प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ३/१ पृ. ८-९
  • “परीक्षाहरू आइपर्दा विश्‍वासी”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “परीक्षाहरू आइपर्दा विश्‍वासी”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • पवित्र शक्‍तिको मदत पाएर एउटा कठिन जिम्मेवारी पूरा भयो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • स्क्रिप्टलाई पर्दामा उतार्ने
    ब्यूँझनुहोस्‌!—२००५
  • साइबेरियामा निर्वासित!
    ब्यूँझनुहोस्‌!—१९९९
  • तपाईंलाई अन्तरदृष्टि तथा उत्प्रेरणा दिने भिडिओ!
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ३/१ पृ. ८-९

“परीक्षाहरू आइपर्दा विश्‍वासी”

अप्रिल १९५१ को प्रारम्भमा पश्‍चिमी सोभियत संघमा बसोबास गर्ने निर्दोष मसीहीहरूको समूह, यहोवाका साक्षीहरूमाथि शक्‍तिशाली सोभियत सरकार जाइलाग्यो। हजारौं परिवारलाई झ्याल नभएको रेलका डिब्बाहरूमा कोचेर २० दिन लामो पट्टाइलाग्दो रेल यात्राद्वारा साइबेरिया लगियो र त्यसमा ससाना बच्चाहरू, गर्भवती आइमाईहरू र वृद्ध-वृद्धाहरू समेत थिए। तिनीहरूले कुनै सुविधा नभएको कठोर अवस्थामा आजीवन निर्वासनमा जानुपऱ्‍यो।

भूतपूर्व सोभियत संघमा यहोवाका साक्षीहरूलाई दशकौंसम्म थिचोमिचो गरिएको कुरासित सम्बन्धित वृत्तचित्र प्रस्तुत गरिएको भिडिओ विमोचन गरेर अप्रिल २००१ मा मस्कोमा उक्‍त ऐतिहासिक घटनाको ५० औं वार्षिकी मनाइयो। तीव्र दबाबको बावजुद साक्षीहरू कसरी बाँचे र फस्टाए भन्‍ने कुरा इतिहासकार र प्रत्यक्षदर्शीहरूले यस वृत्तचित्रमा बताएका छन्‌।

अहिलेसम्ममा फेथफूल अन्डर ट्रायल्स—जेहोभाज विट्‌नेसेज इन द सोभियट युनियन (परीक्षाहरू आइपर्दा विश्‍वासी—सोभियत संघका यहोवाका साक्षीहरू) भन्‍ने यस वृत्तचित्र रूस र अन्यत्रका लाखौं मानिसले हेरिसकेका छन्‌ अनि यसले जनसाधारण तथा इतिहासकारहरूबाट निकै प्रशंसा बटुलेको छ। बहुसंख्यक साक्षीहरू निर्वासित भएको ठाउँमा बसोबास गरिरहेका दुई जना रूसी विज्ञले यस्तो टिप्पणी गरे:

“मलाई यो भिडिओ एकदमै रमाइलो लाग्यो। तपाईंहरूको धर्मका सदस्यहरू मलाई सधैं मन पर्थ्यो तर यो चलचित्र हेरेपछि तपाईंहरूप्रतिको मेरो सकारात्मक धारणा अझ सुदृढ भएको छ। यो चलचित्र एकदमै उत्कृष्ट थियो! तपाईंहरूले यस भिडिओमा प्रत्येकलाई एउटा छुट्टै व्यक्‍तिविशेषको रूपमा प्रस्तुत गर्नुभएको तरिका मलाई विशेष मन पऱ्‍यो। म अर्थोडक्स धर्म मान्छु र धर्म परिवर्तन गर्ने मेरो कुनै सोचाइ छैन तैपनि साक्षीहरूदेखि म खुसी छु। हाम्रो विभागले पनि यो चलचित्रको एक प्रति राखोस्‌ भन्‍ने म चाहन्छु। मेरा सहकर्मीहरू र मैले आफ्ना विद्यार्थीहरूलाई यो भिडिओ देखाउने र यसलाई पाठ्यक्रममा समावेश गर्ने निर्णय गरेका छौं।”— प्राध्यापक सिर्गी निकोलायेभिच रूब्टसोभ, रूसको इर्कत्स्कमा अवस्थित स्टेट पेडागोजिकल युनिभर्सिटीका इतिहास विभाग प्रमुख।

“यस्तो चलचित्र बनेकोमा मलाई खुसी लागेको छ। दमनको विषयमा चलचित्र बनाउँदा कथालाई तार्किक ढङ्‌गमा अघि बढाउन निकै गाह्रो हुन्छ। तर तपाईंहरू यसो गर्न सफल हुनुभएको छ। तपाईंहरूले बनाउनुभएका अरू चलचित्रहरू पनि कृपया मलाई खुसीसाथ ल्याइदिनुहोला।”— प्राध्यापक सिर्गी इलिच कूज्नेटसोभ, रूसको इर्कत्स्क स्टेट युनिभर्सिटीका इतिहास विभाग प्रमुख।

साइबेरियामा बसोबास गरिरहेका यहोवाका साक्षीहरूले पनि यो वृत्तचित्रप्रति गहिरो मूल्याङ्‌कन व्यक्‍त गरे। तिनीहरूले देखाएको प्रतिक्रियाका केही उदाहरणहरू यस प्रकार छन्‌:

“यो चलचित्रमा देखाइएका घटनाहरू भइरहेको बेला रूसका थुप्रै मानिसहरूले यहोवाका साक्षीहरूको क्रियाकलापबारे गलत जानकारीहरू पाएका थिए। तर यो चलचित्र हेरेपछि, हाम्रो संगठन तिनीहरूले पहिले-पहिले सोचेजस्तो कुनै एउटा गुट मात्र होइन रहेछ भन्‍ने कुरा तिनीहरूले बुझ्न सक्छन्‌। हालै मात्र साक्षी बनेकाहरू यसो भन्छन्‌: ‘यत्तिका दुःख-कष्टहरू सहेका मसीही भाइहरूसित बस्ने र उनीहरूसँगै काम गर्ने कुरा त हामीले कल्पनासमेत गरेका थिएनौं!’ यो चलचित्र हेरिसकेपछि एक जना साक्षीले पूर्ण-समय अग्रगामी सेवक बन्‍ने आफ्नो इच्छा व्यक्‍त गरे।”— अन्‍ना भोभ्चुक, जसलाई साइबेरियातर्फ निर्वासनमा पठाइएको थियो।

“गुप्तचर प्रहरीले एक जना साक्षीको ढोका ढकढकाएको दृश्‍य चलचित्रमा देखाइँदा म डरले काँपें। प्रहरीले हाम्रो ढोका पनि यसरी नै ढकढकाएको थियो र मेरी आमाले यसो भनेको म अहिले पनि सम्झन्छु: ‘कतै अगलागी भयो जस्तो छ।’ तर थुप्रै साक्षीहरूले मैलेभन्दा पनि बढी दुःख भोगे भन्‍ने कुरा पनि यो चलचित्रले मलाई सम्झाउँछ। यो सबै जानकारीले हामीलाई यहोवाको सेवा गरिरहन अझ बढी बल तथा उत्साह दिन्छ।”— स्टिपान भोभ्चुक, जसलाई साइबेरियातर्फ निर्वासनमा पठाइएको थियो।

“म निर्वासनमा परेका साक्षीको छोरा हुँ। त्यसैले त्यो समयबारे मैले धेरै कुरा सुनिसकेको छु जस्तो मलाई लाग्थ्यो। तर यो चलचित्र हेरेपछि भने वास्तवमा मलाई त केही पनि थाह रहेनछ भन्‍ने कुरा बुझें। अन्तरवार्ताहरू सुन्दा मेरा आँखा आँसुले भरिए। अब ती अनुभवहरू मेरो लागि कथाहरू मात्र नभई वास्तविक जीवन भएका छन्‌। यो चलचित्रले परमेश्‍वरसितको मेरो सम्बन्धलाई बलियो बनाएको छ र भविष्यमा आइपर्ने सबै कठिनाइहरू सहनको लागि तयार हुन मदत गरेको छ।”— भ्लादिमिर कोभास, इर्कत्सक।

“यो चलचित्र मेरो लागि कुनै लिखित विवरणभन्दा बढी सशक्‍त थियो। भाइहरूसितको अन्तरवार्ता हेर्दा र सुन्दा मैले पनि तिनीहरूसँगै दुःख भोगेको थिएँ जस्तो लाग्यो। झ्यालखानामा हुँदा आफ्ना साना छोरीहरूको लागि पोस्टकार्डमा चित्र बनाएर पठाउने भाइको उदाहरणले मलाई आफ्ना छोराछोरीको हृदयसम्म बाइबल सच्चाइ पुऱ्‍याउने कोसिस गर्न उत्प्रेरित गर्छ। तपाईंहरूलाई धन्यवाद! यस चलचित्रले रूसका यहोवाका साक्षीहरूलाई तिनीहरू यहोवाको विश्‍वव्यापी संगठनको भाग हुन्‌ भन्‍ने कुरा पहिलेभन्दा अझ बढी महसुस गर्न मदत गरेको छ।”— टाट्याना कालिना, इर्कत्स्क।

“ ‘सय चोटि सुनेको भन्दा एक चोटि देखेको कुराले मनमा छाप पार्छ’ भन्‍ने भनाइ यो चलचित्रको सन्दर्भमा साँच्चै लागू हुन्छ। यो अत्यन्तै जीवन्त, वास्तविक र हामीसित सम्बन्धित छ! यो हेरेपछि मैले निकै बेर लगाएर सोचें। यो चलचित्रले मलाई निर्वासनमा परेका ती साक्षीहरूको जीवन राम्ररी बुझ्ने मौका दियो। अहिले आफ्नो अवस्थालाई तिनीहरूको अवस्थासित तुलना गर्दा मैले वर्तमान समयका हाम्रा समस्याहरूप्रति बेग्लै दृष्टिकोण राख्ने मदत पाएकी छु।”— लिडिया बिडा, इर्कत्स्क।

अहिलेसम्ममा फेथफूल अन्डर ट्रायल्स २५ भाषामा विमोचन भइसकेको छ र संसारभरबाट न्यानो स्वागत पाइरहेको छ।a सेन्ट पिटर्सवर्ग, ओमस्क र रूसका अरू सहरहरूका साथै युक्रेनका सहरहरू भिन्‍नेट्‌स्या, कर्च, मेलिटोपोल र लेभिफ क्षेत्रका टेलिभिजन स्टेसनहरूले यो वृत्तचित्र पूरै प्रसारण गरिसकेका छन्‌। यसले अन्तरराष्ट्रिय चलचित्र मूल्याङ्‌कन समितिबाट पुरस्कार पनि जितेको छ।

यस वृत्तचित्रको सन्देशको शक्‍ति भनेकै हजारौं साधारण मानिसहरूको उदाहरण हो जसले वर्षौंसम्म चलेको सतावटको दौडान असाधारण साहस र आध्यात्मिक बल देखाए। सोभियत संघका यहोवाका साक्षीहरू परीक्षाहरू आइपर्दा साँच्चै विश्‍वासी रहे। तपाईं पनि यो वृत्तचित्र हेर्न चाहनुहुन्छ भने तपाईंलाई यो उपलब्ध गराउन यहोवाका साक्षीहरू खुसी हुनेछन्‌। कृपया तपाईंको टोल-छिमेकको कुनै एक जना साक्षीसित सम्पर्क राख्नुहोस्‌।

[फुटनोट]

a यो भिडिओ अङ्‌ग्रेजी, इटालेली, इन्डोनेशियाली, कोरियन, क्यान्टोनिज, ग्रीक, चेक, जर्मन, जापानी, डच, डेनिश, नर्वेली, पोलीश, फिनिश, फ्रान्सेली, बुल्गेरियाली, म्यानडरिन, रूसी, रोमानियाली, लिथुआनियाली, स्पेनी, स्लोभाकी, स्लोभेनियाली, स्वीडिस र हंगेरी भाषामा उपलब्ध छ।

[पृष्ठ ८-मा भएको चित्रको स्रोत]

Stalin: U.S. Army photo

[पृष्ठ ९-मा भएको चित्रको स्रोत]

Stalin: U.S. Army photo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने