प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 ४/१ p. ३
  • उपयोगी जवाफको खोजीमा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उपयोगी जवाफको खोजीमा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • मिल्दोजुल्दो सामग्री
  • व्यावहारिक मदतको लागि खोज
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपयोगी जवाफ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने साँचो शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • किताबको विषयवस्तु
    सबैका लागि उपयोगी किताब
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 ४/१ p. ३

उपयोगी जवाफको खोजीमा

म कसरी स्वस्थ रहिरहन सक्छु?

पारिवारिक जीवन अझै सुखमय बनाउन म के गर्न सक्छु?

काममा टिकिरहन के गर्नुपर्ला?

तपाईंले के कहिल्यै यस्ता प्रश्‍नहरू सोध्नुभएको छ? अनि के प्रश्‍नको चित्तबुझ्दो जवाफ भेट्टाउनुभयो? माथिका प्रश्‍नहरूलगायत अन्य त्यस्तै महत्त्वपूर्ण प्रश्‍नको जवाफ दिंदै सल्लाहले भरिएका लगभग २,००० किसिमका पुस्तकहरू वर्षेनी निकालिन्छन्‌। बेलाइतको मात्रै कुरा गर्नुपर्दा जीवनमा आइपर्ने साह्रा-गाह्रा परिस्थितिसँग जुझ्ने विषयमा सल्लाहले भरिएका पुस्तकहरू पढ्‌न पाठकहरूले एक वर्षमा ८ करोड पाउन्ड (१५ करोड अमेरिकी डलर) खर्च गर्छन्‌। त्यसै गरी अमेरिकामा आफैले पढेर मदत लिने किसिमका सल्लाहका पुस्तकहरू एक वर्षमा नै ६० करोड अमेरिकी डलर बराबरको बिक्री-वितरण हुन्छन्‌। यसको अर्थ, दैनिक जीवनका चुनौतीहरूसँग कसरी जुझ्ने भन्‍ने विषयमा सल्लाह खोज्ने व्यक्‍ति तपाईं मात्र त होइन रहेछ नि, होइन र?

पुस्तकहरूको थुप्रोमा पाइने सल्लाहबारे एक जना लेखकले यसो भने: “नयाँ पुस्तकहरूमा प्रायः पहिल्यै लेखिएका कुराहरू दोहोऱ्‍याउने मात्रै गरिन्छ।” वास्तवमा, यी विविध पुस्तकहरूमा संसारकै एउटा पुरानो पुस्तकमा पाइने सल्लाहको छनक पाइन्छ। अनि यो, विश्‍वमा नै सबैभन्दा बढी वितरण भएको पुस्तक पनि हो। यसलाई पूरा भाग वा आशिंक गरी लगभग २,४०० भाषामा अनुवाद गरिएको छ। संसारभर यसका जम्माजम्मी ४ अरब ६० करोड भन्दा बढी प्रति छापिएका छन्‌। यो पुस्तक बाइबल नै हो, अरू कुनै होइन!

बाइबल सफासँग भन्छ: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, उचित जीवन यापन गर्नलाई उपयोगी हुन्छ।” (२ तिमोथी ३:१६) हो, बाइबल आफैले पढेर मदत लिन सक्ने सल्लाहको पुस्तकको रूपमा मात्र त लेखिएको थिएन। यसको मुख्य उद्देश्‍य मानिसजातिको लागि परमेश्‍वरको इच्छा बताउनु हो। तैपनि यसले हामी सबैमा भएका साझा समस्याहरूको कसरी सामना गर्ने भन्‍नेबारे पनि बताउँछ र यसमा पाइने निर्देशनहरू पछ्याउनेले फाइदा उठाउन सक्ने प्रतिज्ञा पनि गर्छ। (यशैया ४८:१७, १८) मानिसको जात, संस्कृति र शैक्षिक स्तर जस्तोसुकै किन नहोस्‌, बाइबलमा भएका व्यावहारिक सल्लाहलाई लागू गर्दा हरबखत फाइदै हुन्छ। त्यसोभए स्वास्थ्य, परिवार र कामजस्ता विषयमा बाइबलले बताएको कुरा व्यावहारिक छ या छैन पत्ता लगाउन, यसपछिको लेख जाँचेर हेर्नुभए कसो होला? (w07 4/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने