प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 १/१ pp. ३-४
  • निष्ठूर संसारमा कोमलता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निष्ठूर संसारमा कोमलता
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको दयाको देखासिकी गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • “हाम्रा परमेश्‍वरको कोमल करुणा”
    यहोवासित नजिक हुनुहोस्‌
  • “कोमल हृदयका” हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • कोमल अनुकम्पापूर्ण हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 १/१ pp. ३-४

निष्ठूर संसारमा कोमलता

बुरूण्डीका एक जना मानिस औलोले नराम्ररी थलिए। तत्कालै उनलाई अस्पताल लानुपर्ने भयो। तर कसरी लाने? अस्पताल पुऱ्‍याउन गाडीको सुविधा थिएन। उनका दुई मिल्ने साथीहरू मदतको लागि जुटे। तिनीहरूले उनलाई साइकलमा राखे र मरी-मरी साइकल तान्दै पाँच घन्टाभन्दा बढी समय लगाएर उकालो पहाड पार गरे। त्यसपछि बसमा हालेर सबैभन्दा नजिकको अस्पताल पुऱ्‍याए। केही दिनपछि उनको स्वास्थ्यमा राम्रो सुधार आयो।

त्यसैगरि संसारको अर्को कुनामा, अगस्त २००५ मा कट्रीना भन्‍ने आँधीले अमेरिकाको खाडी क्षेत्र तहसनहस गर्दा, स्वयंसेवकहरूको एक समूहले ढलेका रूखहरूले थिचिएको अवस्थामा एउटा घर फेला पाऱ्‍यो। घर मालिकले ती पाँच स्वयंसेवकहरूलाई पटक्कै नचिन्‍ने भए तापनि तिनीहरूले एक विशेष करौंतीको सहायताले ढलेका रूखहरू र भत्केको घरको थुप्रो हटाउन पूरा दिन नै खर्च गरे। “यी [मानिसहरूलाई] धन्यवाद दिन मसँग कुनै शब्द नै छैन” भनी उक्‍त घर मालिकले भनिन्‌।

सञ्चारजगत्‌मा आउने सनसनीपूर्ण रिपोर्टहरूले पनि क्रूर र बर्बरतापूर्ण कार्यहरूलाई नै जोड दिन्छन्‌। यस्ता रिपोर्टहरूको कारण कोमलता र दयाका कार्यहरू अक्सर ओझेलमा पर्ने गर्छन्‌। जेहोस्‌, जहाँसुकैका मानिसलाई पनि माया, स्नेह र सहानुभूति चाहिएको छ भन्‍ने तथ्यलाई बदल्न सकिंदैन। कोमलताको लागि हामी भोकाउँछौं!

अरूप्रति कुनै चासो नै नदेखाउने वा एकअर्कासँग कुनै सरोकार नै नराख्नेजस्तो देखिने यस संसारमा कोमलता देखाउनु सजिलो नहुन सक्छ। जति बढी कठोर र मतलबी भइयो त्यति नै सफल हुन सकिन्छ भन्‍ने धारणा अहिले सर्वव्याप्त छ। कोमल हृदयको हुनुभन्दा निष्ठूर हुनुमा नै बुद्धिमता झल्कन्छ भन्‍ने भनाइअनुसारै धेरै मानिसहरू बाँचिरहेका छन्‌ जस्तो देखिन्छ। लोभ र घमन्डले कोमलता देखाउनै गाह्रो बनाइदिन्छ।

नतिजास्वरूप थुप्रैले आफ्नो मात्र वास्ता गर्छन्‌, अरूको भावना र रुचि त निकै परको कुरा हुन जान्छ। पुरुष खेलाडी तथा मनोरञ्जन जगत्‌का नायकहरूलाई अक्सर कोमल स्नेह नदेखाउने “वास्तविक मानिस” (पौरुषता देखाउने आक्रमक व्यक्‍ति) भनी प्रस्तुत गरिन्छ। केही राजनीतिज्ञहरू पनि यस्तै व्यवहार देखाउँछन्‌।

त्यसैले यस्ता प्रश्‍नहरू सोध्नु राम्रो हो: हामी किन सहानुभूतिशील हुनुपर्छ? के कोमल हृदयको हुनु असल कुरा हो? केले हामीलाई कोमल हृदयको हुन मदत गर्छ? यसपछिको लेखले यी प्रश्‍नहरूमाथि छलफल गर्नेछ। (w07 12/15)

[पृष्ठ ३-मा भएको पेटी]

•कोमलता देखाउनु कमजोरी हो?

•कोमल हृदयको हुँदा कुनै फाइदा हुन्छ?

•कस्ता व्यावहारिक तरिकामा तपाईं सहानुभूति देखाउन सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने