प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ९/१ पृ. ८-९
  • संसारको अन्त हुने डर अब तिनीहरूलाई छैन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • संसारको अन्त हुने डर अब तिनीहरूलाई छैन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो जीवन अर्थपूर्ण हुनुको कारण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • एड्‌स—यो महामारी अझै चर्किरहेको छ
    ब्यूँझनुहोस्‌!—१९९८
  • ठगी—एउटा विश्‍वव्यापी समस्या
    ब्यूँझनुहोस्‌!—२००४
  • गुनिलो कुदु
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ९/१ पृ. ८-९

संसारको अन्त हुने डर अब तिनीहरूलाई छैन

सन्‌ १९७० दशकको अन्ततिर ग्यारी र क्यारेन संसारको अन्त नजिकै छ भनेर विश्‍वस्त भए। त्यसैले तिनीहरू सहर छोडेर गाउँतिर लागे र पूर्णतया आत्मनिर्भर भएर बाँच्ने निर्णय गरे। तिनीहरू विनाशबाट बच्न चाहन्थे।

तिनीहरूले आवश्‍यक सीप हासिल गर्न पुस्तकहरू किने, विभिन्‍न कक्षा र सेमिनारमा उपस्थित भए अनि सकेजति धेरै मानिससित सुझाव लिए। तिनीहरूले करेसाबारी लगाए र ५० वटा साना प्रकारका फलफूलका बोट रोपे। तिनीहरूले बीउबिजन र औजारहरू जम्मा गरे अनि खेतीपाती गर्न र खानेकुरा सञ्चय गर्न पनि सिके। एक जना साथीले तिनीहरूलाई पशुपन्छी मार्न र त्यसको मासुलाई प्रशोधन गर्न सिकायो। क्यारेनले जङ्‌गली बोटबिरुवा र त्यसका जरा चिन्‍न सिकिन्‌। यसले गर्दा, पछि खानेकुराको अभाव भइहाल्यो भने पनि तिनीहरू भोकै बस्नुपर्ने थिएन। ग्यारीले मकैबाट इन्धन निकाल्न, भुसे चुलो बनाउन र आधारभूत आवश्‍यकताले भरिपूर्ण घर बनाउन सिके।

क्यारेन भन्छिन्‌, “त्यतिबेला संसारको अवस्था ज्यादै नाजुक भएकोले मानव सभ्यता चाँडै अन्त हुनेछ भन्‍ने मलाई लाग्यो।” ग्यारी बताउँछन्‌, “अरू युवाहरूजस्तै म पनि जातीय घृणा हटाउन, भियतनाम युद्ध रोक्न र भ्रष्टाचारको अन्त गर्न सक्रिय भएर लागेको थिएँ। तर म छिट्टै निराश भएँ। यस्तै अवस्था रहिरहने हो भने मानिसजातिले आफ्नो विनाश आफै गर्नेछ जस्तो मलाई लाग्न थाल्यो।”

ग्यारी भन्छन्‌, “एक रातको कुरा हो, फुर्सतको समय थियो। त्यसैले मैले बाइबलको मत्तीदेखि प्रकाशसम्म पढें। अनि त्यसपछि लगालग चार रात अलि-अलि गर्दै फेरि पढें। पाँचौं दिनको बिहान मैले क्यारेनलाई भनें: ‘हामी अन्तिम दिनमा बाँचिरहेका छौं। परमेश्‍वरले पृथ्वी सफा गर्न चाँडै कदम चाल्दैहुनुहुन्छ। त्यतिबेला बच्नेहरूलाई अब हामीले खोज्नुपर्छ।’ ” अन्त आउँदा बच्ने मानिसहरूको खोजीमा ग्यारी र क्यारेनले विभिन्‍न धर्मको सोधखोज गर्न थाले।

त्यसको केही समय नबित्दै यहोवाका एक जना साक्षी तिनीहरूको घरमा आए र बाइबल अध्ययन सुरु भयो। क्यारेन सम्झन्छिन्‌: “म निकै उत्साहित भएकी थिएँ किनभने मैले बाइबलको कुरा एकदमै राम्ररी बुझ्न सकें। अन्तको समयबारे जुन साँचो कुरा खोजिरहेकी थिएँ, आखिरमा मैले त्यो भेट्टाएँ। भविष्यको लागि पक्का आशा रहेछ। तर त्योभन्दा पनि राम्रो कुरा, स्वर्गमा बस्नुहुने बुबा, जो ब्रह्‍माण्डका परमेश्‍वर र सृष्टिकर्ता हुनुहुन्छ, उहाँसित मैले मित्रता गाँस्न थालें।”

ग्यारी भन्छन्‌: “मेरो जीवन अर्थपूर्ण हुन थाल्यो। बाइबलको अध्ययन गर्न थालेपछि मलाई झन्‌-झन्‌ पढूँ-पढूँ लाग्यो। मैले बाइबलका भविष्यवाणीहरू पढें र त्यो कसरी पूरा हुँदैछन्‌ भन्‍ने प्रमाण जाँचें र परमेश्‍वरले छिट्टै कदम चाल्दैहुनुहुन्छ भनेर विश्‍वस्त हुन सकें। मलाई लाग्यो, ‘मानिसहरूले विनाशको लागि होइन तर परमेश्‍वरले चाहनुहुने जीवन जिउनको लागि पो तयारी गर्नुपर्ने हो।’ ” ग्यारी र क्यारेनले भविष्यप्रति सकारात्मक दृष्टिकोण राख्न सके। संसारको अन्तबारे चिन्तित हुनुको साटो मानिसजातिलाई पिरोलिरहेका समस्याहरू परमेश्‍वरले हटाउनुहुनेछ र पृथ्वीलाई फेरि प्रमोदवन बनाउनुहुनेछ भनेर तिनीहरू विश्‍वस्त हुन सके।

ग्यारी र क्यारेन अहिले लगभग २५ वर्षपछि के गर्दैछन्‌? क्यारेन भन्छिन्‌: “मैले यहोवा परमेश्‍वरप्रतिको प्रेम र उहाँप्रतिको विश्‍वास बढाइरहेकी छु र अरूलाई पनि त्यसै गर्न मदत दिने कोसिस गर्दैछु। हाम्रो परिवार बलियो बनाउन र परमेश्‍वरको उपासनामा एकताबद्ध हुन ग्यारी र म एकअर्कालाई सहयोग गर्छौं। हामी व्यवस्थित हुने कोसिस गर्छौं अनि अरूप्रति चासो राख्न र तिनीहरूको आवश्‍यकतालाई ध्यान दिन सकियोस्‌ भनेर आफ्नो जीवनशैली सरल बनाउन सक्दो प्रयास गर्छौं।”

ग्यारी अझै यसो भन्छन्‌: “परमेश्‍वरको राज्य चाँडै आओस्‌ र त्यसले लाखौंलाई राहत देओस्‌ भनेर म सधैं प्रार्थना गर्छु। हरेक चोटि अरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउँदा कम्तीमा पनि एक जनालाई बाइबलले दिने आशाबारे केही बताउन सकूँ भनेर म प्रार्थना गर्छु। यहोवाले दयालुपूर्वक मेरो यो प्रार्थनाको जवाफ दिनुभएको २५ वर्षभन्दा धेरै भइसक्यो। यहोवाले अब चाँडै पृथ्वीमा आमूल परिवर्तन ल्याउनुहुनेछ भनेर क्यारेन र म विश्‍वास गर्छौं तर संसारको अन्त हुने डर अब हामीलाई छैन।”—मत्ती ६:९, १०; २ पत्रुस ३:११, १२. ( w10 -E 08/01)

[पृष्ठ ९-मा भएको चित्र]

अहिले ग्यारी र क्यारेन बाइबलले दिने आशाबारे अरूलाई बताउने काममा रमाइरहेका छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने