प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ८/८ pp. ३-४
  • ठगी—एउटा विश्‍वव्यापी समस्या

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ठगी—एउटा विश्‍वव्यापी समस्या
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • रोकथाम नै सबैभन्दा उत्तम नीति
  • संसारको अन्त हुने डर अब तिनीहरूलाई छैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • एड्‌स—यो महामारी अझै चर्किरहेको छ
    ब्यूँझनुहोस्‌!—१९९८
  • गुनिलो कुदु
    ब्यूँझनुहोस्‌!—१९९७
  • म कस्तो व्यक्‍ति हुँ?
    युवाहरूको १० प्रश्‍नका जवाफहरू
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ८/८ pp. ३-४

ठगी—एउटा विश्‍वव्यापी समस्या

प्रभावशाली व्यक्‍तित्वको धनी अनि मृदुभाषी वेन, यसो हेर्दा कारेनले खोजेजस्तै पति थियो। कारेनले यसो भनिन्‌, “ऊ मैले प्रार्थनामा मागेजस्तै र आशा गरेजस्तै व्यक्‍ति थियो। हामीलाई देख्ने जो कोहीको आँखामा हामी एकदमै सुहाउँदो जोडी थियौं। उसले मप्रति भुतुक्कै भएजस्तो भान पाऱ्‍यो।”

तथापि, एउटा समस्या थियो। वेनले कारेनलाई आफू अष्ट्रेलियाको गुप्तचर विभागको तेस्रो जिम्मेवार व्यक्‍ति भएको कुरा बतायो। ऊ राजीनामा दिन चाहन्थ्यो तर विभागले त्यसो गर्न दिने थिएन। उसलाई त्यस विभागको गतिविधिबारे धेरै कुरा थाह थियो। विभागका व्यक्‍तिहरूले उसलाई मार्न सक्थे! दुवै जना मिलेर एउटा योजना बनाए। उनीहरूले विवाह गर्ने, दुवैको सरसम्पत्ति एकै जनाको नाउँमा राख्ने अनि अष्ट्रेलिया छोडेर क्यानाडा भाग्ने योजना बनाए। कारेनले आफ्नो घरलगायत आफूसँग भएको सम्पूर्ण जायजेथा बेचेर सबै पैसा वेनलाई सुम्पिन्‌।

योजनाअनुसारै विवाह भयो। वेन देश छोडेर भाग्यो तर कारेन भने छोडिइन्‌, अलपत्र परिन्‌ र उनको बैंक खातामा छ डलर पनि थिएन। उनलाई ठग्ने उद्देश्‍यले बुनिएको विस्तृत झूटको जालोमा आफू फसेको कुरा उनले चाँडै चाल पाइन्‌। एक जना अभिनेताले जस्तै वेनले कारेनले खोजेजस्तै सुहाउँदो जोडी भएको नाटक गऱ्‍यो। तिनको पृष्ठभूमि, चाहना, व्यक्‍तित्व र उनीप्रतिको उसको कथित प्रेम उनको विश्‍वास जित्न गरिएको जालसाजी थियो र उनले त्यस विश्‍वासको मूल्य स्वरूप २,००,००० अमेरिकी डलर चुकाउनुपऱ्‍यो। एक जना प्रहरी अधिकृतले यसो भने: “उनी भावनात्मक रूपमा बलात्कृत भएकी छिन्‌। ठगाइमा परेर गुमेको पैसाको त कुरै छोड्‌दिऊँ—यसले कुनै पनि व्यक्‍तिलाई कुन हदसम्म भावनात्मक रूपमा चोट पुऱ्‍याउन सक्छ भन्‍ने कुरा कल्पनै गर्न सकिन्‍न।”

कारेन भन्छिन्‌, “मेरो मनस्थिति ठेगानमा छैन। ऊ जस्तो देखिन्थ्यो, वास्तवमा त्यस्तो थिएन।”

कारेनजस्तो ठगको सिकार हुने व्यक्‍तिहरू विश्‍वभरमा कति छन्‌ कति। ठगी गरेर मानिसहरूबाट कति पैसा धुतिन्छ भन्‍ने कुरा थाह हुन नसके तापनि यो संख्या खरबौं अमेरिकी डलर बराबर हुन सक्छ भन्‍ने अनुमान गरिएको छ र यो संख्या वर्षेनी बढिरहेको छ। आर्थिक नोक्सानी बेहोर्नुको अलावा आफूले विश्‍वास गरेको व्यक्‍तिले नै आफ्नो फाइदा उठाएको थाह पाउँदा कारेनजस्ता पीडित व्यक्‍तिहरूलाई मानसिक रूपमा असाध्यै चोट पुग्छ।

रोकथाम नै सबैभन्दा उत्तम नीति

ठगीलाई “एउटा परियोजना वा झूटो बहाना, विवरण अथवा प्रतिज्ञाहरूद्वारा पैसा धुत्न जानाजानी गरिएको छलछाम” भनेर परिभाषित गरिएको छ। दुःखको कुरा, ठगी गर्ने अधिकांश व्यक्‍तिहरू सजायबाट उम्किन्छन्‌ किनभने जानाजानी छलछाम गरेको हो भनी प्रमाणित गर्न अक्सर गाह्रो हुन्छ। यसबाहेक, पैसा ठग्ने थुप्रै ठगाहाहरूलाई कानुनका कमजोरीहरू थाह हुन्छ र तिनीहरूले त्यसकै फाइदा उठाउँछन्‌। अर्को शब्दमा भन्‍ने हो भने, मुद्दा दायर गर्न कठिन वा असम्भव हुने तरिकामा मानिसहरूलाई कसरी ठग्न सकिन्छ भन्‍ने कुरा तिनीहरूलाई थाह हुन्छ। साथै, पैसा ठग्ने व्यक्‍ति विरुद्ध आपराधिक मुद्दा दायर गर्न धेरै समय तथा पैसा खर्च हुन्छ। करोडौं रुपियाँ चोरेका वा सबैको ध्यान खिच्ने किसिमको केही अकल्पनीय ठगी गरेका व्यक्‍तिहरूमाथि अक्सर मुद्दा दायर गरिन्छ। पैसा ठग्ने व्यक्‍तिलाई पक्रेर सजाय दिइए तापनि सम्भवतः उसले हिनामिना गरेको पैसा कि त खर्च भइसकेको हुन्छ नभए लुकाइसकिएको हुन्छ। फलस्वरूप, पीडित पक्षले गुमेको पैसाको क्षतिपूर्ति पाउने सम्भावना अत्यन्तै कम हुन्छ।

छोटकरीमा भन्‍ने हो भने, यदि तपाईं ठगको सिकार हुनुभएको छ भने, गुमेको कुरा पुनः प्राप्त गर्ने सम्भावना एकदमै कम हुन्छ वा हुँदै हुँदैन। ठगीको सिकार भइसकेपछि आफ्नो पैसा फिर्ता पाउने उपाय खोज्नुभन्दा ठगिनदेखि जोगिनु नै सबैभन्दा उत्तम कुरा हो। त्यसैकारण त एक जना बुद्धिमान्‌ मानिसले धेरै समयअघि यस्तो लेखेका थिए: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” (हितोपदेश २२:३) अर्को लेखले ठगिनदेखि जोगिन सकिने तरिकाहरू बताउनेछ। (g04 7/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने