प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ५/१ pp. २९-३०
  • एउटै खण्डमा बाइबल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटै खण्डमा बाइबल
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सजग बाइबल संशोधक
  • कोडेक्स ग्रानडियोर
  • दक्षिणी इटालीबाट बेलाइती टापुहरूमा
  • इटालीमा फर्काइयो
  • कोडेक्स बिजे एउटा अनुपम हस्तलेख
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • वेटिकन कोडेक्सको रहस्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ५/१ pp. २९-३०

एउटै खण्डमा बाइबल

बाइबलका प्रतिहरू बनाउन चर्मपत्रको सट्टा कोडेक्स अथवा पुस्तक प्रयोग गर्ने पहिलो व्यक्‍तिहरू प्रारम्भिक मसीहीहरू थिए। तथापि, मसीहीहरूले तुरुन्तै बाइबलको सबै पुस्तकहरू भएको एउटै खण्ड प्रकाशित गर्न थालेनन्‌। बाइबलको एउटा खण्ड बृहत्‌ रूपमा प्रकाशित गर्ने महत्त्वपूर्ण कदम छैठौं शताब्दीमा फ्लाभियस क्यासियोडरसले चालेका थिए।

फ्लाभियस म्यागनस अरिलियस क्यासियोडरसको जन्म सा.यु. ४८५-४९० तिर आधुनिक इटालीको सबैभन्दा दक्षिणी छेउ कालाब्रियाको एउटा सम्पन्‍न परिवारमा भएको थियो। तिनको समयमा इटालेली इतिहास गोलमालपूर्ण समयबाट गुज्रिरहेको थियो। त्यस प्रायद्वीपलाई सबैभन्दा पहिला गथ र त्यसपछि बाइजान्टिनहरूले कब्जा गरे। क्यासियोडरसले ६० वा ७० वर्षजतिको हुँदा कालाब्रिया, स्क्वेलाच्चामा आफ्नो घरसँगै भिभारियम गुम्बा र पुस्तकालय स्थापित गरे।

सजग बाइबल संशोधक

क्यासियोडरसको प्रमुख चिन्ताका विषयहरूमध्ये एउटा बाइबल अनुवाद गर्नु थियो। इतिहासकार पिटर ब्राउन यस्तो लेख्छन्‌, “क्यासियोडरसको विचारमा धर्मशास्त्र अनुवाद गर्न सबै ल्याटिन साहित्यिक कार्यहरू चलाउनुपर्थ्यो। पुराना ग्रन्थहरूको प्रति बनाउन प्रयोग गरिएका सबै सहायकहरू अब धर्मशास्त्र बुझ्न र त्यसलाई बुद्धिमानीपूर्वक सार्न पनि प्रयोग गर्नुपर्ने तिनको विचार थियो। मानौं, भर्खरै स्थापना गरिएको सौरमण्डल जस्तै गरी सम्पूर्ण ल्याटिन संस्कृति परमेश्‍वरको वचनको बृहत्‌ सूर्य वरपर घुम्नुपर्ने थियो।”

क्यासियोडरसले अनुवादक र व्याकरणविद्‌हरूलाई भिभारियम गुम्बामा सम्पूर्ण बाइबलको तुलना गर्न भेला गराए र कठिन परिश्रम गर्नुपर्ने संशोधन प्रक्रियाको निरीक्षण गरे। तिनले यो काम सीमित शिक्षित पुरुषहरूलाई सुम्पे। यी पुरुषहरूले लेखकबाट भएको वा हुनसक्ने गल्ती सच्याउन हतार गर्नु हुँदैनथ्यो। बरु, व्याकरणबारे केही प्रश्‍न भएमा प्रचलित ल्याटिन साहित्यहरूलाई भन्दा पुरातन बाइबलका हस्तलिपिहरू बढी भरपर्दो ठान्‍नुपर्थ्यो। क्यासियोडरसले यस्तो निर्देशन दिए: “अनौठो व्याकरणहरू . . . जस्ताको तस्तै राख्नुपर्छ किनभने प्रेरित भएको शास्त्रहरूलाई विकृत बनाउनु हुँदैन . . . बाइबलका अभिव्यक्‍ति, उपमा, उखानका साथै ‘हिब्रू’ भाषामा दिइएका व्यक्‍तिवाचक नाउँहरू ल्याटिन स्तरअनुसार अनौठो भए तापनि जोगाउनुपर्छ।”— द क्यामब्रिज हिस्ट्री अफ द बाइबल।

कोडेक्स ग्रानडियोर

भिभारियम गुम्बाका प्रतिलिपकहरूलाई ल्याटिनमा कम्तीमा पनि तीनवटा भिन्‍नाभिन्‍नै बाइबलका संस्करणहरू निकाल्ने आज्ञा दिइयो। तीमध्ये एउटा, नौवटा खण्डमा प्रकाशित, सम्भवतः पुरातन ल्याटिन पद थियो जसको अनुवाद दोस्रो शताब्दीको अन्ततिर देखापऱ्‍यो। दोस्रो संस्करणमा ल्याटिन भुल्गेट पऱ्‍यो जुन जेरोमले पाँचौं शताब्दीको सुरुतिर अनुवाद गरी सिध्याएका थिए। तेस्रो संस्करणचाहिं “ठूलो कोडेक्स” अर्थात्‌ कोडेक्स ग्रानडियोर थियो, जुन तीनवटा बाइबल पदहरूबाट लिइएको थियो। यी दोस्रो र तेस्रो संस्करणले बाइबलका सबै पुस्तकहरूलाई एउटै खण्डमा संकलन गऱ्‍यो।

ल्याटिन बाइबललाई एउटै खण्डमा निकाल्ने पहिलो व्यक्‍ति क्यासियोडरस नै हुन्‌ जस्तो देखिन्छ। तिनले यसलाई पान्डेथेस संज्ञा दिए।a तिनले निस्सन्देह बाइबलका सबै पुस्तकलाई एउटै खण्डमा निकाल्नुको व्यावहारिकतालाई बुझे। बाइबललाई एउटै खण्डमा प्रकाशित गर्दा विभिन्‍न खण्डहरू हेर्नुपर्ने समयको बरबादीदेखि बच्न सकिन्थ्यो।

दक्षिणी इटालीबाट बेलाइती टापुहरूमा

क्यासियोडरसको मृत्यु भएको केही समयपछि (सम्भवतः सा.यु. ५८३ तिर) कोडेक्स ग्य्रानडियोरको यात्रा सुरु भयो। त्यतिबेला भिभारियम पुस्तकालयको केही भाग रोमको ल्याटरन पुस्तकालयमा सारिएको थियो भन्‍ने विश्‍वास गरिन्छ। सा.यु. ६७८ मा एंग्लो-साक्सन भिक्षु चालफ्रिट्‌थले रोमको छोटो बसाइँपछि बेलाइती टापुहरूमा फर्कंदा आफूसँगै त्यसलाई ल्याएका थिए। यसरी यो कोडेक्स चालफ्रिट्‌थको निरीक्षणमा सञ्चालित दुई गुम्बा, वियरमाउथ र ज्यारोमा आइपुग्यो। यी दुई गुम्बा अहिले नर्थुमब्रिया, इंग्ल्याण्डमा पर्छ।

क्यासियोडरसको एक खण्डे बाइबल प्रयोग गर्न सजिलो भएकोले चालफ्रिट्‌थ र तिनका भिक्षुहरू त्यसप्रति आकर्षित भएको हुनुपर्छ। अतः केही दशकभित्र नै तिनीहरूले एउटै खण्डको रूपमा अर्को तीनवटा सम्पूर्ण बाइबल प्रकाशित गरे। तीमध्ये अहिलेसम्म बाँकी भएको बाइबलचाहिं, कोडेक्स अमियाटिनस भनिने बडेमाको पाण्डुलिपि हो। यसमा बाछाको छालाको २,०६० पृष्ठहरू छन्‌ र प्रत्येक पृष्ठको लम्बाइ ५१ र चौडाइ ३३ सेन्टिमिटर छ। आवरणसमेत नाप्दा यसको मोटाइ २५ सेन्टिमिटर छ भने वजन ३४ किलोग्रामभन्दा गह्रौं छ। यो अहिलेसम्म अस्तित्वमा भएको एक मात्र सबैभन्दा पुरानो एक खण्डे ल्याटिन बाइबल हो। उन्‍नाइसौं शताब्दीका प्रख्यात बाइबलविद्‌ फेन्टन जे. ए. हर्टले सन्‌ १८८७ मा उक्‍त बाइबल पत्ता लगाएका थिए। हर्टले यस्तो टिप्पणी गरे: “आधुनिक समयमा बस्ने मानिसलाई समेत यो ल्याटिन बाइबल ठूलो आश्‍चर्यको कुरा हो।”

इटालीमा फर्काइयो

क्यासियोडरसले सुरुमा तयार पार्न लगाएको कोडेक्स ग्य्रानडियोर अहिले हराइसक्यो। तर यसबाट तयार पारिएको एंग्लो-साक्सन नकल, ल्याटिन कोडेक्स अमियाटिनस सार्न सिद्धिने बित्तिकै इटाली फर्काइयो। चिलफ्रिडले आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि रोममा फर्कने निर्णय गरे। पोप ग्रेगरी द्वितीयलाई उपहारस्वरूप ल्याटिन बाइबलको तीन पाण्डुलिपिहरूमध्ये एउटा दिन तिनले यसलाई आफूसँगै लगे। सा.यु. ७१६ मा चिलफ्रिडको बाटोमै अर्थात्‌ ल्यांग्रेस, फ्रान्समा मृत्यु भयो। तर तिनको बाइबलले अन्य यात्रुहरूसँगै यात्रा गऱ्‍यो। त्यस कोडेक्स अन्तमा मध्य इटालीको मोन्टे अमियाटा गुम्बाको पुस्तकालयमा पुग्यो र गुम्बाको नाउँबाट नै त्यसले कोडेक्स अमियाटिनस नाउँ पायो। सन्‌ १७८२ मा यसलाई इटाली, फ्लोरेन्सको मेडिसियान-ल्वोरेनसियन पुस्तकालयमा सारियो र यो अहिलेसम्म पनि त्यही पुस्तकालयमा त्यसको सबैभन्दा बहुमूल्य सम्पत्तिमध्ये एउटा भएर बसेको छ।

कोडेक्स ग्य्रानडियोरले हामीलाई कसरी असर गरेको छ? क्यासियोडरसको समयदेखि प्रतिलिपक र प्रकाशकहरूले झन्‌ झन्‌ धेरै बाइबलको एउटै खण्ड प्रकाशित गर्न रुचाएका छन्‌। आजसम्म पनि बाइबल यसै रूपमा भएकोले मानिसहरूलाई हेर्न अनि यसले तिनीहरूको जीवनमा पार्नसक्ने असरको फाइदा उठाउन सजिलो भएको छ।—हिब्रू ४:१२.

[फुटनोट]

a ग्रीक भाषाको सम्पूर्ण बाइबल चौथो वा पाँचौं शताब्दीदेखि मात्र वितरण हुन थालेको थियो जस्तो देखिन्छ।

[पृष्ठ २९-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

कोडेक्स अमियाटिनसको यात्रा

भिभारियम गुम्बा

रोम

ज्यारो

वियरमाउथ

कोडेक्स ग्य्रानडियोरको यात्रा

ज्यारो

वियरमाउथ

माउन्ट अमियाटा

फ्लोरेन्स

[स्रोत]

Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

[पृष्ठ ३०-मा भएका चित्रहरू]

माथि: कोडेक्स अमियाटिनस बायाँ: कोडेक्स अमियाटिनसमा एज्राको चित्र

[स्रोत]

Biblioteca Medicea Laurenziana, Firenze

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने