प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ७/१ pp. ३-४
  • व्यावहारिक मदतको लागि खोज

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • व्यावहारिक मदतको लागि खोज
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सर-सल्लाहको पुस्तक कत्तिका व्यावहारिक छन्‌?
  • उपयोगी जवाफको खोजीमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • हामीले किन सल्लाह लिनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • हामीले कसरी सल्लाह दिनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ७/१ pp. ३-४

व्यावहारिक मदतको लागि खोज

तपाईं परामर्श खोज्दै हुनुहुन्छ भने अहिले सजिलै पाउन सकिन्छ। आफैले पढेर सर-सल्लाह लिन सकिने किताबको व्यापार अहिले संसारकै एकदमै फस्टाउँदो उद्योग भइरहेको छ। जापान, दक्षिण अमेरिका, ब्रिटेन र अमेरिकाजस्ता फरक-फरक देशमा यस्ता किताबहरू सबैभन्दा धेरै बिक्री हुन्छ। सर-सल्लाहसम्बन्धी गोष्ठी, भिडियो र टिभी कार्यक्रमहरूले झन्‌-झनै ख्याति कमाइरहेका छन्‌। मनोवैज्ञानिक, विवाहको सल्लाहकार र धर्मगुरुको सल्लाहविना नै तपाईं आफैले समस्याको समाधान गर्न सक्नुहुन्छ भनी यस्ता किताब वा कार्यक्रमहरूले भन्‍ने गरेकोले यी लोकप्रिय भएका हुन्‌। यिनीहरूले कुन-कुन क्षेत्रमा सल्लाह दिन्छन्‌?

सबैभन्दा लोकप्रिय विषयहरूमा व्यक्‍तिगत सन्तुष्टि प्राप्त गर्ने, प्रेममा सन्तुष्टि पाउने र छोराछोरी हुर्काउने विषयहरू पनि पर्छन्‌। अर्को सामान्य विषय चाहिं निराशा, दिक्दारी र सम्बन्धविच्छेदको असरसित कसरी सामना गर्ने भन्‍ने हुन्‌। यसको साथै अचाक्ली खानपान, मद्यपान र धुम्रपानसित कसरी जुध्ने जस्ता विषयमा सल्लाहको माग बढ्‌दो छ। के यी सल्लाहहरू उपयोगी छन्‌? कहिलेकाहीं उपयोगी होला तर सधैं त हुँदैन। यसकारण बाइबलको यो चेतावनीलाई ध्यान दिनु बुद्धिमानी हुन्छ: “निर्बुद्धि मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्‍यकतालाई बुझ्छ।”—हितोपदेश १४:१५.

आफैले पढेर मदत लिने सर-सल्लाहका किताब र निर्देशन पुस्तिकाबीच एकदमै भिन्‍नता छ। निर्देशन पुस्तिकाले फोटोग्राफी, लेखा र भाषा सिक्ने सीपहरू सिकाउँछ। साँच्चै, यस्ता पुस्तिकाहरू विशेष तालिमको तुलनामा सस्तो र प्रभावकारी हुन सक्छन्‌। सर-सल्लाहका किताबहरू—चाहे त्यो व्यापार, विवाह, छोराछोरी हुर्काउने अथवा मानसिक स्वास्थ्यसम्बन्धी नै किन नहोस्‌—फरक हुन्छन्‌। त्यस्ता किताबले अक्सर कुनै एउटा जीवनशैली बिताउन सल्लाह दिन्छन्‌ वा कुनै खास सोचाइलाई बढावा दिन्छन्‌। यस्तो प्रश्‍न सोध्नु बुद्धिमानी हुन्छ: सल्लाह कसले दिंदैछ? उसले दिएको जानकारीको स्रोत के हो?

विशेषज्ञहरूले सधैं आफ्नो विचार होसियारीपूर्वक जम्मा गरिएका प्रमाणहरूको आधारमा व्यक्‍त गर्दैनन्‌। केहीले धेरै बिकाउने हिसाबले मात्र सल्लाह उपलब्ध गराउँछन्‌ किनकि मानिसहरूलाई तिनीहरूले सुन्‍न चाहेको कुरा बताउँदा धेरै आम्दानी गर्न सकिन्छ भनेर तिनीहरूलाई थाह छ। नत्र कसरी एउटै देशमा मात्र आफैले पढेर मदत लिने किताबको हरेक वर्ष आठ अरब भन्दा बढी अमेरिकी डलरको व्यापार हुन्छ त!

सर-सल्लाहको पुस्तक कत्तिका व्यावहारिक छन्‌?

जब सर-सल्लाहका किताबहरू पल्टाउनुहुन्छ, तपाईं उपयोगी सल्लाह पाउने आशा राख्नुहुन्छ। तर कहिलेकाहीं सतही र सैद्धान्तिक सल्लाह मात्रै पाउनुहुन्छ। साधारणतया यस्ता किताबले यसो भन्‍ने गर्छन्‌: ‘तपाईं सकारात्मक हुनुभयो भने अवश्‍य सफल हुनुहुनेछ। जे तपाईं चाहनुहुन्छ पैसा, सुस्वास्थ्य अथवा सन्तोषदायी सम्बन्ध यी सबै तपाईंले सकारात्मक सोच्नुभयो भने पाउनुहुनेछ।’ के यस प्रकारका सल्लाह उपयोगी छन्‌? के यसले तपाईंलाई जीवनको वास्तविकता र नैराश्‍यतासँग जुझ्न मदत दिन्छ?

मानिलिनुहोस्‌, वैवाहिक जोडीबीच र अरूसगँको सम्बन्धबारे लेखिएको सबैभन्दा प्रख्यात किताब उपलब्ध छ। के त्यसले मानिसलाई आनन्दित र स्थायी परिवार बनाउन मदत गर्ला? सधैं गर्दैन। एक समालोचकअनुसार दक्षिण अमेरिकामा ठूलो संख्यामा बिक्री भएको प्रेमबारे सल्लाह-सुझाव दिइएको किताबका लेखकले “पाठकलाई कसरी स्वास्थ्यकर सम्बन्ध बनाउने र आत्म-सम्मान बढाउने सिकायो।” त्यसमा लेखकले सम्बन्ध बिग्रिए तापनि त्यसैमा रहिरहनु भनेको आफैलाई धोका दिनु हो भनेर दाबी गरे। त्यसमा भन्‍न खोजेको मुख्य कुरा के हो भने आफ्नो समस्यालाई पहिचान गरेर त्यसलाई समाधान गर्नुभन्दा आफूलाई जे गर्दा राम्रो लाग्छ त्यही गर्नु।

हो, सर-सल्लाहको किताबमा केही राम्रा सल्लाह पनि हुन सक्छ। तर त्यसले हानिकारक सल्लाह पनि दिन सक्छ। एक जना विशेषज्ञले एउटा विषयमा मदतकारी सल्लाह देलान्‌ तर अर्को विषयमा तिनको सल्लाहले झनै समस्यालाई बिगार्न सक्छ। यस्ता तीन थुप्रो किताबहरू त्यसमा पनि आपसमा बाझिने, सबै केलाउनु सम्भव नै हुँदैन। तपाईं कसको सल्लाहमा भर पर्न सक्नुहुन्छ? आफैलाई सोध्नुहोस्‌: ‘के त्यो सल्लाह होसियारीसाथ अनुसन्धान गरिएको हो वा लेखकको आफ्नै विचार हो? लेखकको इमानदारिता कुन हदसम्म मानसम्मान वा धनसम्पत्ति प्राप्त गर्ने कुराबाट प्रभावित छ?

एउटा किताब लामो समयदेखि फाइदाजनक प्रमाणित हुँदै आएको छ। त्यो बाइबल हो। यसले आफैले पढेर सल्लाह लिने किताबहरूले ढाक्ने विषयहरूमा मात्र नभई अझै धेरै विषयमा व्यावहारिक सल्लाह प्रदान गर्छ। यसले लाखौंलाई यो सल्लाह पालन गर्न उत्प्रेरित गरेको छ: “आफ्नो मनको आत्मामा नयाँ होओ . . . र नयाँ मानिसलाई धारण गर।” (एफिसी ४:२३, २४) बाइबलले हाम्रो समस्याको कारण के हो र त्यसलाई कसरी सामना गर्ने भनेर गहिरो अनि बुद्धिमानी शिक्षा दिन्छ। अझै महत्त्वपूर्ण कुरा, यसले कुन सही हो त्यो गरिरहनका लागि व्यावहारिक र बलियो उत्प्रेरणा दिन्छ। यो कसरी गर्न सकिन्छ यसपछिको लेखले बताउँछ।(w09 6/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने