प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 जनवरी pp. ३-६
  • पूर्वी युरोपमा साँचो उपासना फस्टाइरहेको छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पूर्वी युरोपमा साँचो उपासना फस्टाइरहेको छ
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • राज्यभवन निर्माण कार्यक्रम अघि बढ्‌छ
    हाम्रो राज्य सेवकाई—२००४
  • उल्लेखनीय वृद्धिको कारण शीघ्र विस्तारको आवश्‍यकता पर्दछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोवाको आदर हुने निर्माणकार्य
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • राज्यभवन निर्माण गर्नुपर्ने आवश्‍यकता सँगसँगै चल्ने
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 जनवरी pp. ३-६

पूर्वी युरोपमा साँचो उपासना फस्टाइरहेको छ

१ प्रथम शताब्दीका मसीहीहरू परमेश्‍वरको राज्यका जोसिला प्रचारकहरू थिए। ‘मण्डलीहरू गन्तीमा दिनहुँ बढदै जाँदा’ तिनीहरू आनन्दित भए। (प्रेरि. १६:५) तिनीहरूको साहसिक प्रचारकार्यले गर्दा एसिया, अफ्रिका अनि युरोपमा साँचो उपासना फैलियो अनि थुप्रै मानिसहरू विश्‍वासी भए।

२ यस अन्तको समयमा पूर्वी युरोपेली मुलुकहरूमा साँचो उपासना फस्टाइरहेको छ। सन्‌ १९९० दशकको सुरुसम्म सरकारी प्रतिबन्ध लगाइएको देशहरूमा अहिले उल्लेखनीय उन्‍नति भइरहेको छ। वार्षिक पुस्तक १९९९ मा त्यस्ता दुई देशहरू अर्थात्‌ रूस र युक्रेनबारे चर्चा गरिएको छ। ती दुवै देशले १,००,००० भन्दा बढी प्रकाशकहरूले जनसेवकाईमा भाग लिएको रिपोर्ट दिए। पहिलेको सोभियत संघका १५ वटा इलाकाहरूमा १९९१ देखि यता २,२०,००० व्यक्‍तिहरूले यहोवालाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा लिइसकेका छन्‌! यस्तो उत्तरोत्तर वृद्धिले गर्दा थुप्रै नयाँ राज्यभवन र सम्मेलन भवनहरू निर्माण गर्नुका साथै थुप्रै शाखा कार्यालयहरू विस्तार गर्नुपरेको छ।

३ मार्च १९९७ को संयुक्‍त राज्यका लागि हाम्रो राज्य सेवकाई-मा घोषणा गरिएअनुसार सोसाइटीको राज्यभवन कोषले थप राज्यभवनहरूको टड्‌कारो आवश्‍यकता भएको तर सीमित स्रोतसाधन र आर्थिक समस्याको चपेटामा परेका मुलुकहरूका मण्डलीहरूलाई ऋण प्रदान गर्छ। पूर्वी युरोपका ११ मुलुकको सुपरिवेक्षण गर्ने शाखा कार्यालयहरूको अनुरोधअनुसार सोसाइटीले मार्च १९९६ देखि अक्टोबर १९९८ भित्रमा ३५९ वटा राज्यभवन निर्माण गर्न ऋण स्वीकृति गऱ्‍यो। अनुदानद्वारा जम्मा भएको रकम नयाँ राज्यभवन निर्माण गर्न जग्गा र सरसामान किन्‍न अनि मण्डलीसित हाल भएको राज्यभवन मरम्मत संभार गर्न प्रयोग गरिंदैछ। संयुक्‍त राज्य अनि अन्य देशहरूबाट सोसाइटीको राज्यभवन कोषमा जम्मा भएको अनुदानले पूर्वी युरोपका हाम्रा भाइबहिनीलाई कसरी फाइदा पुऱ्‍यायो, यी चित्रहरूले बताउनेछन्‌।

४ सन्‌ १९९८ मा बुल्गेरियामा १२ प्रतिशत वृद्धि भयो र अप्रिलमा पहिलो राज्यभवन समर्पण हुँदा भाइबहिनी गद्‌गद भए। क्रोएशियामा ४ प्रतिशत वृद्धि भयो अनि अहिले त्यहाँका भाइबहिनीहरू साँचो उपासनालाई अघि बढाउन थप राज्यभवन बनाउन जुटिरहेका छन्‌। हंगेरीमा १४४ मण्डलीहरूले लगभग ८० वटा राज्यभवन प्रयोग गरिरहेका छन्‌। यसको मतलब, यस देशका २३५ मण्डलीहरूमध्ये ६१ प्रतिशत मण्डलीसित उपासना गर्ने आफ्नै थलो छ। म्यासेडोनियामा राज्यभवन निर्माण कार्यक्रमअन्तर्गत दुइटा नयाँ भवन निर्माण भइसकेका छन्‌ भने अरू भवनहरू निर्माण हुँदैछन्‌। सन्‌ १९९९ को गर्मी महिनामा राजधानी स्कपयेमा एकभन्दा बढी मण्डलीले प्रयोग गर्ने डबल राज्यभवन निर्माण भयो। यो भवनमा कम्तीमा पनि छ वटा मण्डलीहरूले प्रयोग गर्न मिल्ने सुविधा छ।

५ सेवा वर्ष १९९८ मा रूसमा हप्तैपिच्छे सालाखाला २६० जनाले बप्तिस्मा लिए! अरू देशहरूको अनुकरण गर्दै रूस शाखाले पनि भविष्यमा राज्यभवन निर्माण कार्य योजनालाई टेवा दिन आफ्नो विशाल इलाकाभरि १२ वटा क्षेत्रीय निर्माण समिति गठन गरेको छ। सेन्ट पिटर्सबर्गको उत्तरी भागमा १,६०० क्षमता भएको देशकै पहिलो सम्मेलन भवन निर्माण भइरहेको छ। यसमा २०० क्षमता भएको पाँच वटा राज्यभवन पनि हुनेछन्‌। युक्रेनका हाम्रा भाइबहिनी अनि थुप्रै जिज्ञासुहरूको आध्यात्मिक आवश्‍यकता पूरा गर्न ८४ वटा राज्यभवन निर्माण भइसकेका छन्‌ भने ८० वटा निर्माण हुँदैछन्‌।

६ के पूर्वी युरोपमा भइरहेको वृद्धिले हाम्रो हृदयलाई आनन्दित तुल्याउँदैन र? चाहे हामी जुनसुकै ठाउँमा बसोबास गरिरहेका होऔं, साँचो उपासनाको विस्तारले परमेश्‍वर पक्षपाती हुनुहुन्‍न अनि उहाँको धीरजले गर्दा “ठूलो भीड़[ले]” उद्धार पाउनेछ भन्‍ने कुरा हामीलाई स्मरण गराउँछ। (प्रका. ७:९; २ पत्रु. ३:९) गत सेवा वर्षमा भारतमा तीनवटा नयाँ राज्यभवन निर्माण गरियो भने एउटालाई काँटछाँट गरियो। सोसाइटीले महिनैपिच्छे जमिन किनेर राज्यभवन निर्माण गर्ने वा काँटछाँट गर्ने सालाखाला १०-१५ वटा निवेदन प्राप्त गर्छ भनेर थाह पाउँदा तपाईं रोमाञ्चित हुनुहुनेछ। अरूलाई आध्यात्मिक उन्‍नति गर्न केही हदसम्म भए पनि मदत गर्न पाउनु हाम्रोलागि ठूलो विशेषाधिकार हो! “गरीबलाई दिनेलाई कहिल्यै अभाव हुँदैन” भनेर हितोपदेश २८:२७ हामीलाई आश्‍वासन दिन्छ। यी निर्माण कार्यहरूमा लाग्ने खर्च बेहोर्ने हाम्रो स्वेच्छाले भौतिक रूपमा “समानता” ल्याउँछ। फलतः हामी सबैले दिंदा प्राप्त हुने खुसी र विश्‍वभरि साँचो उपासना फस्टाएकोमा आनन्द अनुभव गर्नेछौं।—२ कोरि. ८:१४, १५; प्रेरि. २०:३५.

[पृष्ठ ३-मा भएका चित्र]

सासेल, रोमानिया

[पृष्ठ ३-मा भएका चित्र]

मार्डु, इस्टोनिया

[पृष्ठ ३-मा भएका चित्र]

सेभ्निका, स्लोभेनिया

[पृष्ठ ३-मा भएका चित्र]

टिज्भास्भारी, हंगेरी

[पृष्ठ ४-मा भएका चित्र]

जुर्माला, लाट्‌भिया

[पृष्ठ ४-मा भएका चित्र]

टाल्लिन, इस्टोनिया

[पृष्ठ ४, ५-मा भएका चित्र]

टाउरागे, लिथुआनिया

[पृष्ठ ५-मा भएका चित्र]

बेलग्रेड, युगोस्लाभिया

[पृष्ठ ५-मा भएका चित्र]

प्रिभिड्‌जा, स्लोभाकिया

[पृष्ठ ५-मा भएका चित्र]

मेटेस्जाल्का, हंगेरी

[पृष्ठ ६-मा भएका चित्र]

भ्रानोभ नाड टोप्लाऊ, स्लोभाकिया

[पृष्ठ ६-मा भएका चित्र]

रूमा, युगोस्लाभिया

[पृष्ठ ६-मा भएका चित्र]

टोर्नाकाल्न्स, लाट्‌भिया

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने