साक्षीहरू स्वीडेन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वभरि यहोवाका साक्षीहरू स्वीडेन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • वृद्धिले गर्दा निर्माणको आवश्‍यकता
  • यहोवाको आदर हुने निर्माणकार्य
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • उल्लेखनीय वृद्धिको कारण शीघ्र विस्तारको आवश्‍यकता पर्दछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • हामी किन र कसरी राज्यभवन निर्माण गर्छौँ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • पूर्वी युरोपमा साँचो उपासना फस्टाइरहेको छ
    हाम्रो राज्य सेवकाई—२०००
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ५/१५ पृ. ८-९

विश्‍वभरि यहोवाका साक्षीहरू स्वीडेन

स्वीडेनले स्कान्डेनिभियाली उपद्वीपको पूर्वी भूभाग ओगटेको छ र यो आर्कटिक क्षेत्रको माथिसम्म फैलिएको छ। सदाबहार जंगल, साथै यसका ताल तथा पहाडहरूका लागि विश्‍वप्रख्यात स्वीडेन, युरोपमा सबैभन्दा कम जनसंख्या भएका देशहरूमध्ये एक हो। तापनि, यहोवाका साक्षीहरूले १८०० शताब्दीको अन्ततिरदेखि यहाँ सत्यका प्रेमीहरू भेटाएका छन्‌। हालै भएको यो एउटा घटनालाई ध्यान दिनुहोस्‌।

एउटी स्त्री साक्षीहरूसित बाइबल अध्ययन गर्थिन्‌ तर उनको पतिलाई यो मन परेको थिएन। तिनले आफ्नी पत्नीलाई अध्ययन छोड्‌न लगाए र उनले छोडिन्‌ पनि। त्यो मानिस मदिरा भण्डारमा काम गर्थे। एक दिन आफ्नो दश वर्षीय नातिसित एक जना ट्रक चालक पसलमा आए। ट्रकमा मालताल भरूञ्जेल नातिको हेरचाह गर्न हजुरबुबाले निजलाई आग्रह गरे। त्यस मानिसले कुराकानी सुरु गर्न त्यो केटालाई आफ्नो जन्मोत्सवमा के के उपहार पायो भनेर सोधे। तर यहोवाका साक्षीहरू भएकोले ऊ र उसको परिवारले जन्मोत्सव नमनाएको कुरा बताउँदा त्यो मानिस छक्कै परे। आफ्नो परिवार न्यानो तथा मायालु भएकोले वर्षभरि अन्य समयहरूमा उपहारहरू पाउने र आफूलाई केही गुमाइरहेजस्तो लाग्दैन भनी त्यस केटाले बतायो। उसले अझै भन्यो, न्यानो र मायालु परिवारभन्दा ठूलो उपहार अरू कुनै हुनसक्दैन।

यो केटा निकै चोटि आफ्नो हजुरबुबासित त्यहाँ आयो। हरेक चोटि त्यो मानिसले केटालाई थुप्रै प्रश्‍नहरू सोध्थे र त्यस केटाले पनि नहिचकिचाइन इमान्दार तथा सोझो जवाफहरू दिन्थ्यो। यसले गर्दा तिनी निकै प्रभावित भए। साँचो नैतिक मूल्य र मान्यताहरूप्रति केटाको मूल्यांकनले गर्दा पनि त्यस मानिस प्रभावित भए। त्यो मानिसले एक रात टेलिभिजन कार्यक्रममा संसारको दयनीय अवस्थाबारे जानकारी पाए। यसपश्‍चात्‌ आफूले गम्भीरतापूर्वक आध्यात्मिक कुराहरू जाँच्नुपर्ने आवश्‍यकता तिनलाई महसुस भयो। तिनले आफ्नी पत्नीसित अध्ययन गरेकी साक्षीलाई फोन गरे र फेरि आउन आग्रह गरे। चाँडै, त्यो मानिसले एक साक्षीसित अध्ययन गर्न थाले र द्रुत गतिमा प्रगति गरे। तिनले अप्रिल १०, १९९४ मा बप्तिस्मा लिए। तिनकी पत्नीले पनि अहिले बप्तिस्मा लिइसकिन्‌।

वृद्धिले गर्दा निर्माणको आवश्‍यकता

स्वीडेनमा अन्य देशहरूबाट थुप्रै शरणार्थीहरू आएका छन्‌ र स्वीडेनी साक्षीहरूले तिनीहरूलाई प्रचार गर्दा राम्रा परिणामहरू भएका छन्‌। सामान्यतः त्यस्ता सफलताहरूले गर्दा वृद्धिको माग पूरा गर्न नयाँ राज्य भवनहरू निर्माण गर्नु परेको छ। सन्‌ १९८६ देखि १९९३ सम्म शीघ्र निर्माण प्रक्रियाद्वारा ३७ राज्य भवन निर्माण भए र आठवटा भवनहरू जीर्णोद्धार गरेर ठूलो बनाइयो। सन्‌ १९९४ मा मात्रै सातवटा थप राज्य भवनहरू निर्माण भए र तीनवटा जीर्णोद्धार गरियो।

हाल, नयाँ राज्य भवन निर्माण गर्न अथवा जीर्णोद्धार गरेर ठूलो बनाउने प्रतीक्षामा ६५ वटा मण्डलीहरू छन्‌। ती निर्माण कार्यक्रमहरूमा २,५०० स्वयंसेवकहरूले मदत पुऱ्‍याउँछन्‌ र तिनीहरूको मायालु सहयोगलाई मण्डलीहरूले निकै मूल्यांकन गर्छन्‌।

आर्कटिक क्षेत्रसम्म फैलिने स्वीडेनको उत्तरी भागलाई मध्यरातमा घाम लाग्ने देश भनी कहिलेकाहीं भनिन्छ। किनभने त्यहाँ गर्मी महिनाको एक समयमा सूर्य कहिल्यै डुब्दैन। तथापि, सत्यताको ज्योति पनि स्वीडेनभरि चम्किरहेको छ। यहोवाको आशिष्‌ले गर्दा त्यो आध्यात्मिक ज्योति मधुरो नभई झन्‌ झन्‌ चम्किरहनेछ।

[पृष्ठ ८-मा भएको पेटी]

देशको तथ्यांक

१९९४ सेवा वर्ष

साक्षी दिनेहरूको शिखर संख्या: २४,२४६

अनुपात: १ साक्षीले ३६२

स्मरणार्थ उत्सवमा उपस्थिति: ४०,३७२

औसत अग्रगामी प्रकाशकहरू: २,५०९

औसत बाइबल अध्ययनहरू: ११,३०६

बप्तिस्माप्राप्त संख्या: ८५०

मण्डलीहरूको संख्या: ३५८

शाखा कार्यालय: आर्बोगा

[पृष्ठ ९-मा भएको चित्र]

आर्बोगास्थित शाखा कार्यालय र बेथेल घर

[पृष्ठ ९-मा भएको चित्र]

जो प्रान्तका प्रारम्भिक साक्षीहरूले ५,००० वर्ग किलोमिटर क्षेत्रफल बराबरको इलाकामा प्रचार गर्न यो मिनीबस प्रयोग गर्थे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने