प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ३/१ pp. ८-९
  • भविष्य कस्तो छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भविष्य कस्तो छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल के भन्छ
  • बाइबलको जवाफले कसरी साँचो मनोशान्ति दिन्छ
  • पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्नुहोस्‌
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • पूरै पृथ्वी सुन्दर हुनेछ
    मानिस मरेपछि के कुनै अस्तित्व बाँकी रहन्छ? के हामीलाई केही गर्न सक्छ?
  • शान्तिमय नयाँ संसारमा जीवन
    शान्तिमय नयाँ संसारमा जीवन
  • अन्तबारे चार वटा प्रश्‍नका जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ३/१ pp. ८-९

भविष्य कस्तो छ?

यसको जवाफ किन पाउने? मानिसले भोलिप्रति राख्ने धारणाले आज गर्ने उसको कामकुरामा असर पार्छ। उदाहरणको लागि, भविष्यप्रति आशा नभएकाहरूले यस्तो मनोवृत्ति अपनाउन सक्छन्‌: “आओ, हामी खाऔं र पिऔं, किनभने भोलि ता हामी मरिहाल्छौं पो।” (१ कोरिन्थी १५:३२) यस्तो मनोवृत्तिले अक्सर अचाक्ली खाने, पिउने र फिक्री गर्नेतर्फ डोऱ्‍याउँछ, असली मनोशान्तितर्फ होइन।

निश्‍चय नै, यदि भविष्य पूर्णतया मानिसको हातमा छोडिएको भए हाम्रो लागि कुनै आशा रहने थिएन। पृथ्वीको हावा, पानी र माटो अहिले जत्तिको प्रदूषित पहिले कहिल्यै भएको थिएन। आणविक युद्ध र आतंककारी हमलाको सन्त्रासले मानिसलाई झन्‌-झनै छोप्दै गएको छ। रोगबिमार र गरिबीले संसारका अरबौं मानिसलाई जकडेको छ। तर आशा राख्न सक्ने ठोस कारण छ!

मानिसले भविष्यबारे सही पूर्वानुमान गर्न सक्दैन तर यहोवा परमेश्‍वरले आफूलाई “आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि अहिलेसम्म नभएका कुराहरू” घोषणा गर्न सक्ने व्यक्‍तिको रूपमा चिनाउनुहुन्छ। (यशैया ४६:१०) भविष्य कस्तो छ भन्‍नेबारे यहोवा के भन्‍नुहुन्छ?

बाइबल के भन्छ

यहोवाले पृथ्वी र यसमा रहेका प्राणीलाई सच्याउनै नसकिने हिसाबले खतम हुन दिनुहुने छैन। वास्तवमा भन्‍ने हो भने, परमेश्‍वरले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नुहुनेछ भनी बाइबल प्रतिज्ञा गर्छ। (प्रकाश ११:१८) यहोवाले आफ्नो राज्य अर्थात्‌ स्वर्गीय सरकारद्वारा दुष्टताले भरिएको पृथ्वीलाई सफा पार्नुहुनेछ र सुरुमा आफूले राखेको उद्देश्‍य पूरा गर्नुहुनेछ। (उत्पत्ति १:२६-३१; २:८, ९; मत्ती ६:९, १०) अब छिट्टै पृथ्वीका हरेक मानिसलाई असर गर्ने घटनाबारे बताएर तलका बाइबल पदहरूले भविष्यको पर्दा उघार्छ।

भजन ४६:८, ९. “आओ परमप्रभुका काम हेर, उहाँले पृथ्वीमा कस्तो उजाड पार्नुभएको छ। पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा टुक्रा पार्नुहुन्छ। रथहरूलाई उहाँले आगोमा जलाइदिनुहुन्छ।”

यशैया ३५:५, ६. “अन्धाहरूका आँखा खोलिनेछन्‌, र बहिराहरूका कान उघारिनेछन्‌। तब लङ्‌गडा मृगझैं उफ्रनेछ, र गूङ्‌गाको जिब्रोले स्तुति गर्नेछ, किनकि उजाड-स्थानमा पानी फूटेर निस्कनेछ, र मरूभूमिमा खोलाहरू बग्नेछन्‌।”

यशैया ६५:२१, २२. “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खानेचाहिं हुनेछैन।”

दानियल २:४४. “स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्यचाहिं सदा सर्वदै रहिरहनेछ।”

यूहन्‍ना ५:२८, २९. “बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले [ येशूको] सोर सुन्‍नेछन्‌। औ . . . निस्किआउनेछन्‌।”

प्रकाश २१:३, ४. “परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”

बाइबलको जवाफले कसरी साँचो मनोशान्ति दिन्छ

झट्ट हेर्दा त, माथि उल्लेख गरिएका अवस्थाहरू आकाशको फल आँखा तरी मर भनेजस्तो मात्र लाग्न सक्छ। तर यी प्रतिज्ञा परमेश्‍वरले गर्नुभएको हो, कुनै मानिसले होइन। अनि यहोवा ‘कहिल्यै झूट बोल्नुहुन्‍न।’—तीतस १:२.

यदि तपाईंले परमेश्‍वरका प्रतिज्ञाहरूमा भर पर्न सिक्नुभयो र उहाँका नियमबमोजिमै जीवन बिताउनुभयो भने जस्तोसुकै कठिन अवस्थामा पनि आफूमा भएको मनोशान्तिलाई कायमै राख्न सक्नुहुनेछ। युद्ध, गरिबी, रोगबिमार र वृद्धावस्थाका कठिनाइ वा मृत्युको भयले समेत तपाईंको शान्तिलाई सदाको लागि लुटेर लैजाने छैन। किन? किनभने परमेश्‍वरको राज्यले यी सबै पीडाका असरलाई उल्टाउनेछ भन्‍ने कुरामा तपाईं विश्‍वस्त हुनुहुनेछ।

भविष्यको त्यस्तो बलियो आशा तपाईं कसरी पाउन सक्नुहुन्छ? यसको लागि, तपाईंले “मनको परिवर्तन” गरेकै हुनुपर्छ र “परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी” जाँचेर पत्ता लगाएकै हुनुपर्छ। (रोमी १२:२) बाइबलका प्रतिज्ञाहरू भरोसा गर्न लायकका छन्‌ भनी विश्‍वस्त हुन सायद तपाईंलाई अझ बढी प्रमाणहरू चाहिएला। तर प्रमाण खोज्न गरिएका प्रयास त्यसै खेर जाँदैन। जीवनमा गरिने थोरै कुराहरूले तपाईंमा साँचो मनोशान्ति ल्याउनेछ। (w08 2/1)

[पृष्ठ ८, ९-मा भएका चित्रहरू]

भविष्यबारे परमेश्‍वरको वचन के भन्छ?

यशैया ३५:५

यशैया ३५:६

यूहन्‍ना ५:२८, २९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने